© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १७
काठमाडौँ, १७ भदौ । कैलाशकुट बहुमुखी क्याम्पस चाबहिलमा नेपाल विद्यार्थी सङ्घ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बीच आज बिहान झडप भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको ‘नयाँ आगन्तुक विद्यार्थीलाई स्वागत तथा तीज विशेष’ कार्यक्रममा स्ववियु सभापति वसन्त खड्का अनेरास्ववियु (क्रान्तिकारी) निकट भएकाले अनेरास्ववियु र नेपाल विद्यार्थी सङ्घलाई जानकारी नै नगराइकन एकलौटी रुपमा कार्यक्रम गरेको विषयमा विवाद भई झडप भएको हो ।
प्रहरीको सहयोगमा दुई सङ्गठनको बीचको झडप नियन्त्रण गरिएको थियो भने सो कार्यक्रममा अनेरास्वयिुको भने सहभागी नभएको अनेरास्ववियु क्याम्पस कमिटी उपाध्यक्ष निशान कार्कीले जानकारी दिए ।
स्ववियुमा अखिल (क्रान्तिकारी) को एकलौटी निर्णयमा चलेको र स्ववियुले तीन अरु दुई सङ्गठनलाई जानकारी नै नदिइकन हरेकपटक एकलौटी ढङ्गले कार्यक्रमका आयोजना गर्ने गरेकामा आपत्ति प्रकट गर्दै नेविसङ्घले विरोध गर्दै अस्ति मङ्गलबारदेखि क्याम्पसमा तालाबन्दी गरेको थियो ।
स्ववियु सभापति अखिल (क्रान्तिकारी) का भएको हुनाले सधैँ स्ववियुमा उनीहरुको पक्षमा मात्रै निर्णय गर्ने, नेविसङ्घ र अनेरास्ववियुलाई जानकारी नै नदिने भएकाले स्ववियुको निष्पक्ष भूमिका हुनुपर्ने भन्दै तालाबन्दी गरेको कैलाशकुट क्याम्पसका नेविसङ्घका अध्यक्ष राजेन्द्र मैनालीले बताए । रासस
Comments0
Leave Comments