© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १८
काठमाडौँ, १८ भदौ । प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालमा रहेका तीन विदेशी राजदूतले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट गरेका छन् ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार भेटघाट गर्नुहुने राजदूतहरूमा नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसी, जापानी राजदूत तात्सुओ मिजुनो र बेलायती राजदूत जोन टकनोट थिए ।
भेटका अवसरमा प्रधानमन्त्री नेपालले संयुक्त राष्ट्रसङ्घको महासभा अध्यक्ष निर्वाचनमा नेपालले दिएको उम्मेदवारीप्रति समर्थन दिन आग्रह गरेका थिए ।
यसैगरी भेटमा राष्ट्रसङ्घीय राजनीतिक मिसन (अनमिन) को अवधि तथा कार्यादेश, समसामयिक राजनीतिक स्थिति र द्विपक्षीय सहयोग अभिवृद्धि बारेमा पनि छलफल भएको भट्टराईले बताए । रासस
Comments0
Leave Comments