© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १७
प्रमोदकुमार टण्डन/राजधानी
काठमाडौं, १७ भदौ
समयभन्दा निकै ढिला मनसुन सक्रिय हुँदा अगस्टमा मुलुकभर ६ वर्षछि पहिलो पटक औसतभन्दा बढी वषर्ा भएको छ ।
जुन-जुलाईमा खासै पानी नपरे पनि अगस्टमा भारी वषर्ा भएपछि यो वर्षसन् २००३ पछिको 'राम्रो वषर्ा भएको' जल तथा मौसम पर्ूवानुमान महाशाखाले जनाएको छ । यसअघि, सन् २००३ मा मुलुकका धेरैजसो भू-भागमा औसतभन्दा बढी पानी परेको थियो ।
'सन् २००३ पछि यो वर्षढिलै भए पनि राम्रो वषर्ा भयो र अगस्टमा धेरैजसो भेगमा औसतभन्दा बढी पानी पर्यो,' महाशाखा प्रमुख एवं वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले बिहीबार राजधानीसँग भने, 'यसले यो वर्षो पूरै मनसुनमा पर्याप्त पानी पर्ने संकेत गरेको छ ।'
उनले पछिल्लोपटक सन् २००३ मा मनसुन अवधिमा औसतभन्दा केही धेरै वषर्ा भएको बताए । उनका अनुसार त्यसपछि सन् २००४, २००५, २००६, २००७, २००८ र २००९ का मनसुन औसतभन्दा कम वषर्ा भयो । गत वर्षो मनसुनमा औसतभन्दा ३० प्रतिशत कम पानी परेको थियो ।
महाशाखाले यो वर्षो अगस्टमा मुलुकभरका विभिन्न आठ स्टेसनमा औसतभन्दा बढी पानी परेको रर्ेकर्ड गरेको छ । जसअनुसार डडेल्धुरामा औसतभन्दा ४३ प्रतिशत बढी, दिपायलमा १० प्रतिशत, धनगढीमा ४७ दशमलव ८ प्रतिशत, पोखरामा ३९ दशमलव ८ प्रतिशत, भैरहवामा ६८ प्रतिशत, काठमाडौंमा ५२ प्रतिशत, धनकुटामा ३५ प्रतिशत र विराटनगरमा १८ प्रतिशतभन्दा बढी वषर्ा भएको छ ।
ती ठाउँमा औसतमा क्रमशः तीन सय ६ दशमलव ८, दर्ुइ सय ४१ दशमलव ६, चार सय ७२ दशमलव ९, आठ सय ४९ दशमलव ७, तीन सय ७७ दशमलव ३, तीन सय १९ दशमलव ६, एक सय ६७ र तीन सय ६७ दशमलव ६ मिलिमिटर वषर्ा हुन्छ ।
यसबाहेकका अन्य वेदर स्टेसनमा पनि औसत आसपास वषर्ा भएको महाशाखाले जनाएको छ । ती स्टेसन वीरेन्द्रनगरमा दर्ुइ सय ४१ दशमलव ६, नेपालगन्जमा तीन सय २१ दशमलव ७, जुम्लामा एक सय ८० दशमलव ८, दाङमा चार सय ३५ दशमलव ७, सिमरामा चार सय १ दशमलव ९, ताप्लेजुङमा तीन सय ८३ दशमलव ३, नगरकोटमा चार सय ७५ र जोमसोममा ३४ दशमलव ६ मिलिमिटर वषर्ा हुने गर्छ ।
अगस्टमा मनसुन निकै सक्रिय भएकाले भारी वषर्ा हुँदा औसत र त्योभन्दा बढी वषर्ा भएको बताइएको छ । मुलुकभर जारी वषर्ा अझै दर्ुइ साता जारी रहनसक्ने महाशाखाको पर्ूवानूमान छ ।
नेपालमा १० जुनदेखि २३ सेप्टेम्बरसम्मलाई मनसुन अवधि मानिन्छ । तर, यो वर्षमनसुन एक साता ढिलो गरी १७ जुनबाट सुरु भए पनि झन्डै दर्ुइ महिनापछि मात्रै सक्रिय भएको थियो । मनसुन अवधिभर नेपालमा औसतमा एक हजार एक सय २५ मिलिमिटर पानी पर्छ ।
Comments0
Leave Comments