२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

उम्मेदवारी फिर्ता नलिने कांग्रेसका अडान

राजधानी समाचारदाता
काठमाडौं, १७ भदौ
कांग्रेसले छैटौं चरणको प्रधानमन्त्री निर्वाचनमा पनि आफ्नो उम्मेदवारी फिर्ता नलिने बताएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले छैटौं चरणको प्रधानमन्त्री निर्वाचनमा चक्रव्यूह तोड्ने औपचारिक रूपमा बताइरहेका बेला कांग्रेसले भने आफ्नो अडान कायमै राखेको हो ।
बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको सरकारले नै शान्ति स्थापना र संविधान निर्माण गर्ने जनाउँदै उम्मेदवारी फिर्ता नलिने निर्ण्र्ाागरेको हो ।
प्रधानमन्त्रीका लागि माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् । दुवैको उम्मेदवारी फिर्ता गर्ने वा अन्य सहमतिबाट निर्वाचनको चक्रव्यूहबाट मुक्त हुन आफ्नो पार्टर्ीी जस्तोसुकै बलिदान पनि दिन तयार रहेको माओवादी अध्यक्ष प्रचण्डले बुधबार बताएका थिए । माओवादीले हतियार त्याग गरेमात्र ठूलो बलिदानी हुने भन्ने विषयमा पनि दलमा छलफल भएको कांग्रेसका प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेले बताए ।
माओवादीलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले साथ दिएमा उसले बहुमत प्राप्त गर्न सक्नेछ भने कांग्रेसलाई एमाले र मोर्चा दुवैले सहयोग गरेमात्र उसले सरकार गठन गर्न सक्ने अवस्था छ ।
माओवादी अध्यक्ष प्रचण्डले उम्मेदवारी फिर्ता लिए पनि पौडेलले तीन सय एक अर्थात् बहुमत पुर्‍याउनुपर्ने हुँदा एमाले र मोर्चाको साथ पाउनेमा भने अन्योल छ । हालसम्म कांग्रेसलाई राप्रपा र राजपालगायतका साना दलले मात्र सहयोग गरेका छन् ।
कांग्रेस संसदीय दलको बैठकले पौडेलको प्रस्तावमा मतदान गरेका र नगरेका सबैलाई पक्षमा मत दिन आग्रह पनि गरेको छ ।
यसैगरी, कांग्रेसले १२औं महाधिवेशनका लागि आथ्ािर्क सहयोग गर्ने रकम तोकेको छ । जसअनुसार सभासद् भएकाले मात्र १५ हजार, सभासद् र संसद्का समितिका सभापतिले २० हजार, सभासद् केन्द्रीय सदस्य र समिति सभापतिले २५ हजार, सभासद् मुख्य सचेतक र केन्द्रीय सदस्यले ३० हजार रुपैयाँ दिनुपर्ने भएको छ ।
यता, महाधिवेशनका लागि पार्टर्ीीे नीति र कार्यक्रममाथि पार्टर्ीीेन्द्रीय समितिको बैठकमा बिहीबारबाट छलफल सुरु भएको छ । छलफलमा केन्द्रीय सदस्यहरू गोविन्दराज जोशी, लक्ष्मण घिमिरे, नरहरि आचार्यलगायतले बोलेका थिए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी