२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

एमाले अझै अन्योलमा

राजधानी समाचारदाता
काठमाडौं, १७ भदौ
प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता तथा राष्ट्रिय सहमति जुटाउन सामूहिक पहल गर्न एमालेले शर्ीष्ा नेताहरूलाई निर्देशन दिए पनि आन्तरिक विवादका कारण उसले अहिलेसम्म कुनै सामूहिक पहल गर्न सकेको छैन ।
सोही कारण छैटौं चरणको प्रधानमन्त्री निर्वाचनमा के गर्ने भन्ने विषयमा एमालेमा अन्योल देखिएको छ । पाँच चरणसम्मको प्रधानमन्त्री निर्वाचनमा तटस्थ बस्दै आएको संसद्को तेस्रो ठूलो दल एमालेले २० भदौमा हुने प्रधानमन्त्री निर्वाचनमा पनि तटस्थ नै बस्ने संकेत देखिएको हो ।
गत २६ साउनको केन्द्रीय समिति बैठकले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रभावशाली नेता केपी शर्मा ओली, महासचिवर् इश्वर पोखरेललगायतका नेताहरूलाई अन्य दलसँग सामूहिक छलफल गरी उम्मेदवारी फिर्ता गराइ राष्ट्रिय सहमतिका लागि र्समर्थन जुटाउन निर्देशन दिएको थियो । 'तर, महिना दिन बितिसक्दा पनि केन्द्रीय समितिको निर्देशनअनुसार नेताहरूले सामूहिक पहल गरेनन्,' एक पोलिटब्युरो सदस्यले राजधानीसँग भने ।
शर्ीष्ा नेताहरूले केन्द्रीय समितिको निर्देशनअनुसार सामूहिक पहल नगर्दा मुलुक सरकारविहीन र अनिर्ण्र्ााो बन्दी भएको उनको बुझाइ छ । 'सामूहिक पहल गरेको भए मुलुकले यतिखेर कि त प्रधानमन्त्री पाइसक्थ्यो, कि त उम्मेदवारी फिर्ता भइसक्थ्यो,' उनले भने ।
यता, बेग्लाबेग्लैभन्दा सामूहिक पहल गर्न केन्द्रीय समितिले दिएको निर्देशनविपरीत नेताहरूले अन्य दलसँग भने छुट्टाछुट्टै भेटघाट गरिराखेका छन् । प्रधानमन्त्री नेपालले पछिल्लो समयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग कोटेश्वरस्थित निवासमा एकल भेटघाट गरे भने अध्यक्ष खनालले पनि प्रचण्डसँग बेग्लै भेटघाट गरे ।
त्यस्तै, केही समयअघि सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा उम्मेदवारी फिर्ताका लागि अनुरोध गर्न गएको अध्यक्ष खनालको टोलीमा वरिष्ठ नेता नेपाल र ओली सहभागी भएनन् ।
अध्यक्ष खनालले बोलाएको पोलिटब्युरोको पछिल्ला दुवै बैठकमा पनि नेपाल र ओलीले सहभागिता जनाएनन् । प्रधानमन्त्री नेपालले आन्तरिक कारणले बैठकमा आउन नसकेको सूचना दिएका थिए भने पोलिटब्युरो बैठक चलिरहँदा ओली श्रीलंकातर्फलागे । जसका कारण एमालेको पछिल्ला दर्ुइ पोलिटब्युरो बैठक राजनीतिकभन्दा पनि आन्तरिक विषयमा केन्द्रित रहन पुग्यो ।   
पार्टर्ीीत्र दर्ुइ धार भएकाले राष्ट्रिय सहमति जुटाउन र प्रधानमन्त्रीका प्रत्यासीको उम्मेदवारी फिर्ता गराउन एमाले असफल भएको अर्का पोलिटब्युरो सदस्यले राजधानीसँगको कुराकानीमा भने । सोही कारण सामूहिक पहल र छलफल सम्भव नभएको उनको बुझाइ छ ।
'कांग्रेसलाई मतदान गरेर जानर्ुपर्छ भन्ने र त्यसको विपक्षमा उभिने नेताहरू नै सामूहिक वार्ताको लागि पहल गर्नुपर्ने भएपछि सामूहिक छलफल र वार्ताको पहल हुन नसकेको हो,' उनले भने । प्रधानमन्त्री नेपाल र ओली कांग्रेसलाई मतदान गरेर अगाडि जानुपर्ने भन्ने पक्षमा छन् भने खनाल पक्ष प्रधानमन्त्रीका दुवै प्रत्यासीको उम्मेदवारी फिर्ता लिएर आफ्नै नेतृत्वको सरकार निर्माण गर्ने कसरतमा रहेको उनले बताए । 'समस्याको मूल जरो नै यसैमा अड्किएको छ,' ती नेताले भने ।
अहिलेसम्म कुनै सामूहिक पहल नभए पनि छैटांै चरणको  प्रधानमन्त्री निर्वाचनमा भने एक पक्षलाई मतदान गरेर मुलुकलाई सरकारविहीनताबाट मुक्त गराउन एमालेले आँट गर्नुपर्ने उनको आग्रह छ ।
सामूहिक छलफल र पहल गर्न दिएको निर्देशन अनौपचारिकमात्र भएकाले सामूहिक रूपमै छलफल र वार्ता हुनैपर्ने भन्ने अनिवार्य नभएको सचिव युवराज ज्ञवालीले राजधानीसँग भने ।
'सामूहिक छलफल र पहल गर्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिइएको हो तर अनौपचारिक भएकाले अनिवार्य भने छैन,' ज्ञवालीले भने । प्रधानमन्त्रीका प्रत्यासीहरूसँग उम्मेदवारी फिर्ता दिलाएर राष्ट्रिय सहमति जुटाउन नेताहरूले पहल गरिरहेको ज्ञवालीले बताए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी