© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १६
शारदा पोखरेल/राजधानी
काठमाडौं, १६ भदौ
१८ प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौंकी सदीक्षा श्रेष्ठ यसवर्षो 'मिस नेपाल'को ताज पहिरिन सफल भएकी छन् । शर्ीष्ा उपाधिस“गै उनले 'उत्कृष्ट व्यक्तित्व', 'फोटोजेनिक' र 'मिस क्याटवाक'को पगरीसमेत गुथेंकी छन् । उनले अब चिनको संघाइ सहरमा हुने 'मिस वर्ल्ड'मा भाग लिन पाउने छिन् ।
राजधानीमा बुधबार सम्पन्न मुलुककै सबैभन्दा ठूलो सौर्न्दर्य प्रतियोगितामा सदीक्षालाई निर्ण्ाायक मण्डली संयोजक चाँदनी जोशीबाट 'नेपाली युवाका लागि कुन तीन क्षेत्रमा लगानी गर्नुहुन्छ - जसका कारण उनीहरू उत्तरदायी हुन सक्छन्' भन्ने प्रश्न गरियो ।
'उचित अवसर पाएमा नेपालको उधोग-धन्दा, विज्ञान तथा प्रविधि क्षेत्रमा लगानी गर्नुका साथै युवापुस्तालाई एकजुट बनाएर काम गर्नेछु,' यो जवाफस“गै सदीक्षा शर्ीष्ा उपाधिकी भागिदार बनेकी हुन् । उनलाई २००९ की मिस नेपाल जेनिशा मोक्तानले 'ताज' पहिर्याएकी थिइन् ।
उपाधि हात पारेलगत्तै विश्व बन्यजन्तु कोषको सद्भावना दुत भएकी छन्, सदीक्षा । उनले कोषमा एक वर्षकाम गर्न पाउने छिन् । साथमा, उनले कोरोनी कार र ५० हजार नगद पुरस्कारसमेत पाएकी छन् ।
त्यस्तै, फस्ट रनरअप साहारा बज्राचार्य र सेकेन्ड रनरअप संयुक्ता तिमिल्सेना भएका छन् । बज्राचार्यले ३५ हजार नगदसहित महिन्द्र रेडियो स्कुटर र तिमिल्सेनाले २५ हजार नगद पुरस्कार पाएका छन् । सेकेन्ड रनरअप तिमिल्सेना 'मिस पब्लिक च्वाइस' घोषित भएकी छन् ।
प्रतियोगितामा मिस व्युटिफुल हेयर सुजता स्वा“र, व्युटिफुल स्माइल अनिता आचार्य, व्यटिफुल कम्पेलेक्सन प्रियारानी लामा, गडपति मिस प|mेन्डसीप चाँदनी देउजा, रियल मिस टयालेन्ट कुस्माञ्जली केसी भएका छन् । उनीहरूले प्रत्येक उपाधिबापत जनही दस हजारका दरले नगद पुरस्कार प्राप्त गरेका छन् ।
निणार्यकमण्डलले सहभगीलाई तीन मिनेट दिएर लिखित परीक्षा लिनुका साथै अर्न्तरवार्ता, परिचयात्मक शैली र क्याटवाकका आधारमा 'डाबर मिस नेपाल-२०१०' छनोट गरेका थिए । निर्ण्र्ाा समूहमा चाँदनी जोशीसहित सुभाष निरौला, अपर्ूण्ाा श्रीवास्तव, भाष्करराज कणिर्कार, लिली थापा, प्रकाश सायमी, चारु चढडा, हेमन्त गोल्छा र भवानी राणा थिए ।
समारोहमा भारतीय राजदुत रोकश सुद र पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिव किशोर थापालागयत सहभागी थिए ।
Comments0
Leave Comments