२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

संक्रमणकालभर राष्ट्रपति शासन ः पर्ूवसभामुख ढुंगानार्

इश्वरी सुवेदी/राजधानी
ल्ालितपुर, १८ भदौ
पाँच पटकको निर्वाचनबाट पनि प्रधानमन्त्री चयन हुन नसकेको विषयलाई लिएर राष्ट्रपति डा. रामवरण यादवले कामचलाउ सरकारका प्रधानमन्त्री माधवकुमार नेपाल र प्रमुख दलहरूसँग गम्भीर चासो व्यक्त गरिरहेकै बेला पर्ूवसभामुख दमननाथ ढुंगानाले राष्ट्रपति शासनको वकालत गरेका छन् ।
प्रधानमन्त्री चयनको विवादमा दलहरू अल्भिmरहेका बेला नागरिक समाजका अगुवासमेत रहेका ढुंगानाले सरकार सञ्चालनको जिम्मा राष्ट्रपतिलाई दिनुपर्ने धारणा राखेका छन् । नेपाल मजदुर किसान पार्टर्ीी पनि केही समयअघि राष्ट्रपति शासनको वकालत गरेको थियो ।
संक्रमणकालमा दलहरू जिम्मेवार बन्न नसकेकाले त्यस अवधिभर राष्ट्रपति शासन लागू गर्नुपर्ने ढुंगानाको तर्क छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै ढुंगानाले सरकार सञ्चालनको पूरै जिम्मेवारी राष्ट्रपति डा. यादवलाई दिनर्ुपर्ने भनाइ राखे । पटक-पटकको प्रधानमन्त्री निर्वाचनबाट मुलुक गम्भीर संकटमा फसेकोे विश्लेषण गर्दै ढुंगानाले भने, 'जारी राजनीतिक गतिरोधले मुलुक अस्तव्यस्त बन्दै गएको छ, यस्तो अवस्थामा संक्रमणकाल अवधिभर राष्ट्रपति शासनको विकल्प छैन ।'
'दलहरूको असक्षमताका कारण नयाँ प्रधानमन्त्री चयन हुन सकेन, अब राष्ट्रपतिलाई सहभागी गराएर अघि बढ्नुको विकल्प छैन,' पर्ूवसभामुख ढुंगानाले थपे ।
संविधानसभाको कार्यकाल थप भएपछि पहिलो पटक र्सार्वजनिक कार्यक्रममा बोलेका ढुंगानाले भने, 'संविधानभित्रैबाट निकास दिने बाटो भनेको राष्ट्रपतिलाई सहभागी गराउनु हो, अब त्यसतर्फसोचिनर्ुपर्छ ।'
राष्ट्रपति संविधानको संरक्षक भएकाले पनि मुलुकको रक्षाका लागि राष्ट्रपति शासन लगाउनर्ुपर्ने उनको तर्क छ । ढुंगानाले वर्तमान गतिरोधको समाधान संविधानबाहिर गएर खोज्न नसकिने बताउँदै राष्ट्रपतिलाई अधिकार दिनु संविधानसम्मत हुने दाबी पनि गरे । 'दलहरूले दलीय रणनीतिलाई मात्र हेरिरहेका छन्, केका लागि बलिदान गरेको भन्ने बिर्सिएका छन् र केका लागि परिवर्तन ल्याएको हो भन्ने पनि सोच्न छाडेका छन्,' उनले राष्ट्रपति शासन लगाउनुको कारण खुलाउँदै भने ।  
प्रधानमन्त्री निर्वाचनमा 'तटस्थ' बस्ने दलसँग छलफल नै नगरी सभामुख सुवासचन्द्र नेम्वाङले लगातार मतदान गराइरहेको ढुंगानाको आरोप थियो ।  उनले भने, 'सभामुख नेम्वाङको यो बहादुरी गिनिज बुकमा रर्ेकर्डका लागि मात्र काम लाग्नेछ ।'
सभामुख नेम्वाङलेे भने दलहरूमा विश्वासको संकट देखिए पनि सहमतिबाट समस्याको समाधान गर्नुको विकल्प नभएको बताउँदै आएका छन् ।
पर्ूवसभामुख ढुंगानाले सभामुख नेम्वाङको भनाइ खण्डन गर्दै भने, 'चोर बढयो, चोर बढयो भनेर प्रहरीले भन्ने होइन, जनताले भन्ने कुरा हो । प्रहरीले त चोर पक्राउ गर्न रणनीतिक रूपमा लाग्ने मात्रै हो, बाहिर भन्ने कुरा होइन, त्यसैले सभामुखले पनि विश्वासको संकट छ मात्रै भनेर हुँदैन, छलफल, बहस चलाएर निकास दिनुपर्‍यो ।'  
'तीन पटकको निर्वाचनबाट पनि प्रधानमन्त्री चयन नभएपछि सभामुख नेम्वाङले छलफल गर्न सुरु गर्नुपथ्र्यो, छलफलबाट निकास ननिस्केसम्म अर्को निर्वाचनको मिति तोक्नुहुँदैनथ्यो,' ढुंगानाको भनाइ थियो ।
'तटस्थ बसेका दलहरू अनिश्चितकालका लागि तटस्थ बसिरहे निर्वाचन गराइरहने -' पर्ूवसभामुख ढुंगानाको प्रश्न थियो । 'नियम छैन भन्दैमा त्यस्तो गम्भीर विषयमा सभामुख चुप लागेर बस्न मिल्दैन,' उनको भनाइ थियो । उनले लगातार निर्वाचन गराएर प्रधानमन्त्री पदलाई कमजोर र हास्यास्पद बनाउन नहुने बताए ।  
जनआन्दोलनको उद्देश्य र भावनाबाट बनेको अन्तरिम संविधानलाई संशोधन गरिएकाले अहिलेको अवस्था आएको ढुंगानाको विश्लेषण थियो । 'अन्तरिम संविधानलाई संशोधन गरी बहुमतीय प्रणालीमा जानु नै समस्याको मूल जड हो,' उनले भने, समस्या समाधानका लागि अन्तरिम संविधानको 'ओरिजिन'मा नै फर्किनर्ुपर्छ ।'

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी