२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

अधिवेशन पर्ूवसन्ध्यामा अनेरास्ववियूमा दर्ुइधार

राजधानी समाचारदाता
काठमाडौं, १६ भदौं
राष्ट्रिय अधिवेसन नजिकिदै जाँदा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा दर्ुइ धार देखा परेका छन् । संस्थापन र केपी पक्षधर गरी दर्ुइ धारमा वाँडिएका विद्यार्थी नेताहरू यतिखेर चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।
आफुलाई केपी पक्षधर र संस्थापन पक्षधर भन्दै उम्मेदवारहरूले लविङ सुरु गरीसकेका छन् । आगामी असोज १५-१८ गते जनकपुरमा हुन गइरहेको राष्ट्रिय अधिवेसनमा विद्यार्थी नेताहरू यसरी छुट्टीएर प्रचार प्रसारमा लागेका हुन ।
अध्यक्षका एक आंकाक्षी सोभियत ढकालले आफुलाई  संस्थापन पक्ष भनी राजधानीसित चिनाए । 'म संस्थापन पक्षको हुँ । उहाँ -हालका महासचिव माधव ढुंगेल) उत्ता पट्टी -केपी पक्ष) को हुनुहुन्छ ।' उपाध्यक्ष ढकालले राजधानीलाई भने । अखिलको चुनाव प्रतिस्पर्धामा माधव नेपालको र्समर्थन अहिलेसम्म कसैले पनि लिन नसकेको वताउँदै ढकालले 'मेरो र्समर्थनमा ५५ जिल्ला र १४ अञ्चल अध्यक्ष छन, यसकारण म जित्छु ।' भन्दै आफ्नो विजयको सुनिश्चितता दावी गरे । यता अर्का अध्यक्षका आकांक्षी माधव ढुंगेलले भने माधव-केपी समुहको र्समर्थन रहने दावी गर्दै आएका छन् ।
'यथास्थीतिवादी र उग्रवामपन्थी विचारलाई परास्त गर्न मेरो उम्मेदवारी हो ।' केही समय अघि ढुंगेलले राजधानीलाई वताएका थिए । विद्यार्थीहरू माझको उनको लोकप्रियतालाई अध्यक्ष जित्ने आधारको रूपमा ढंुगेलले प्रस्तुत गर्दै आएका छन् ।
हाल दुवै उम्मेदवार राष्ट्रिय अधिवेसनका प्रतिनिधिहरूसँग मत मागिरहेका छन् । जिल्ला जिल्लामा भएको अधिवेसनमा पनि केपी पक्षधर र झलनाथ खनाल पक्षधर भनि विद्यार्थीहरूविच नै मत विभाजन भएको थियो भने केही केन्द्रिय नेताहरूले आफना पक्षका उम्मेदवारलाई जिताउन प्रत्यक्ष सहभागिता पनि जनाएका थिए ।
अध्यक्षको आकांक्षीमा ढकाल र ढुंगेलमात्र देखा परेपनि महासचिवमा भने आधा दर्जन भन्दा वढीले उम्मेदवारी दिने देखिएको छ । सचिावलय सदस्य नवराज पौडेल, कोषाध्यक्ष नरवहादुर थामी, इश्वरविक्रम मल्ल, संगठन विभाग प्रमुख लक्ष्मण लम्साल, सचिव सुधिर साहलगायतले महासचिवमा इच्छा प्रकट गरेका छन् ।
यता सचिवमा प्रचार विभाग प्रमुख रचना खड्का, प्रकाशन विभाग प्रमुख नविना लामा, प्रशिक्षण विभाग प्रमुख शिवजी गुरुङ, युथ फोर्स विभाग वचन सिंह लगायत इच्छुक छन् भने कोषाध्यक्षको लागि दिपक गौतम छन् ।
१ हजार एक सय ९१ प्रतिनिधी चयनका लागि आगामी २० गते क्याम्पस इकाईमा, २३ गते जिल्लामा र २६ गते अञ्चलमा निर्वाचन हुदैछ । यसरी चयन भएका प्रतिनिधिले १ अध्यक्ष, १ उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष तथा  एक मधेसी सहित दर्ुइ सचिवको चयन गर्नेछ । १ सय २१ सदस्सीय केन्द्रिय कमिटिको लागि सय भन्दा वढीले उम्मेदवारी दिने भन्दै प्रचार प्रसार सुरु गरीसकेका छन । हाल २१ सदस्सीय केन्द्रिय सचिवालयको आकार वढाउने तयारीमा रहेको अनेरास्वीयुले वाग्मति अञ्चल सहित पाँचै विकास क्षेत्रका लागि विभागिय प्रमुख पनि चयन गर्नुपर्ने विधानमा उल्लेख छ भने निर्वाचित केन्द्रिय कमिटिले १५ सदस्य पछि मनोनयन गर्नेछ ।
यता अधिवेसनको लागि भनेर अनेरास्ववियुले जनकपुरमा सर्म्पर्क कार्यालय स्थापना गरिसकेको छ । जनकपुर अञ्चल कमिटिलाई अखिलको अधिवेसन सफल पार्न एमाले केन्द्रिय कार्यालयले निर्देशन दिएपछि जनकपुर अञ्चलका पार्टर्ीीेता तथा कार्यकर्ताहरूको भेलाले पोलिटब्युरो सदस्य रामचन्द्र झाको संयोजकत्वमा ५ सय १ सदस्सीय मुल सहयोग समिति निमार्ण्र्ाारिसकेको छ ।
अधिवेसनको उदघाटन महेन्द्रनारायण निधि स्मृति केन्द्रमा हुने भएपनि वन्द सत्र भने जनकपुर चुरोट कारखानाको सभाहलमा गर्ने निर्ण्र्ााअखिलको छ ।



Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी