२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

विद्यार्थीहरूको आकर्षा प्राविधिक शिक्षातर्फ

राजधानी संवाददाता
दाङ, १६ भदौ  
प्राविधिक शिक्षा अध्ययनपछि  सहजै रोजगारी पाउने भएपछि दाङमा प्राविधिक विषयमा अध्ययन गर्नेहरूको संख्यामा वृद्धि भएको छ । जिल्ल्ामा विभिन्न विषयमा प्राविधिक प्ाढाइ हुने गर्छ ।
यही क्रममा प्राविधिक ज्ञान र सीप सिकेर केही गर्छर्ुुन्ने संकल्पका साथ सौडियार-८ बेलरीकी सिर्जना सुवेदी हाल प्राविधिक शिक्षा अध्ययन गर्नमा तल्लीन छन् । उनले प्राविधिक शिक्षापछि रोजगार सुनिश्चित भएकाले आफू यस क्षेत्रमा लागेको बताइन् । 'मलाई प्राविधिक शिक्षामा ज्यादैै रुचि लाग्छ, प्राविधिक शिक्षा पढ्दा भविष्यप्रति आशासमेत पलाएको छ,' उनले भनिन् ।
उनी भविष्यमा सफल ओभरसियर बन्ने सपना बुनेकी छन् । राप्ती इन्जिनियरिङ कलेजको डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तहको दोस्रो वर्षचौथो सेमेस्टरमा अध्ययनरत सुवेदीले अन्नपर्ूण्ा बोर्डिङबाट एसएलसी उत्तर्ीण्ा गरेकी हुन् । 'मलाई एसएलसी पास हुनुअघि नै प्राविधिक शिक्षा अध्ययन गर्ने रहर जागेको थियो, पास भएपछि प्राविधिक शिक्षाका लागि यहाँ आएकीे हुँ' उनले भनिन् ।
ढिकपुर-१ सेवारका संगमसिंह राप्ती इञ्जिनियरिङ कलेजको चौथो सेमेष्टरको विद्यार्थी हुुन । उनको इञ्जिनियर बन्ने सांेच छ । 'मलाई इञ्जिनियर बन्न एकदमै रहर छ, मेहनत गरेरपछि अवश्य लक्ष्यमा पुग्नेछु' उनले भनिन् । कठोर मेहनत गरेपछि लक्ष्यमा पुग्न सकिने उनको दृढ आत्मविश्वास छ । 'पढाइ पनि व्यवहारिक लागिरहेको छ, प्राविधिक शिक्षा पढ्न साँच्चिकै रमाइलो हुँदोरहेछ' उनले भनिन् । प्राविधिक शिक्षा व्यवहारिक भएकाले पनि कहिँलेकाँही त राति अवेरसम्म अध्ययनमा तल्लीन हुने गरेको उनको अनुभव छ ।
रोल्पा नुवाकोटकी उषाकिरण डाँगी प्राविधिक शिक्षा अध्ययन गर्न पाएकोमा गर्व गर्दछिन् । 'मलाई यो क्षेत्रमा आउने पहिल्यैदेखि सोख थियो, तर अध्ययन गर्न पाइन्न कि भन्ने उतिक्कै चिन्ता' उनले भनिन् । प्राविधिक शिक्षा व्यवहारिक भएको बताउने डाँगी भविष्यमा ओभरसियर बन्ने सोंचमा छिन् ।
उनी राप्ती इञ्जिनियरिङ कलेजको  डिप्लोमा इन कम्प्यूटर इञ्जिनियरिङ तहको दोस्रोवर्षचौथो सेमिष्टरको विद्यार्थी हुन । त्यसैगरी रोल्पा गजुलका दोर्ण्र्ााज थापाको पनि इञ्जिनियर बनेर देशको सेवा गर्ने सोख छ । 'म धेरै पढेर इञ्जिनियर बन्छु, देशका लागि केही योगदान दिन्छु' उनले भने । 'उनी जनज्योति उच्च मावि रोल्पाबाट एसएलसी पास भएका हुन् । कडा मेहनत गरेे इञ्जिनियर बन्न सकिन्छ, त्यसमा दर्ुइमत छैन्' उनले भने ।
तुलसीपुर नगरपालिका-५ बसपार्ककी शारदा वली बिसिए कक्षामा अध्ययनरत छिन् । उनले राप्ती विद्यामन्दिरबाट प्रविणतातहमा व्यवस्थापन संकाय र फातिमा इङ्िलिश बोर्डिङ स्कुलबाट एलएलसी पास गरेकि हुन् । 'मलाई प्राविधिक शिक्षा पढ्न पाउँदा निकै खुसी लागेको छ, बैंङ्ककि क्षेत्रमा जागिर खाने मेरो सोंच छ' उनले भनिन ।
अन्य क्षेत्रकोभन्दा यसक्षेत्रको पढाइमा बढी 'प्राक्टिकल' हुनेहुँदा पढ्दा रमाइलो लाग्ने उनले अनुभव सुनाइन । त्यस्तै तुलसीपुर नगरपालिका-२ रक्षाचौरका प्रकाश भण्डारी पनि बिसिए दोस्रो सेमेष्टरको विद्यार्थी हुन । उनको कम्युटरक्षेत्रमा विभिन्न कार्यक्रमबारे दखल राख्ने रुची छ । 'कम्प्यूटरका सबै भाग जान्न चाहन्छु र यसैमा मेरो भविष्य बनाउन चाहन्छु' उनले भने ।
राप्ती इञ्जिनियरङ िकलेज मात्र होइन गोरखा एजुकेशन ग्रुपद्वारा सञ्चालित भिक्टोरिया कलेज, पद्योदय पब्लिक नमुना उच्च माविलगायतका प्राविधिक कलेजहरूमा विद्यार्थीहरू अध्ययन गर्नेक्रम त्रि्र छ । राप्ती इञ्जिनियरिङ कलेज प्राविधिक तथा व्यावसायिक तालिम परिषद् -सिटीभिटी) सानोठिमी भक्तपुरबाट सम्बन्धन प्राप्त गरी शैक्षिक सत्र २०६५/०६६ देखि अध्यापन सुरु गरेको हो । कलेजले तीनवर्ष कम्युटर ओभरसियर -डिप्लोमा इन कम्युटर इञ्जिनियर) अध्यापन हुन्छ । कलेजको प्रविणता प्रमाणपत्रमा ४८ जना विद्याथी भर्ना भएको प्रिन्सिपल भीमसेन गिरी बताउछन् ।
त्यस्तैै गतसालबाट बिसिए कक्षा सञ्चालन गरेको कलेजले जानकारी दिएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी शैक्षिक सत्र २०६६/६७ बाट विज्ञान तथा प्रविधि संकायतर्फचारवर्ष बिसिए कार्यक्रम सञ्चालन गरेको प्रिन्सिपल गिरी बताउछन् । यस तहमा अध्ययनका लागि दशजोड दर्ुइकक्षा तथा प्रविणता प्रमाणपत्र तह उत्तर्ीण्ा गरेको हुनर्ुपर्छ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी