© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १७
बीबीसी
वासिंगटन, १७ भदौ
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र प्यालेस्टीनी राष्ट्रपति महमुद अब्बासले बिहीबार प्रत्यक्ष वार्ता सुरु गरेका छन् । अमेरिकी विदेशीमन्त्री हिलारी क्लिन्टनले विदेश मन्त्रालयमा आयोजना गरेको वार्ता गएको २० महिनाको पहिलो हो ।
बुधबार, राष्ट्रपति बाराक ओबामाले 'स्थायी शान्ति' नगुमाउन आग्रह गर्दै राष्ट्रपति भवनमा दर्ुइ नेतासँग छुट्टाछट्टै भेट गरेका थिए ।
वेस्ट बैंकमा भएको ताजा हिंसाका बीच सम्झौताको प्रयास भएको हो । बुधबार, रमल्लाहको पर्ूवमा अवस्थित यहुदी बस्ती कोचाभ हाशाचारमा कारमा यात्रा गरिरहँदा एक इजरायली पुरुष र महिलामाथि गोली चलाउँदा उनीहरु घाइते भएका थिए ।
ती पुरुषको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको इजरायली अधिकारीहरुले बताएका छन् । चार जना इजरायली नागरिकको ज्यान जाने गरी वेस्ट बैंकमा भएको हिंसाको २४ घन्टा नबित्दै सो घटना भएको हो । इस्लामिक समूह हमासको लडाकूहरुले दुवै हमलाको जिम्मेवारी दाबी गरेको छ ।
बिहीबार, बेलायती समाचार संस्था रोयर्टससँग हमासका प्रवत्तःा सामी अबु जुहरीले इजरायल र प्लोस्टाइन निकायले कारबाही गरी आफ्ना सदस्यहरुलाई पक्राउ गरे पनि इलारायलीलाई निशाना बनाउन नछोड्ने बताए ।
'अवरोधका कारबाही जारी रहनेछ र पेसा र फताहले उनीहरुलाई रोक्ने छैन ।' जुहरीले भने । वासिंगटन वार्ता विथोल्न खोजिरहेका हमास लडाकूबाट हमलाको लहर गर्न खोज्ने इजरायली सेनाले चेतावनी दिएको छ ।
'यहाँ धेरै आक्रमणहरु भइरहेका छन्,' ब्रिगेडियर जनरल निट्जना एलोनले इजरायली सैनिक रेडियोसँग भने, 'क्षमता अझै पनि भूइँमै छ ।'
'हामीलाई थाहा छ हमासजस्ता व्रि्रोही तत्वले हमला गर्ने र कुटनीतिक प्रक्रिया बिथोल्ने प्रयास गर्नेछन् ।' जनरल एलोनले भने ।
गाजामा कार्यरत बीबीसीका जोन डोन्निसनले हमासले सन्देश दिन खोजिरहेको बताए, जसलाई उपेक्षा गर्न नसकिने उनको तर्क छ ।
गाजामा नियन्त्रण जमाएपनि इजरायल, अमेरिका र यूरोपियन यूनियनले हमासलाई आधिकारिता नदिएका कारण उसलाई वार्तामा संलग्न गरिएको छैन ।
परिणमस्वरुप हमासका प्रतिद्वन्द्वी अब्बासले आफ्नो नियन्त्रणमा नरहेको गाजा क्षेत्रको बारेमा पनि वार्तामा कुरा गर्नेछन् । फताह र हमास विवाद नसुल्झेसम्म इजरायल र प्यालेस्टाइनबीच शान्ति स्थापना हुने सम्भावना निकै कम छ ।
वार्ताको पर्ूवसन्ध्यामा राष्ट्रपति ओबामाले हिंसाको भर्त्ष्ाणा गर्दै 'अतिवादी र अस्वीकारवादी' बाट हुनसक्ने खतराप्रति सचेत ग रे ।
तथापि, उनले अब्बास र नेतान्याहूलाई 'शान्ति चाहने नेता' भनी तारिफ गरे । अब्बासले इजरायलीमाथि भएका हमलाको विरोध गर्दै रक्तपात रोक्न आह्वान गरे । वार्ताका बारेमा बोल्दै उनले भने, 'हामी कुनै पनि प्रयास बाँकी राख्ने छैनौं र हामी वार्ताका उद्देश्य प्राप्त गर्न लागि पर्ने छौं ।'
नेतान्याहीले अब्बासलाई 'शान्तिका सहकर्मी' उपमा दिँदै 'पछिल्ला हिंसाले शान्तिको बाटोमा अवरोध नआउने' पनि बताए ।
'हाम्रो लक्ष्य इजरायली र प्यालेस्टीनीबीच सुरक्षित र दर्ीघकालीन शान्ति हो,' उनले भने । बिहीबारको वार्तामा जोर्डनका राजा अब्दुल्ला र इजिप्सियन राष्ट्रपति होस्नी मुबारकको पनि उपस्थिति रहने बताइएको छ ।
पहिलो वार्तामा आउँदो सेप्टेम्बरको दोश्रो सातामा अर्को वार्ता बस्ने न्युनतम सहमति हुनसक्ने अमेरिकी अधिकारीहरुले बताएका छन् । ओबामा, अब्बास र नेतान्याहीबीच अर्को वार्ता यसै महिनाको अन्तमा हुने राष्ट्रसंघीय महासभामा हुनेछ ।
वेस्ट बैंकमा निर्माण भइरहको आवासप्रति प्यालेस्टाइनले विरोध गर्दै आएको छ । इजरायलीले यसै महिनामा सकिने यहुदीका लागि घर निर्माणको आशिंक रोक्कालाई पुनताजगी नगर्ने बताइरहेको छ । उता प्यालेस्टाइनले भने रोक्का नभए वार्ता परित्याग गर्ने बताएको छ ।
Comments0
Leave Comments