२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

पर्ूव युवराज पारसद्वारा धर्मशाला शिलान्यास

राजधानी संवाददाता
धनगढी, १७ भदौ
पर्ूव युवराज पारस शाहले बिहीवार धनगढीमा लक्ष्मीनारायण मन्दिरमा पूजा आजा र एउटा धर्मशालाको शिलन्यास गरेका छन् ।
दिउसो सवा एक बजे बुद्ध एयरको जहाजबाट धनगढी पुगेका पारसको स्वागतका लागि सयौ र्समर्थक बिमानस्थलमै पुगेका थिए । उनीहरुले राजा आउ देश बचाउ,राजा प्रजा एक होऔ,हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका थिए ।
पारसको स्वागतका पाँच सयभन्दा बढि मोटरर्साईकल र दर्जनौ गाडी बिमानस्थल पुगेका थिए ।     
धनगढीको ओम प्यालेस नजिकबाट पैदल यात्रा गरेका पारसलाई हर्ेन तथा स्वागत गर्न हजारौ मान्छेको भीड लागेको थियो ।
सुरक्षाकर्मीहरु भीड नियन्त्रण गर्न असफल भएपछि पारसले पूजा आजा र कार्यक्रम छोट्याउनु परेको थियो । भीड नियन्त्रण गर्न प्रहरीले एलएनचौकमा लठ्ठी प्रहार गर्दा केहीबेर भागदौड भएको थियो । भीडका कारण झण्डै एक घण्टा धनगढीको एलएनचौकमा आवागमन अबरुद्ध भएको थियो । लक्ष्मीनारायण मन्दिरमा पूजाआजा पछि होटल डिभोटी पुगेका पारसको जयजयकार गर्दै भीड होटलमै पुगेको थियो । पानी परिरहदा पनि होटल बाहिर जम्मा भएका र्समर्थकहरुले पारसको पक्षमा नारावाजी गरेका थिए ।
युवराजबाट नागरिक भएपछि पहिलो पटक धनगढीमा आएका पारसको स्वागतमा निस्किएको मान्छेको भीड देखेर आयोजक नै चकित भएका छन् । कुनै व्यक्तिको स्वागतमा यति ठूलो भीड लागेको यो पहिलो पटक हो ।    मोटरर्साईकल र्‍याली र स्वागतमा माओवादी,काँग्रेस र एमाले लगायतका पार्टर्ीी युवा कार्यकर्ताको सहभागिता थियो ।
कमजोर सुरक्षा व्यबस्था र अब्यबस्थित कार्यक्रम आयोजनाका कारण पर्ूव युवराज पारसले बिमानस्थलबाट कार्यक्रमस्थलसम्म निकै सास्ती खेप्नु परेको थियो । बिमानस्थल बाहिर निस्किदा भीडले घेरिएका पारसलाई सुरक्षाकर्मी र आयोजकले भीडबाट जोगाउन सकेनन । उनलाई भीडबाट निस्किन हम्मे हम्मे भएको थियो । यस्तै धनगढीको लक्ष्मीनारायण मन्दिर परिसरमा लागेको भीड पनि मन्दिर परिसरले थेग्न सकेन ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी