© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १९
राजधानी संवाददाता
नवलपरासी, १९ भदौ
भाइरल ज्वरोले दर्ुइ विद्यार्थीको मृत्यु भएपछि नवलपरासीको नारायणी गाविसमा रहेको जनता उच्च माविको पठनपाठन बन्द भएको छ ।
वषर्ाका कारण प्रदूषित पानी पिउनाले अधिकांश विद्यार्थी बिरामी परेकाले विद्यालय बन्द गर्नु परेको विद्यालयले जनाएको छ ।
ज्वरोले कक्षा ६ मा पढ्ने जानकी कुमाल, र युकेजीमा पढ्ने दिपेन अधिकारीको मृत्यु भएपछि शुक्तवारदेखि तीनदिनका लागि विद्यालय बन्द गर्ने निर्ण्र्ाागरेको प्राचार्य भरत तिवारीले बताए ।
'ज्वरोका कारण विद्यालयमा समेत विद्यार्थीको कम उपस्थिति भएकाले विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्ण्र्ाागरेका हौं', प्राचार्य तिवारीले भने । सात सय विद्यार्थी रहेको विद्यालयमा ज्वरोका कारण मुस्किलले तीन सयको हाराहारीमा विद्यार्थी आउन थालपछि विद्यालय बन्द गराएको उनले बताए ।
वषर्ाको प्रदूषित पानीका कारण विद्यार्थीमा भाइरल ज्वरो बढेकाले आइतबार विद्यालय परिसरमै प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकको सहयोगमा एक दिवशीय स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको उनले बताए ।
वातावरणमा आएको परिवर्तनसँगै विद्यार्थी बिरामी परेकाले आफूहरुले स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने कार्यक्रम शुरु गरेको उनले थपे ।
भाइरल ज्वरोको प्रकोप बढेका नारायणी कोल्हुवा, कुमारवर्ती गाविसका विद्यालयहरुमा विद्यार्थीको उपस्थिति कम भएको जनता सिद्ध मावि नारायणीका प्रधानाध्यापक पिडकबहादुर महत्तोले बताए । 'शिक्षक विद्यार्थी सबै बिरामी परेका छन् , जेनतेन गरेर विद्यालय सञ्चालन गरेका छांै', उनले भने ।
Comments0
Leave Comments