२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

'प्रसूति र वीरको व्यवस्थापन कमजोर'

राजधानी समाचारदाता
काठमाडौं, १६ भदौ
प्रधानमन्त्री माधवकुमार नेपालले प्रसूति तथा स्त्रीरोग उपचार हुने एक मात्र अस्पताल व्यवस्थापन निकै कमजोर रहेको बताएका छन् ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ५१औं वाषिर्कोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री नेपालले वीर र प्रसुति अस्पतालको व्यवस्थापन एकैखाले भएको उदाहरण दिए ।
'समस्या धेरै छन् तर सुधारका लागि आग्रह गर्छर्ुु नेपालले स्वास्थ्य मन्त्रालयका सचिवद्वय डा. प्रवीण मिश्र, डा. सुधा शर्मा र अस्पतालका निर्देशक डा. लता बज्राचार्यतिर संकेत गर्दै थपे । मुलुकको एक मात्र अस्पताललाई अध्ययन प्रतिष्ठानका रूपमा विकसित गर्न सकिने बताउँदै उनले हरेक अस्पताललाई विश्वविद्यालयका रूपमा लैजाने हो भने राज्यले थेग्न नसक्ने उल्लेख गरे ।
स्वास्थ्यको आधारभूत सेवाबाट पुरुषका तुलनामा महिला पछाडि रहेको चर्चा गर्दै प्रधानमन्त्री नेपालले यसको अन्त्यका लागि आमा र शिशु स्वास्थ्य सेवालाई ग्रामीण तहसम्म विस्तार गर्न आवश्यक रहेको बताए ।
'शिशु तथा मातृ मृत्युदर कम गर्न नेपालले सफलता प्राप्त गरेको र यसलाई आगामी दिन पनि निरन्तरता दिनर्ुपर्छ,' उनले भने, 'डाक्टरहरू राजधानी र सदरमुकाममा केन्द्रित भएका छन् । ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तारका लागि चिकित्सकसँग अनुरोध गर्छर्ुु'
स्वास्थ्य सचिव डा. प्रवीण मिश्रले अस्पतालको भौतिक र गुणस्तरीय सेवाका लागि मन्त्रालयले सकेसम्म सहयोग गर्ने आश्वासन दिए । जनसंख्या सचिव डा. सुधा शर्माले प्रसुति अस्पतालबाट चिकित्सा सेवा सुरु गरेको बताइन् । 'अस्पतालको निर्देशक हु“दै सचिवसम्म हुने अवसर सहकर्मीको सहयोगबाटै पाएको हु“,' उनले भनिन्, 'अस्पताल सुधारका लागि चुनौती सामान गर्ने काममा सबैलाई मिलेर जान आग्रह गर्छर्ुु'  
सोही अवसरमा     नेपालका लागि भारतीय राजदूत राकेश सुदले अस्पताललाई २० वर्षेखि सहयोग गर्दै आएको जानकारी दि“दै यस्तो सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए ।
अस्पतालका निर्देशक डा. लता बज्राचार्यले अस्पतालले प्रसूति तथा स्त्रीरोगका साथै आमासुरक्षा कार्यक्रम प्रभावकारी बनाउन पहल गरेको जनाइन् । सरकारीस्तरबाट सञ्चालित मुलुकको एक मात्र प्रसूतिमा अस्पताल चार सय ४५ शैया छन् ।
अस्पतालले 'महिला राष्ट्रिय स्वास्थ्य अध्ययन संस्थान'को रूपमा विकास गर्ने योजनासमेत अघि सारेको छ । अस्पतालले यस वर्षेखि टेस्टटयुब बेबी जन्माउने कार्यक्रम योजना अघि सारे पनि यो आर्थिक वर्षा सुरु गर्न प्रयास गर्ने अस्पतालले जनाएको छ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी