© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १८
राजधानी संवाददाता
धनगढी, १८ भदौ
पर्ूवयुवराज पारस शाहले सुदूरपश्चिममा जन्मेर राष्ट्रिय तथा अन्तर्रर्ााट्रय क्षेत्रमा देशलाई चिनाउने विभिन्न क्षेत्रका एक दर्जन व्यक्तिलाई शुक्रबार धनगढीमा अभिनन्दन गरेका छन् ।
धनगढीको होटल डिभोटीमा आयोजित एक समारोहमा पर्ूवयुवराज पारसले अन्तर्रर्ााट्रय कर्ीर्तिमानधारी तेक्वान्दो खेलाडी दीपक विष्ट, नायकद्वय विराज भट्ट र सुमन सिंह, थारू भाषाको चलचित्रका नायक प्रेम चौधरी, कलाकार रेशम चौधरी, देउडा गायक नरेन्द्रराज रेग्मी, धार्मिक क्षेत्रबाट डमरुबल्लभ भण्डारी, सामाजिकतर्फभुवन चन्द, शैक्षिक क्षेत्रबाट दीनानाथ भट्ट, कृष्णबहादुर सिंह, पत्रकारका तर्फाट अम्बिकाप्रसाद उपाध्याय, कलाकार चेतबहादुर सिंहलाई अभिनन्दन गरे । उनीहरूलाई बिहीबार नै अभिनन्दन गर्ने कार्यक्रम रहे पनि अत्यधिक भीडका कारण शुक्रबार गरिएको हो ।
अभिनन्दन कार्यक्रमपछि पर्ूवयुवराज पारसले विभिन्न क्षेत्रका व्यक्तिसँग भेटघाट गरेका थिए । उनीसँग भेट गर्न विभिन्न क्षेत्रका व्यक्तिको होटल डिभोटीमा लाइन लागेको थियो । बिहीबार धनगढीको एलएन चोकस्थित लक्ष्मीनारायण मन्दिरमा पूजाआजा र धर्मशाला शिलान्यास गरेका पारसले राति पत्रकारहरूका लागि भोजको आयोजना गरेका थिए ।
पत्रकारहरूले बोल्न निकै आग्रह गरे पनि आयोजकले बुबा ज्ञानेन्द्रले नबोल्न भनेकाले पारसले सञ्चारमाध्यमसँग बोल्ने कार्यक्रम नरहेको बतायो ।
आफ्नो स्वागतका लागि धनगढीमा उर्लिएको भीडमा च्यापिएर खुट्टा भाँचिएकी सुदूरपश्चिमाञ्चल ब्युटी पार्लर एसोसिएसनकी अध्यक्ष निशा सिंहलाई पारसले उनकै घरमा पुगेर भेटेका थिए । भेटका क्रममा पारसले धनगढीमा आफ्नो स्वागतका लागि उर्लिएको भीड
देखेर चकित भएको प्रतिक्रिया दिएका थिए ।
Comments0
Leave Comments