© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १६
लुतो लागेको मान्छेले लुतो चिलाएपछि यसरी कन्याउँछ, यसरी कन्याउँछ कि, उसले आफू र आफ्नो लुतो तथा लुतो कन्याउनेबाहेक अरू केही पनि सोच्नै सक्दैन । ऊ कन्याउन यति मस्त हुन्छ कि, आफू कुन ठाउँमा छु भन्ने समेत विचार गर्नै सक्दैन । भान्छामा छ कि चर्पीमा - सभामा हो कि, मञ्चमा छ ऊ - बसमा या सडकमा हिँड्दै - या मोमो कि भात खाँदै या खल्तीबाट झिकेर च्युरा, दालमोठ या भटमास खाँदै या खैनी चुना मोल्दै - सराद्धे गर्दै कि द्यौताको पूजा र हवन गर्दै - कि भोज खाँदै या रक्सीको प्याला समात्दै, कक्टेल पार्टर्ीी - विवाहमण्डपमा कि घाटमा - प्रेमिकासित अंगालोमा या बिछयौनामा - अर्थात्, जुनसुकै ठाउँमा भए पनि उसले मतलब राख्दैन र ऊ धमाधम् धमाधम् लुतो कन्याउन थाल्छ, कन्याउन थाल्छ र कन्याउन थाल्छ ।
ठीक यसरी नै आज सदन या सडक या सरकार या थरिथरिका समितिहरू या दलका बैठक, भातृ या मातृ या दातृ संगठनका कार्यक्रम या माइती नेपालका बेचिएका महिला पुनःस्थापन विषयक कार्यक्रम - गीतको विमोचन या पुस्तकको लोकार्पण या धार्मिक - जहाँसुकै जहाँ पनि जुनै नेतालाई पनि हामीहरू उही सत्ताको लुतो कन्याइरहेका मात्र देख्छौं । यसरी जतासुकै जहिले पनि कन्याएको देखेर हामी जनतालाई घिन लाग्न थालिसकेको हुन्छ तर यी 'सत्तालुते'हरूले भने लुतो कन्याएर अश्लिलताको हद नाघिसकेको र दर्शकहरूले छिःछिः र दूर दूर गरिहेका छन् भन्नेबारे यति थोरै महसुस गरिरहेको पनि हामी संकेत पाउँदैनौ ।
केही महिनाअघि एउटा कार्यक्रममा सम्पर्ूण्ा दलका ठूलामध्येका सम्पर्ूण्ा ठूला नेताहरू मञ्चमा ढस्सेर बसिरहेका बेला औंला ठडयाउँदै खुला रूपमा विजय गच्छदारजीले यस्तो भनेका थिए, 'यो गच्छदारलाई सत्तालोलुप भनेर आरोप लाउने सबै नेताहरू मभन्दा १० दोब्बर बढी सत्तामुख छन् भनेर म एक-एक प्रमाण पेस गर्न सक्छु, नामै किटीकिटी । हुन त जोगी बन्नका लागि राजनीतिमा कोही पनि राजनीति गर्दैन, सत्ताकै निम्ति नै हो राजनीति गर्ने पनि ।' त्यसबेला प्रचण्डदेखि उपेन्द्र, शेरदेखि झलनाथ, र्सर्ूय, पशुपतिदेखि कमललगायत बहुसंख्यक दलका नेताहरूको उपस्थिति थियो ।
गच्छदारजीले, पूरा नेपालको राजनीति नै जनताका लागि होइन, खाली सत्तामा बस्न, राज गर्न, मोज गर्न, भोज खान, घूस हर्सर्ुन तथा धन र शक्ति बटुल्नका लागिमात्र हो र यसमा इमानदार तथा देश र जनताको सेवा गर्ने व्यक्तिहरू प्रवेशै गर्दैनन् भन्ने आफ्नो अनुभवको तथ्यपर्ूण्ा तर्क दिँदै, नेपाली वर्तमान राजनीति भनेको लुतो नै हो र लुतो लाग्नेले निर्लज्ज भएरै कन्याउँछ भन्ने तीतो तर सत्य उजागर गरेर बहादुरी भने देखाएकै हुन् । तर, दर्ुभाग्य के भने अन्य बहुसंख्यक तथा लुतोबाट सबैभन्दा संक्रमित नेताहरू नै जनता सामुन्ने नै जोड्जोड्ले लुतो कन्याउँदै भन्छन्, 'मलाई लुतो लागेकै छैन, म जे गर्छर्ुुनताकै लागि गर्छर्ुु' यसो भन्नु भनेको मस्तिष्कमा पनि लुतोको संक्रमण भइसकेको लक्षण हो ।
यो कुरा प्रमाणित गर्न संविधानका प्रथम क्षणदेखि आजका क्षणसम्मका हर गतिविधिलाई र्ससर्ती हेरे पनि पर्याप्त सबुद हासिल गर्न सकिन्छ । वास्तवमा यही संविधानसभा नै आजको लुतोको दिव्यस्वरूप हो । जितेको मतले मात्र सदन प्रवेश हुन्छ, यही हो लोकतन्त्रको सार र रूप पनि । जोसुकै होस्, जनताकै न्यायालयबाट पास-फेल हुनर्ैपर्छ, अर्को बाटो छिर्ने भए पञ्चायत या राणशासन नै पुनःस्थापन गरे भइहाल्थ्यो । भारतमाताको नाम पाइसकेकी र जनताका मनमा देवीस्थान ग्रहण गरिसकेकी इन्दिरा गान्धीजस्ती र्सवशक्तिमान लौहमानुष समेतलाई जनताले पनि सदनबाट टाढा पठाए, इलाहावादको न्यायालयले समेत इन्दिरा गान्धीलाई गलत प्रमाणित गरेको घटनालाई हरेक कुरामा भारतको फूल प्रसाद नखाइ साइतै नलाग्ने नेताहरूले किन भारतको यो लोकतन्त्रको मन्त्र र तन्त्रको दर्शन गर्दैनन् भन्ने उदेक लाग्छ ।
हजारौं कमी-कमजोरी र समस्याका बाबजुद आज भारत संसारले नजर फेर्न नसक्ने स्थितिमा पुगेको मुख्य कारण नै त्यहाँ मनपरि संविधान संसोधन हुँदैन, त्यहाँ दलका मनोनितहरू सदन पुग्दैनन्, त्यहाँ हराउने र जिताउने काम जनताकै होे दल र नेताहरूको होइन, त्यहाँ जनता नै अन्तिम परमेश्वर हो । जनताले नै अब यसलाई हराएर होस्मा ल्याउनु पर्छ अर्थात् यसको लुतो निको पार्नकै लागि पनि यसलाई हराएर जनताको गोठमा ल्याउनर्ुपर्छ भन्ने ठानेर हराउँछन् र हारेकालाई पाँच वर्षसदन र सरकारको ढोका नजिक पनि जान पाइन्न भन्छन् । आफूलाई जनताको सेवक भनेर नथाक्ने उनीहरूले साँच्चिकै जनताको सेवक नै बनेर पाँच वर्षजनताकै दैलो र आँगनको 'के-के' सोहर्नु पर्छ, जनताकै हलो जोत्नर्ुपर्छ, जनताकै घाउहरू पुछ्नर्ुपर्छ, जनताकै खेतमा पानी हाल्ने नहर र पानी खाने इनार कुवा खन्नर्ुपर्छ । यसरी जनताको अग्निपरीक्षाबाट फेरि सुन बनेर सत्तामा गएकाहरूबाट अब जनतालाई फेरि धोका दिने कल्पना पनि गर्न सक्दैनन् र सत्ताको लुतो कन्याउने भए खुला रूपमा होइन, लुकेरमात्रै कन्याउनु पर्ने बाध्यतामा परेपछि विस्तारै लुतो निको हुन्छ । लुतो भनेकै यही हो, जति कन्यायो, उति आलो बन्दै जाने । कन्याउन छोडयो सुरुमा निकै गाह्रो थाम्न पनि, अनि पछि विस्तारै बानी बस्ने ।
लौ, उदाहरणका लागि अहिले सबैभन्दा बढी सत्तालुतो कन्याएर रोगी अवस्थामा समस्यालाई पुर्याउने नेताहरूमध्ये जनताले गोठमा फिर्ता बोलाएका या जनताका दैलो टेक्नै डराएकाले नेताले निगाह गरी टिकाटालो गरेका नेताहरू, कि त सत्तामा कि त सत्ता चलाउने ड्राइभरी सिटमा, कि त गाडीमा हाल्ने पेट्रोल पम्पको साँचो कन्दनीमा बाँध्नेहरू नै छन् । मदन भण्डारीको शुद्ध रगतले सिञ्चिएको भनिएको एमालेमा त सयको सय सत्ताधारी जाँचमा फेल या जाँचका बेला भागेकाहरूमात्रै, सत्ताको लुतो कन्याउँदै, उही नौ महिने शासनको मलम दल्दै । अर्थात्, जनताले आऊ हामै्र गोठमा र हाम्रो सेवा गरी लुतो निको पार केही वर्षभनेका सबै सत्ता या नियन्त्रक शक्तिमा । जाऊ तिमी गएर सदनमा धान फल्ने संविधान बनाऊ, देश चलाऊ, शान्ति स्थापना गर, जनताको आर्थिक विकासको खाका, मार्ग र गन्तव्य बनाऊ भनी पठाएका सबै कहाँ छन् - कसैलाई थाहा छैन । हराएका अर्थात् जनताले चुप लाग भनेकैहरू नै बढी बोलिरहेका छन्, बोल भनेकाहरू चुप छन्, गुरुमापाले खाइदेला कि भन्ने डरले ।
