© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १७
दाङ १७ भदौं ।
दाङ जिल्लामा धम्की र चन्दा आतंक जारी राखेको भूमिगत ग्रुपका दुईजनालाई बिहीवार प्रहरीले सार्वजनिक गरेको छ । चन्दा असुलि गरिरहेको अबस्थामा पक्राउ परेका भूमिगत संगठन टाईगर समुहका दुई जना कार्यकर्तालाई प्रहरीले सार्बजनिक गरेको हो ।
भदौं १५ गते दिउसो तुलसीपुरको डुम्रीगाउँ एरियामा चन्दा लिइ रहेको समयमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । उरहरी गाबिस वडा नम्बर १ कचिला निवासी १७ वर्षीय यलिस चौधरी र उरहरी गाबिस वडा नम्बर ८ बेलगनार निवासी १७ वर्षकै निर्मल चौधरीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले सार्बजनिक गरेको छ । धम्की दिएर असुली गरेको १० हजार नगद सहित रङ्गेहात पक्राउ परेका उनीहरु टाईगर समुहका कार्यकर्ता भएको प्रहरीको भनाइ छ । प्रहरीले दुबै जनालाई अपहरण तथा चन्दा असुली सम्बन्धी अपराधको मुद्धा चलाउने तयारी गरेको ईप्रका तुलसीपुरले जनाएको छ ।
यसअघि विभिन्न समयमा पक्राउ परेका सो समुहका ७ जना माथि पनि अपहरण तथा जबरजस्ती चन्दा असुली सबन्धी अपराधमा मुद्धा चलाईएको प्रहरी निरीक्षक जीबन बुढाथोकीले जानकारी दिए । पश्चिम दाङमा व्यापक चन्दा आतंक मच्चाइ रहेको टाइगर समूहको गतिबिधि केही समययता जिल्लामा बढेर गएको छ । यस क्षेत्रका उद्योगी, व्यवसायीहरुलाई मोवाइलफोनमार्फत चन्दा माग्ने, नदिएपछि वम पडकाउने लगायतका कार्यहरु गर्दै आएको सो समूहले घोराहीस्थित जनज्योति विद्यामन्दिरमा पनि चन्दा माग्दै केही महिना अघि विद्यालयमा वम राखेको थियो ।
Comments0
Leave Comments