© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १६
एजेन्सी
थहाटा -पाकिस्तान), १६ भदौ
पाकिस्तानका बाढीपीडित सयौं भोका नागरिकले बुधबार खानेकुरा माग्दै राजमार्ग अवरुद्ध पारेका छन ।
उनीहरुले सरकारसँग खाने र बस्ने व्यवस्थाको माग गर्दै बाढी प्रभावित दक्षिणी प्रान्तको राजमार्गमा अवरोध पुर्याए ।
सरकारद्वारा निर्मित अस्थायी शिविरमा बसेका बाढीबाट र्सवाधिक प्रभावित सिन्ध प्रान्तका पाँचसय नागरिकले खाना र बास्ास्थानको प्रबन्धका लागि सरकारसँग माग गर्दै कराँची र थहटा शहर जोड्ने राजमार्ग अवरुद्ध गरेका हुन् ।
विगत दुइदिनदेखि हामीलाई खाना र पानी केही पनि दिइएको छैन, शिविरमा बस्दै आएका ६० वषर्ीय मोहम्मद क्वासिमले भने । गत महिनादेखि पाकिस्तानमा जारी बाढीबाट करिब दर्ुइ करोड नागरिक नराम्ररी प्रभावित बनेका छन् ।
ती बाढी पीडितका साथै भत्किएका संरचनाको पुनःस्थापनाका लागि पाकिस्तानलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघले अपील गरेपछि विदेशी दातृ संस्थाले सहयोग पुर्याइरहेका छन् । तर पनि बाढी पीडितको संख्या निकै ठूलो भएकोले उनीहरुलाई सामान्य खाना तथा बासको समेत व्यवस्था हुन नसकिरहेको बताइन्छ ।
यसैबीच, चिनिया उद्धार टोलीले सोमबार रातिसम्ममा पाकिस्तानको बाढीग्रस्त दक्षिणी जिल्लामा १ हजार चार सय ५१ बरामीलाई उपचार गरेको टोलीनेताले बताएका छन् ।
बिरामीहरूमा प्रायजसो महिला तथा बालबालिका रहेको तथा उनीहरूमा खासगरी छालाका रोग तथा पखाला आदि पाइएको टोली नेता झाङ लियानले बताए । सो टोलीमा ३६ जना चिकित्साकर्मी, १९ जना उद्धारकर्मी र प्राविधिक छन् । बिरामी पाकिस्तानी महिलाको उपचारमा १४ जना महिला चिकित्सक पनि संलग्न छन् ।
सो टोलीले हाल दिनमा ६ सयजना बिरामी हेरिरहेका छन्, जुन सोचेभन्दा दोब्बरभन्दा पनि बढी रहेको झाङले बताए ।
कराँचीबाट सय किलोमिटर उत्तरपर्ूवमा रहेको ठाट्टामा आइपुग्ने चिनियाँ टोली पहिलो अन्तर्रर्ााट्रय उद्धार टोली हो । चीनले पाकिस्तानलाई १ करोड ७७ लाख अमेरिकी डलर बराबरको मानवीय सहयोग उपलब्ध गराएको छ ।
Comments0
Leave Comments