© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १८
राजधानी संवाददाता
दोलखा, १८ भदौ
सूचना तथा सञ्चारमन्त्री शंकर पोखरलले माओवादी र मधेसवादी दलहरू मिले एमालेले कांगे्रसको पक्षमा मतदान गर्ने संकेत दिएका छन् ।
आइतबार हुने प्रधानमन्त्रीको निर्वाचनमा माओवादी र मधेसवादीको मिल्ने अवस्था आए तटस्थ नीति परिर्वतन गरी नयाँ रणनीति बनाएर हस्तक्षेप गर्नसक्ने धारणा पोखरेलको थियो ।
शुक्रबार नेकपा एमाले दोलखाको जिल्ला प्रतिनिधि परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सरकार बनाउने कुरामा जस्तोसुकै निर्ण्र्ााभए पनि एमाले भित्र एकताको आधारमा निर्ण्र्ााहुने बताए ।
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउन कांगे्रस पर्ूण्ा रूपमा तयार भए पनि प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेको बताउँदै मन्त्रि पोखरेलले माओवादी उम्मेदवार फिर्ता लिन सहमत भए पनि शान्ति प्रक्रियालाई पर्ूण्ाता दिन कुनै पनि बुँदामा सहमत नभएको आरोप लगाए ।
देशलाई अनिर्ण्र्ााो बन्दी बनाउन माओवादी र कांगे्रस दुवै जिम्मेवार रहेको उनको ठोकुवा थियो । माओवादीलाई साइजमा राख्न लोकतान्त्रिक शक्तिहरूबीच एकताले महत्त्वपर्ूण्ा भूमिका खेलेको समेत धारणा व्यक्त गरे । पोखरेलले प्रधानमन्त्रीको चुनावमा भोटका लागि माओवादी सांस्कृतिक राजा राख्न तयारीमा रहेको आरोपसमेत लगाए । 'प्रचण्ड'ले राजावादीहरूसँग सांस्कृतिक राजा राख्नेभन्दै साठगाँठ गरिरहेकोे उनको आरोप थियो ।
मन्त्री पोखरेलले हालसम्मका प्रधानमन्त्रीय निर्वाचनमा तटस्थ बस्नु एमालेको बाध्यता रहेको बताए । 'सहमतीय सरकार निर्माण भएर शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्याउनका लागि तटस्थ बस्नुपरेको हो,' उनले भने ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईंले संविधान निर्माण र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउन सबै दललाई दबाब दिन एमाले तटस्थ बस्नु परेको बताए । 'केही दिन ढिला होला, तर एमालेको निर्ण्र्ााा सबैजना आउन बाध्य हुनेछन्,' उनको भनाइ थियो ।
एमालेका जिल्ला अध्यक्ष पर्वत गुरुङको अध्यक्षतामा सम्पन्न बैठक उद्घाटन समारोहमा एमाले नेताहरू डा. भिष्म अधिकारी, आनन्दप्रसाद पोखरेल, शिवप्रसाद भण्डारी, श्याम बस्नेत, सभासद्हरू शान्ति पाख्रिन, शान्ति जिरेल, एमालेका जिल्ला नेताहरू सरस्वती बस्नेत, जिल्लासचिव भरत दुलाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
बैठक दर्ुइ दिनसम्म चल्ने जिल्ला अध्यक्ष पार्वत गुरुङले जानकारी दिए ।
Comments0
Leave Comments