© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १६
राजधानी समाचारदाता
काठमाडौ, १६ भदौर्
अर्थ सचिव रामेश्वर प्रसाद खनालले पर्ूण्ा आकारको बजेट ल्याउन संविधानले नरोक्ने वताएका छन् ।
सरकारको नीति तथा कार्यक्रम पछि पर्ूण्ा बजेट ल्याउने प्रचलन रहे पनि यो संबैधानिक बाध्यता नभएकोले बजेटपछि पनि नीति तथा कार्यक्रम ल्याउन सक्नेगरी त्यसअघिनै पर्ूण्ा बजेट ल्याउन सकिने उनले वताएका हुन् ।
समयमा पर्ूण्ा बजेट नआउँदा मुलुकको अर्थतन्त्रमा परेको प्रभावका विषयमा छलफलगर्न रिपोर्र्टर्स क्लब नेपालले वुधवार राजधानीमा आयोजना गरेको कार्यक्रममा सचिव खनालले मुलुकको अर्थतन्त्रमा शिथिलता आउन थालेको स्विकारे । अन्तरिम बजेटले असोज सम्मको खर्च धान्न सकिने भएपनि कार्तिक महिनाबाट भने समस्या आउने उनले वताए ।
'पर्ूण्ा आकारको बजेट अहिले ल्याउन संविधानले रोक्दैन,' उनले भने 'जुन सुकै विकल्प अपनाएर भएपनि छिटो बजेट ल्याउनु पर्छ ।' बजेट नल्याउँदा देशको आर्थिक स्थिति सिथिल हुने वताउँदै उनले राजनीतिक सहमति भए १० दिनभित्रमा पर्ूण्ा आकारको बजेट ल्याउन अर्थ मन्त्रालय तयार रहेको वताए ।
पर्ूण्ा बजेट आउनमा देखिएको अनिश्चितताले विकास निर्माणको कामलाई अगाडि बढाउन अप्ठ्यारो परेको गुनासो गर्दै उनले यसका कारण हाल सञ्चालित विकास आयोजनाहरू प्रभावित वनेको वताए ।
उनले बजारमा आएको हल्ला जस्तो दशैंमा तलव भत्ता नै नपाउने अवस्था भने नरहेको प्रष्ट पारे । बजेट नआउदा राजस्व संकलनका साथै समग्र आर्थिैक गतिविधीमा प्रभाव परेको उनको भनाई छ ।
कार्यक्रममा अर्थविद् डा. विश्वम्भर प्याकुरेलले बजेट ढिला हुँदा मुलुकको अर्थतन्त्र संकुचित हुँदै गएको वताए । उनले बजेट ल्याउन नसक्दा विकास निर्माणका कामलाई अगाडि बढाउन नसकेको र विकास निर्माणमा विदेशी लगानीसमेत भित्राउन नसकेको बताए ।
अन्तरपार्टर्ीीमन्वयको आधारमा आर्थिक नियम बनाएर कार्यान्वयन गरे मुलुकमा आर्थिक स्थायीत्व कायम हुनसक्ने भन्दै उनले यस्तो अवस्थाबाट मुलुकलाई निकास दिन दह्रो कानूनी आधार निर्माण गर्नु पर्ने सुझाव दिए । प्याकुरेलले राजनीतिक पर्ुनसंरचना सँगै आर्थिक पर्ुनसंरचना नगरिए मुलुकमा स्थायित्व हुन नसक्ने दावी पनि गरे ।
अर्का अर्थविद् एवम् सभासद डा. तिलक रावलले राजनीतिक दलका नेताहरूको अदर्ुर्रदशिता र बर्ेइमानीका कारण मुलुकको आर्थिक दर्ुदशा भएको विचार व्यक्त गरे ।
उनले अहिले मुलुकको ब्यापार घाटार् इतिहासमै पहिलो पटक उच्च रहेको उल्लेख गर्दै अहिले राजस्वले मात्रै साथ दिएको दावी गरे ।
पर्ूण्ा बजेट ल्याउन ढिला गरिए मुलुक अझै अप्ठ्यारो अवस्थामा पुग्ने दावी गर्दै रावलले नीति तथा कार्यक्रम पन्छ्याएर भए पनि तत्काल बजेट ल्याउनु पर्ने सुझाव दिए ।
राजनीतिक अस्थिरताले गर्दा अहिलेको असहज अवस्था आएको वताउँदै उनले जसको नेतृत्वमा भएपनि तत्काल मुलुककोलागी प्रधानमन्त्री दिनु पर्ने आवस्यकता औंल्याए ।
अर्थविद् डा. भोला चालिसेले बजेट ढिला भएकै कारण अस्पतालले अक्सिजन किन्न नसकेर विरामीले अनाहकमै ज्यान गुमाउनु पर्ने अवस्था आउन सक्ने बताउँदै तत्काल बजेट ल्याउनु पर्ने सुझाव दिए ।
उद्योगी कृष्ण आचार्यले बजेट र सरकारको नीति तथा कार्यक्रम समयमा नआउँदा निजी क्षेत्रको लगानी प्रभावित भएको भन्दै अहिले निजी क्षेत्र लगानी रोकेर अन्यत्र पलायन गर्ने कि भन्ने अवस्थामा रहेको बताए ।
उनले जसरी भए पनि तत्काल बजेट ल्याउनु पर्ने सुझावदिदै राजनीतिक असहमतिलाई थाति राखेर भए पनि आर्थिक एजेण्डामा सहमति गरेर निकास दिनु पर्ने बताए ।
Comments0
Leave Comments