२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

सुदूरपश्चिमका एक चौथाइ जनसंख्या सुस्त मनस्थिति

मुकुन्द भण्डारी/राजधानी
डोटी, १७ भदौ
सुदूरपश्चिमका पहाडी जिल्लाका २५ प्रतिशतभन्दा बढी जनसंख्या सुस्त मनस्थिति हुने रोगबाट पीडित भएको तथ्य खुलासा भएको छ ।
साल्ट ट्रेडिङ कर्पाेरेसनले गरेको अनुगमनबाट सो तथ्य र्सार्वजनिक भएको हो । सो रोगबाट विशेषगरी महिला र बालबालिका ब्ाढी प्रभावित छन् ।
साल्ट ट्रेडिङका अनुसार रोगको प्रत्यक्ष प्रभाव विद्यार्थीमा बढी देखिएको छ । पठनपाठन नै प्रभावित पर्ने गरी विद्यार्थीलाई त्यस्तो रोगले गाँज्दै लगेको छ ।
साल्ट ट्रेडिङ सेती अञ्चल कार्यालयका विभागीय प्रमुख केशवप्रसाद पाण्डेयले आयोडिनको कमीबाट सुस्त मनस्थिति हुने रोगले मानिसलाई गाँज्दै लैजाने जानकारी दिए । उनले भने, 'जतिजति दर्ुगम गाउँ छिरियो, त्यति नै मात्रामा यसबाट प्रभावित जनसंख्या बढी भेटियो ।'
आयोडिनयुक्त खानेकुराको कमी र जनचेतनाको अभावका कारण गाउँमा सुस्त मनस्थितिबाट प्रभावित व्यक्तिको संख्या बढी भेटिएको पाण्डेयको भनाइ थियो । उनले थपे, 'ग्रामीण भेगमा जाँदा गलगाँड भएका व्यक्ति पनि भेटिन्छन्, त्यसमा पनि नया“ पिढीभन्दा पुरानामा यो समस्या बढी देखियो, जति दर्ुगम गाउँमा पुगियोे, समस्या झन् बढी देखियो ।'
वातावरणमा परेको प्रभाव र भूक्षयका कारण आयोडिन नष्ट हँुदै जानु र आयोडिनयुक्त नुनको प्रयोग नहुनुले यस्तो समस्या देखिएको साल्ट ट्रेडिङको ठहर छ ।
साल्ट ट्रडिङको अनुगमन टोली विकट गाउँका विद्यालयमा पनि पुगेको थियो । 'विद्यार्थीहरूमा पनि त्यस्तै समस्या देखियो,' विभागीय प्रमुख पाण्डेयले सुनाए ।
अनुगमनबाट आयोडिनयुक्त नुनको प्रयोगकर्ता भने बढेको देखिएको छ । साल्ट ट्रेडिङले यसलाई सकारात्मक कदम भनी टिप्पणी गरेको छ ।
'सुदूरपश्चिममा १० वर्षघि आयोडिनयुक्त नुनको प्रयोगकर्ता ५ प्रतिशत मात्र थियोे, तर अहिले आधा जनसंख्याले प्रयोग गर्न थालेको पाइयो,' पाण्डेयले भने ।
सन् २०१० भित्र ढिकेनुनलाई पर्ूण्ा रूपमा विस्थापित गर्ने सरकारको लक्ष्य छ । सो लक्ष्यलाई पर्ूर्ति गर्न साल्ट ट्रेडिङले ढिकेनुनको मात्रा क्रमशः घटाउँदै लगिरहेको छ । सरकारले विकट जिल्लामा ढुवानी अनुदान दिएर सस्तोमा आयोडिनयुक्त प्याकेटको नुन उपलब्ध गराउँदै आएको छ ।
ढिकेनुन बिक्री-वितरणमा भएको कमीका कारण आयोडिनयुक्त प्याकेट नुन प्रयोग गर्नेको संख्या बढेको हो ।
ढिकेनुन पर्ूण्ा रूपले बन्द गर्ने योजना रहे पनि सफलता मिल्न नसकेको साल्ट ट्रेडिङले जनाएको छ । 'कतिपय व्यापारी संगठित रूपमै ढिकेनुन बिक्री-वितरणमा लागेका छन्, त्यसलाई नियन्त्रण गर्न हामी सक्रियताका साथ लागिरहेका छौं,' पाण्डेयले भने ।




Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी