© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १८
लोकेन्द्र प्रर्साई/राजधानी
काठमाण्डौ, १८ भदौ
दक्षिण एसियाली खेलकुद-साग)मा स्वर्ण्र्ाादक जित्ने एक मात्र नेपाली भारोत्तलक कमल अधीकारी १६ औ एसियाडको प्रशिक्षणबाट असन्तुष्ट रहेका छन् । ६९ केजि तौल समुहमा स्तरीय पर््रदर्शन गर्ने सोचका साथ कमल यतिवेला मिहेनत गरिरहेका छन् । व्यक्तिगत राम्रो प्रयाशका वावजुत पनि सरकारको उदासिनतावाट कमल असन्तुष्ट भएका हुन् । " प्रतियोगिता सुरु हुन २ महिना पनि वाकी छैन ।" कमल गुनासो पोख्छन " अझै वन्द प्रशिक्षण सुरु भएको छैन ।" औपचारिकाताका लागी मात्र तयारी भइरहेको उनको महसुस छ । " यहा अर्न्तराष्ट्रिय प्रशिक्षणको पनि निश्चित छैन ।"उनले अनुमान गरे ," कुन देशमा लैजादा सस्तोमा हुन्छ त्यसैका लागी वार्गेनिङ भइरहेको होला ।"एसियाड जस्तो प्रतियेागितामा अर्न्तराष्ट्रिय प्रशिक्षण अत्यन्तै महत्वपर्ुण्ा हुने कमलको भनाइ छ ।
उपलब्ध डाइटका कारण पनि तयारीको गती सुस्त भएको कमल वताउछन । " हप्तामा ५ दिन मात्र प्रशिक्षण भइरहेको छ ।" अर्न्तराष्ट्रिय अनुभव सुनाउदै उनी भन्छन ।"अन्य देशका खेलाडीहरुले हप्तामा सातै दिन प्रशिक्षण पाउछन " डाइट अनुसार प्रशिक्षणको समय निर्भर रहने वताउदै कमलले आफुले पाइरहेको डाइटको मात्रा अर्न्तराष्ट्रिय स्तरको नभएको व्यक्त गर्छन ।
पछिल्लो समय लय गुमाएका कमलले पुरानै र्फममा समेत नआइ सकेकाले थप चिन्ता थपिएको वताए।" ९० प्रतिशत पुरानै र्फममा आइ सकेको छु ।"भविस्यप्रति निर्भर गर्दै उनि भन्छन," अव केही सातामा पुरानो लय समाउछु जस्तो लागेको छ । त्यसपछि के हुन्छ लगानीमा निर्भर रहने छ ।"उनको गुनासोमा र्समर्थन गर्दै प्रमुख प्रशिक्षक तिलक राउत पनि तयारी राम्रो हुन नसकेको स्विकार गरे ।"उपलब्द स्रोत र साधनलाइ हर्ेदा तयारी सन्तोषजनक छ ।"उनी भन्छन "तर यो एसियाड त के सागस्तरको पनि छैन ।" सरकारले वजेट विनियोजन नगरेकाले नै तयारी अलपत्र भएकेा उनको भनाइ छ ।
पहिलो ठुलो अर्न्तराष्ट्रिय प्रतियेागिताको रुपमा नवौ सागमा भाग ल्ािएका कमलले त्यसमा पदक विहिन हुनु परेपनि लगत्तकैको सस्करणमा स्वर्ण्र्ाादक जितेका थिए । त्यसपछि १५ औ एसियाडमा सहभागी कमल पदक जित्न असफल भएका थिए । त्यसमा उनले ११ औ स्थान हात पारे । ओलम्पिकको समेत अनुभव वटुलि सकेका उनले वेइजिङ सस्करणमा २१ औ स्थान हात पारेका थिए । पछिल्लो पटक ११ औ सागमा भाग लिने क्रममा पदक निश्चित हुदा हुदै पनि गम्भिर त्रुटिपछि उनी पदक विहिन हुनु परेको थियो । तौल उठाउने प्रयाश असफल भएपछि उनी अयोग्य घोषित भएका थिए । एक मात्र तौल समुहमा आसन्न एसियाडमा भाग लिन गएको नेपालका लागी कमल विहिवार मात्र छनौट भएका हुन ।
Comments0
Leave Comments