© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १६
राजधानी संवाददाता
पोखरा, १६ भदौ
उपराष्ट्रपति परमानन्द झाले २० भदौमा पनि प्रधानमन्त्री चयन गर्न नसकेमा राजनैतिक दलहरुले गम्भीर भएर बिचार गर्ने विश्वास व्यक्त गरेका छन् । पटक पटक असफल भैरहने प्रकृयालाई निरन्तरता दिन राजनैतिक दलहरुलाई गाह्रो पर्ने उपराष्ट्रपतिले बताए ।
उपराष्ट्रपति झा श्रीकृष्ण जन्माष्टमीको अबसरमा पोखरामा आयोजित विभिन्न धार्मिक कार्यक्रममा सहभागी बन्न बुधबार पोखरा आएका थिए । सोही क्रममा पोखरा विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् । "७ गते पछि देखिने गरी दलहरुबीच कुराकानी नभएपनि भित्र भित्रै कुराकानी भैरहेकेा होला, आशा गरौं २० भदौसम्म मुलुकले प्रधानमन्त्री पाउछ ।" उपराष्ट्रपति झाले भने-"२० पछि पनि उही प्रकृयालाई निरन्तरता दिन दलहरुलाई पनि गाह्रो पर्ला ।"
उपराष्ट्रपति झाले देशमा राष्ट्रपति शासन लाग्ने सम्भावना हुँदै नभएको बताए । उनले राजा सस्था ब्युतने कुरा जस्तै राष्ट्रपति शासन लाग्ने कुरामा आफुलाई विश्वास नभएको उल्लेख गरेका थिए । "हिजो आज सुनिन्छ नी, राजा आउ देश बचाउ भन्ने नाराहरु ।" झाले भने-"राजसस्था बिउतिने र राष्ट्रपति शासन लाग्ने भन्ने हल्ला मलाई एउटै जस्तो लाग्छ ।
पछिल्लो समयमा राष्ट्रपतिको सकृयता बढेकेा छ नी भन्ने प्रश्नमा उपराष्ट्रपति झा अलि बढी आक्रोशित भए । झाले राष्ट्रपतिले दलहरुसंग छलफल गर्दैमा सकृय बन्यो भन्न नपाईने दावी गरे । "राष्ट्रपतिले के सकृय बन्नु भएको छ र - दलका नेताहरुलाई बोलाएर छलफल गर्दा पनि सकृय बन्यो भन्ने -" उपराष्ट्रपति झाले भने-"देशको अभिभावकले अभिभावकीय भूमिका त खेल्नै पर्यो नी ।'
पोखराको विन्दबासिनी मन्दिरमा आयोजित श्रीकृष्णजन्माष्टमी कार्यक्रम र राम मन्दिरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी बन्न पोखरा आएका उपराष्ट्रपति झा बुधबार पोखरा मै बस्ने कार्यक्रम छ ।
Comments0
Leave Comments