© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १९
सविन प्रियासन/राजधानी
दाङ १९ भदौ
गोल्टाकुरी-१ मलै दाङका स्थानीय वासिन्दाहरुले आफ्नै मेहनत र लगानीमा विद्यालय बनाएका छन् । ४६ घरधुरीले झण्डै एक वर्षो मेहनतमा विद्यालय भवन निर्माण गर्न सफल भएका हुन । गाउँलेहरुले बनाएको विद्यालयमा अधिकांश बालबालिकाले नाम समेत लेखाएर पढ्न शुरु गरिसकेका छन् । पठनपाठनका लागि टाढा विद्यालय भएकाले स-साना बालबालिकालाई विद्यालय पठाउन समस्या परेकाले गाउँमा विद्यालय स्थापना गरिएको स्थानीयवासीहरुको भनाइँ छ ।
विद्यालय निर्माणपछि प्राविसम्मको अध्ययनका लागि दर्ुइ घण्टा जंगलको बाटो हिडेर स्कूल जाने वाध्यता स्थापना संगै यहाँका बालबालिकामा सहज भएको छ ।
'साना बालबच्चालाई घण्टौंसम्म जंगलको बाटो हिड्नुपर्ने वाद्ययतावाट सुविधा दिन गाउँमै विद्यालय खोल्नुपर्यो', स्थानीय प्रेमकली विकले भनिन् । छोराछोरीलाई अक्षर चिनाउन कष्ट भएपछि सबै मिलेर गाउँमै विद्यालय बनाउने योजना बनाएको उनको भनाइ छ ।
गतसालबाट पढाइ शुरु गरिएपछि क्रमशः कक्षा बढाउने लक्ष विद्यालयले लिएको छ । स्थापनाकालमा भवनको अभावमा एकबर्षम्म खुला डाँडामा पढाइ गरिएको विद्यालयका प्रधानाध्यापक रणबहादुर रोकाले बताए । रोकाका अनुसार बषर्ात र जाडोँमा निकै कठिन भएपछि यसवर्षगाउँलेहरुको श्रमदान र केही चन्दा संकलन गरी करिव २ लाख खर्चमा दर्ुइ कोठे भवन तयार पारिएपछि हाल पढाइ हुन थालेको छ ।
विद्यालय सञ्चालनका लागि स्थानीय डम्बर चन्दको अध्यक्षतामा व्यवस्थापन समिति समेत गठन भएको छ । समितिले गाउँलेबाट चन्दा उठाउने र बिद्यालयको रेखदेख गर्ने काम गर्छ ।
'प्रतिघर बाषिर्क ५ सयभन्दा बढी चन्दा उठाउँछौं,सबै खर्च आफैँ उठाएर चलाउनर्ुपर्छ', व्यवस्थापन समितिका अध्यक्ष चन्दले भने ।
विद्यालयमा अहिले स्थानीय रणबहादुर रोका र सुशाना कक्रेलले पढाइरहेका छन् र्। गाउँलेहरुबाट उठेको रकम बाँडेर शिक्षकशिक्षिकालाइ दिने गरेको चन्दले जानकारी दिए ।
'शुरुमा त निशुल्क पढाउन लगायौं, सँधै गाह्रो भएपछि सबैले उठाएर निकै न्युन तलव दिएका छौं ' उनले भने । गाउँलेहरुले दर्ुइवटा कोठामा शिशु कक्षा मात्रै सञ्चालन गरेपनि सो भन्दा माथिल्लो तह पढ्न घण्टौं हिड्नर्ुपर्छ ।
'प्रावि पढ्न दर्ुइ घण्टा हिडेर गोल्टाकुरीकै ठाँटी पुग्नर्ुपर्छ, निमावि पढ्न डेढ घण्टा हिडेर पञ्चकुले गाविसको तल्लो मलै र मावि पढ्न बबई नदी तरेर दिनभरको पैदल दुरीमा धनौरी गाविस पुग्नर्ुपर्छ,' प्रअ रोकाले भने ।
विद्यार्थी ठूलो नहुँदासम्म एउटै शिशु कक्षामा पढाइरहनुपर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ । 'विद्यार्थी आफै हिडँेर टाढाको विद्यालयसम्म जान सकेमा मात्र यहाँबाट छोड्छौं, उनले भने ।
२०६४ फागुनबाट गाउँका केही बालबच्चाहरुलाई जम्मा गरेर पढाउन थालिएको विद्यालयमा अहिले ६० भन्दा बढी विद्यार्थीहरु छन् ।
Comments0
Leave Comments