© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १७
दीपशंकर चौलागार्इं/राजधानी
दोलखा, १७ भदौ
दोलखाको लाकुरीडाँडास्थित हलहलेनजिक बुधबार राति आएको पहिरोले लामोसाँघु-जिरी सडक अवरुद्ध भएको छ । रातिदेखि अवरुद्ध सडक बिहीबार दिउँसो मात्र खुलेको थियो ।
सडकअर्न्तर्गत दोलखाको लाँकुरीडाँडा गाविसको हलहलेनजिक ढुंगाझुन्डयाउने भीरमा पहिरो गएको हो । गत जेठमा एक ठेकेदार
कम्पनीले यही स्थानबाट सयौं टि्रपर ढुंगा, माटो अनधिकृत रूपमा निकालेका थिए । 'त्यतिखेर जथाभावी खनेका कारण सबै झरेको रहेछ,' दिनभर पहिरो खुलाएर सदरमुकाम फर्किएका सडक डिभिजन कार्यालय चरिकोटका इन्जिनियर दीपक बस्नेतले भने । पहिरो कार्यालयका दर्ुइ ओटा स्काभेटरको सहायताले दिउँसो खुलाइएको बस्नेतले बताए ।
पहिरोले सडक अवरुद्ध हुँदा रामेछाप, दोलखा हँुदै काठमाडांै जाने र राजधानीबाट दोलखा, रामेछाप आउने सयौं सवारीसाधन बीच बाटामै रोकिएका थिए । गत जेठसम्म माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सडक निर्माणको जिम्मा पाएको महालक्ष्मी कन्स्ट्रक्सनले जथाभावी ग्राभेलका लागि ढुंगा माटो निकालेका कारण पहिरो गएको सडक कार्यालय चरिकोटले जनाएको छ । 'जथाभावी ढुंगा माटो निकालेका कारण यही ठाउँमा पहिरो बगेको छ,' बस्नेतले भने ।
लामोसाँघु-जिरी सडकमा पर्ने दोलखाको लाँकुरीडाँडास्थित ढुंगाझुन्डयाउने भीरमा दर्ुइ महिनादेखि अनधिकृत रूपमा ग्राभेल खानी सञ्चालन भइरहेको भए पनि सरोकारवाला निकायको ध्यान पुग्न सकेको थिएन । 'दोलखाको स्थानीय प्रशासनको मौनताको परिणति हो अहिलेको पहिरो,' नागरिक समाज दोलखाका सुन्दर कार्कीले भने । खानी सडक भएर बग्ने खोल्साको भीरमा सञ्चालन भएकाले भूक्षय र पहिरोको खतरा तीव्र रूपले बढ्न थालेको छ ।अनधिकृत खानी सञ्चालनका कारण लाखौं रुपैयाँको सडक संरचनासमेत ध्वस्त भइरहेको छ । 'अरनिको राजमार्गको करिब तीन सय मिटर सडक बिग्रिएको छ,' कार्कीले भने ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सडकमध्ये १२ किलोमिटरको ठेक्का पाएको महालक्ष्मी कन्स्ट्रक्सनले सडक ग्राभेल गर्नका लागि विगत दर्ुइ महिनाअघि लाँकुरीडाँडास्थित नाम्के थानमारा सामुदायिक वन र शंखदेवी सामुदायिक वन क्षेत्रमा पर्ने जग्गाबाट अवैध रूपमा ढुंगा र माटो निकालेकोे थियो । सामुदायिक वन उपभोक्ता समूहले सो वन क्षेत्रमा पर्ने ढुंगा र माटोबापत प्रतिघनमिटर २० रुपैयाँका दरले रकम संकलन गरिरहेका थिए ।
खोल्सीनजिकको भीर कटान गरेर
खनिएकाले वषर्ायाममा पहिरो गएर सडक अवरुद्ध हुने, भूक्षय जाने, पहिरोलगायतका समस्याको खतरा बढ्ने राजधानी दैनिकमा पहिलो पटक समचार प्रकाशन भएपछि स्थानीय प्रशासनले अनधिकृत रूपमा सञ्चालित खानी बन्द गरेको थियो ।
डिभिजन सडक कार्यालय चरिकोटले २०६५ चैतमा लामोसाँघु-जिरी सडकखण्डको चेनेज नम्बर ३८±७५० मा ठेकेदार कम्पनी महालक्ष्मी कन्स्ट्रक्सन प्रालिले सडक सीमाभित्र खानी सञ्चालन गरेकाले बन्द गर्न आग्रह गर्दा अटेर गरेका कारण कारबाही अगाडि बढाउन प्रश्ाासनलाई अनुरोध गरेको थियो ।
Comments0
Leave Comments