२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

हस्तकलाग्राम स्थापना गर्ने योजना अलपत्र

राजधानी समाचारदाता
काठमाडौं, १७ भदौ
स्वदेशी उत्पादनलाई पर््रबर्द्धन गर्ने उद्देश्यले स्थापना गर्न लागिएकोे हस्तकालग्राम  निर्माण योजना अलपत्र परेको छ ।
उपत्यकाको चोभारमा  स्थापना गर्नका लागि सरकारले  ल्याएको सो योजना  राजनीतिक अन्योेलले अगाडि बढ्न नसकी अलपत्र परेको हो । स्थानीय उत्पादनलाई पर््रबर्द्धन र विस्तार गर्नका लागि  अष्टलक्ष्मी शाक्य उद्योगमन्त्री रहँदा ल्याएको सो योजना हालसम्म पूरा हुन सकेको छैन । हस्तकला महासंघले ग्राम स्थापना गर्नका लागि उद्योग मन्त्रालय सम्ाक्ष प्रस्ताव पेस गसिकेको छ ।
मुलुकमा देखापरेको राजनीतिक अस्थिरताका कारण सो योजना अगाडि बढ्न नसकेको हस्तकला महासंघका अध्यक्ष विकासरत्न धाख्वाले बताए ।
पटक-पटक उद्योग मन्त्रालय समक्ष ग्राम स्थापना गर्नका लागि महासंघले पहल गर्दा त्यसको कुनै सुनुवाइ नभएको अध्यक्ष धाख्वाको भनाइ छ ।
ग्राम स्थापना भएपछि स्थानीय उत्प्ाादनलाई अन्तर्रर्ााट्रय बजारसम्म विस्तार गर्न यसले थप टेवा पुग्ने उनले बताए ।
चोभारस्थित दर्ुइ सय रोपनी जग्गामा बनाउन लागिएको सो ग्राम बन्ने वा नबन्ने भन्नेबारेमा हालसम्म कुनै टुंगो नलागेको महासंघले जनाएको छ । ग्राम स्थापना गर्नका लागि पाँच अर्ब बजेट आवश्यक पर्ने
जनाइएको छ ।
ग्राम स्थापना भएपछि उपत्यकामा एक सय ओटा लघु/घरेलु तथा मझौला उद्योग स्थापना गर्ने लक्ष्य रहेको  अध्यक्ष धाख्वाले जानकारी दिए ।
निजी, र्सार्वजनिक र साझेदारीको अवधारणा स्वरूप स्थापना गर्न लागिएको हस्तकला ग्रामको कार्य सरकारको उदासीनताका कारण हालसम्म पनि स्थापना हुन सकेको छैन ।  ग्राम स्थापना भएपछि ग्रामीण भेगदेखि सहरी भेगसम्ममा उत्पादन गरिएका उत्पादनलाई एकै थलोमा जम्मा गर्न सकिने महासंघले जनाएको छ ।
स्थानीय कच्चा प्रदार्थलाई प्रयोग गरी अन्तर्रर्ााट्रय बजारसम्म पुर्‍याउनका लागि ग्रामको अतिआवश्यकता परेको भन्दै अध्यक्ष धाख्वाले सरकारले यस योजनालाई पहिलो प्राथमिकता दिइनर्ुपर्नेमा जोड दिए । ग्राम स्थापना गर्नका लागि दर्ुइ सय रोेपनी जग्गा सरकारले उपलब्ध गराए निजी क्षेत्रबाटसमेत सहयोग आउने महासंघले जनाएको छ ।
सो योजना अगाडि बढाएर निजी क्षेत्रबाट विस्तार गर्न  सहयोग आउने यस योजनापश्चात् १० हजारभन्दा बढी मानिसहरूलाई रोजगारीको अवसर मिल्ने महासंघले जनाएको छ ।
मुलुकमा पहिलो पटक स्थापना हुन लागेको सो योजना स्थापना गर्न निजी क्षेत्रबाट पहल भइरहे पनि  सरकारी उदासीनताले अगाडि बढ्न सकेको छैन ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी