© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १८
टंक क्षेत्री/राजधानी
र्सलाही, १८ भदौ
अज्ञात समूहको गोली प्रहारबाट स्थानीय एक व्यापारीको मृत्यु भएपछि शुक्रबारदेखि र्सलाहीको बरहथवा बजार अनिश्चितकालीन बन्द आह्वान गरिएको छ ।
बिहीबार राति ८ बजे बरहथवा-७ निवासी ३४ वषर्ीय शम्भु दासको घर जाँदै गर्दा अज्ञात समूहले पछाडिबाट प्रहार गरेको गोलीबाट घटनास्थलमै मृत्यु भएको थियो । बरहथवा बजारस्थित किराना पसल बन्द गरेर पैदलै घरतर्फजाँदै गर्दा उनीमाथि गोली प्रहार भएको थियो । उनको शरीरका विभिन्न भागमा पाँच गोली लागेको थियो ।
मृतकलाई सहिद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपर्ूर्ति उपलब्ध गराउनुपर्ने, हत्यारालाई यथाशीघ्र पक्राउ गरी कडा कानुनी कारबाही गर्नुपर्ने, सुरक्षाको प्रत्याभूति हुनुपर्नेलगायत माग राखेर उद्योग वाणिज्य संघ, बरहथवाले अनिश्चितकालीन बरहथवा बजार बन्द आह्वान गरेको हो । हत्याको विरोधमा शुक्रबार बिहानैदेखि बरहथवा बजार बन्द छ ।
व्यापारीहरूले अपराह्न मृतक दासको बरहथवा बजारमा शवयात्रासमेत गरे । शवयात्राले बरहथवा बजार परिक्रमा गरेको थियो । शवयात्राका सहभागीहरूले हत्यारालाई कारबाही तथा प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए । उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष रंगलाल अग्रवालले राज्यले व्यापारीहरूलाई सुरक्षा दिन नसकेको बताए । प्रहरी कार्यालयनजिकै सम्साँझै बजार क्षेत्रमा व्यापारीको गोली हानी हत्या हुनुले स्थानीय व्यापारीहरू आक्रोशित भएको अग्रवालले बताए । घटनास्थल इलाका प्रहरी कार्यालय, बरहथवाबाट नजिकै छ । घटनामा संलग्न भएको आशंकामा राति नै आठजनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको जिल्ला प्रहरीले जनाएको छ । गोली प्रहारपछि पाँच/सातजनाको समूहमा रहेका आक्रमणकारी समूह पैदलै भागेको प्रत्यक्षदर्शीले बताएका छन् । हत्याको जनतान्त्रिक तर्राई मुक्तिमोर्चा ज्वाला समूहले जिम्मा लिएको छ ।
यसैगरी, र्सलाहीको भक्तिपुर-३ स्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रमा बिहीबार साँझ प्रहरी कारबाहीमा मारिएका दर्ुइजनाको पहिचान खुलेको छ ।
प्रहरी उपरीक्षक पर्ूण्ाचन्द्र जोशीका अनुसार मृतकहरूमा जनतान्त्रिक तर्राई मुक्तिमोर्चा ज्वाला समूहका र्सलाही सेक्रेटरी रामएकवाल दनुवार तथा अर्का उनका बडीगार्ड महोत्तरीका सुरेन्द्र चौधरी हुन् । प्रहरीका अनुसार दनुवार र्सलाहीकै चन्द्रनगर-३ निवासी हुन् । उनी हत्या, अपहरण, लुटपाटलगायत विभिन्न आपराधिक घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय भक्तिपुरको गस्ती टोलीमाथि एक्कासि गोली प्रहार भएपछि गस्ती टोलीको जवाफी कारबाहीमा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । उनीहरूको साथबाट एक थान दर्ुइनाले पेस्तोल, पाँच थान गोली बरामद भएको प्रहरीले जनाएको छ । ५/६ जनाको समूहमा रहे पनि अन्य भने भाग्न सफल भएको प्रहरीले जनाएको छ । मृतकहरूको शव पोस्टमार्टमपछि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा राखिएको छ । मृतकको परिवारजनसँग सर्म्पर्कको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Comments0
Leave Comments