© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १६
टपेन्द्र कार्की/राजधानी
काठमाडौं, १६ भदौ
नेपाली सेनाका उपसेनानीको कुटाइबाट सेनाकै एक अमलदारको मृत्यु भएको छ ।
राजधानीको कोटेश्वर नरेफाँट निवासी उपसेनानी टीकाराम चौलागाईंको कुटपिटबाट उनकै घरमा भाडामा बस्दै आएका अमलदार धनराज कार्कीको मृत्यु भएको हो ।
मंगलबार राति पौने ११ बजे उपसेनानी चौलागाईंले जथाभावी गाली गरेपछि अमलदार कार्कीले त्यसको प्रतिरोध गरेका थिए । आपसी विवाद उत्कर्षा पुगेपछि चौलागाईंले कार्कीलाई
कुटेका थिए ।
प्रहरीका अनुसार कुटपिटबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल पुर्याइएको थियो । कार्कीलाई अस्पताल पुर्याएपछि मात्रै प्रहरीले घटनाबारे जानकारी पाएको थियो । सिनामंगलमा उपचार नभएपछि कार्कीलाई सैनिक अस्पताल छाउनी लगिएको थियो । सो अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ६ बजे अमलदार कार्कीको
मृत्यु भएको हो ।
कुटपिटको जानकारी प्राप्त भएलगत्तै कोटेश्वर प्रहरीले उपसेनानी चौलागाईंलाई पक्राउ गरेको थियो । उनी नेपाली सेनामा कार्यरत भएको खुलेपछि प्रहरीले १० मिनेट पनि नराखी कारबाहीका लागि भन्दै सेनालाई जिम्मा लगाएको थियो ।
कोटेश्वर प्रहरी प्रभागका नायब निरीक्षक पुरुषोत्तम केसीले दुवैजना नेपाली सेनामा कार्यरत रहेको खुलेपछि चौलागार्इंलाई सेनालाई जिम्मा लगाएको बताए ।
उता, नेपाली सेनाले उपसेनानी चौलागाईंको कुटपिटबाट अमलदारको मृत्यु भएको सम्बन्धमा छानबिन गर्न कोर्ट अफ इन्क्वाइरी गठन गरेको छ । साथै, उनलाई निलम्बन गरेर छानबिन प्रक्रिया अघि बढाइएको पनि सैनिक जंगी अड्डाले जनाएको छ । उनीहरू दुवैजना जंगी अड्डामै कार्यरत रहेको पनि सेनाले जनाएको छ ।
Comments0
Leave Comments