कमसेकम यस कथित संक्रमणकालका लागि मात्रै जनता भन्ने एउटा द्यौता पनि यो देशमा छ भन्ने बुझेमात्रै पनि लुतो लाग्दैन थियो । सम्भवतः एमालेको हालको तटस्थता यही लुतोको संक्रमणताले गर्दा नै हो । हुन त एमालेमा यो लुतो प्रचण्डजीले नै लगाइदिएका हुन्, त्यसैले यो एमालेको लुतोले हाल सबैभन्दा बढी प्रचण्डजीलाई नै सताइरहेको छ । दर्ुइ स्थानबाट हारेका माधवजीले विश्वमै नेपालको इतिहास बनाउने उद्देश्य राखी पार्टर्ीीाउकेबाट समेत राजीनामा दिएको घटना विरलै हो । तर, प्रचण्डले उनको उच्च नैतिकता पर््रदर्शनको तपकालमा पनि अप्सरा नचाएरै भए पनि तप भंग गरेकै कारण यो आफ्नै भष्मासुरले प्रचण्डलाई दावानलमा जलाएर भुतुक्कै । हुन त अर्का हारेर जनताका गोठमा जान कुम्लो कसेका वामदेवजीलाई पनि उहाँबाटै सत्तामा सवारी चलाइएको हो । र, यसरी प्रचण्डजीबाट सारिएको लुतोले डढेलोले भै+m पूरै एमाले संक्रमित हुन पुगेका कारण जन्मेको हो, यो नितान्त नौलो एमालेको तटस्थताको लुतो ।
आज जोर-जोरले झलनाथजीको उही एमालेेको राष्ट्रिय सहमतिको अडान टिभी, एफएम र छापामा देख्दा, सुन्दा र पढ्दा तथा सुशीलदाका उही एउटै कुरा अर्थात् माओवादी सत्तालिप्सा ग्रसित, माओवादी बाधक, माधव साधक, सुरुक्क रामचन्द्रजीलाई निर्विरोध जिताउन एमाले र माओवादीले निकास खोल्नर्ुपर्छ भन्ने समेत सुन्दा लुतो कन्याएजस्तो लाग्दैन होला र जनतालाई - प्रचण्डजीलाई सरेको संसदीय लुतोको स्तर बुझ्न त टिभीमा ऊ बेलाका झल्झल्ती मुहार आज खल्खल्ती अनुहारमा परिवर्तन हुँदै गएको हेरे पुग्दैन र - त्यसैले उनले हालै भने पनि, 'युद्ध लड्न सजिलो तर यो सत्ताको घिउ खान गाह्रो रैछ ।'
हुन त राजनीति गर्ने सत्ताकै लागि हो, लौ कन्याउन त गामठामको विचार नगरी कन्याए रेे π आखिर सत्ताको लुतोले खपिनसक्नु चिलाएपछि नै त कन्याएका हुन् । सबैले नै कन्याइरहेको यस बेला लाज मान्ने कसले र कसका सामु - न त यिनलाई रोक्न बीपी, गणेशमान र मदनहरू नै जीवित छन् वा अर्का यस्ता महामानवहरू यो देशले नै फेरि निकट भविष्यमै पाउने सम्भावना नै छ । तर्सथ, यो लुतो व्यवस्था चली नै रहने छ, नेताहरूले कन्याइ नै रहने छन् । खाली जनताको आग्रह के भने, कन्याउनु पर्दा अलिकति पछाडि छेल्लिएर कन्याउनु, जनताले देखे नदेखे गर्ने छन् । अनि कन्याउँदा सकभर त्यो त्रि्रा आसपास या अन्य यस्तै असहजस्थलहरूमा भने जनताले देख्ने गरी नकन्याएमा.... जनताको मनमा नेताहरूले सारेका लुतोमा मलम लाग्ने थियो कि -
makyarumta@yahoo.com
राजेन्द्र थापा
Comments0
Leave Comments