© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २२ | 05, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १५
लक्ष्मी सापकोटा/राजधानी
काठमाडौं, १५ भदौ
२०६२/६३ सालको १९ दिने जनआन्दोलनको बलमा मुलुकमा लोकतन्त्र स्थापना भयो । लोकतन्त्र स्थापनाको खुसियालीमा मुलुकका विभिन्न ठाउँका नाम परिवर्तन भए । राजा र तिनका परिवारसँग जोडिएका नाम परिवर्तन गर्ने लहर नै चल्यो ।
जताततै लोकतन्त्रको प्रभाव । लोकतन्त्रकै गाथा अनि महिमा । यी सबको प्रभावबाट नेपाल राष्ट्रिय कृषि अनुसन्धान परिषद् -नार्क) पनि अछुतो रहन सकेन । फलतः उसले लोकतन्त्र नामक जातको धान सिफारिस गर्यो । दर्ुभाग्य, लोकतन्त्रका नाममा मुलुकले जति विकृति बेहोर्नु पर्यो, परिरहेको छ, लोकतन्त्र नामक धानले पनि किसानलाई खुसी दिन सकेन ।
नार्कका कृषि वनस्पति महाशाखाका वरिष्ठ वैज्ञानिक हरिकृष्ण उप्रेती भन्छन्, 'जुन आशाले बीउ सिफारिस गरियो त्यो मात्रामा धान उत्पादन हुन सकेन ।'
लोकतन्त्र आएको खुसियालीमा 'लोकतन्त्र' शब्दलाई माया गर्दै धानको बीउ सिफारिस गरिए पनि त्यसको उत्पादन सन्तोषजनक देखिएन । फलतः किसानहरूमा लोकतन्त्र नामक धानप्रतिको मोह हटेको छ ।
लोकतन्त्र स्थापना भए पनि दलहरूबीचको आपसी खिचातानीका कारण मुलुकले त्यसको फल चाख्न पाएको छैन । त्यही नियति नार्कद्वारा सिफारिस धानमा समेत देखिएको छ ।
नार्कका वरिष्ठ वैज्ञानिक उप्रेती लोकतन्त्र र लोकतन्त्र नामक धानको बीउलाई एकै किसिमले परिभाषित गर्न रुचाउँछन् । 'लोकतन्त्र पनि लोकप्रिय हुन सकेन, त्यही नामको धानको बीउ पनि त्यति प्रभावकारी हुन सकेन,' उनले भने ।
सो नामको बीउ विशेष गरी तर्राई र तल्लो पहाडी क्षेत्रको हावापानीमा उपयुक्त हुने गरी सिफारिस गरिएकोे थियो । तर, लक्ष्यअनुरूप उत्पादन हुन नसकेको नार्कले जनाएको छ । आकाशे पानीको भर पर्ने स्थानमा पनि लगाउन सकिने यसलाई विशेष गरी तल्लो पहाडी क्षेत्र र तर्राईमा रोप्ने गरिन्छ ।
सिफारिस गरेको चार वर्षबितिसक्दा पनि अन्य जातसरह नै उत्पादन भइरहेकाले किसानसम्ाक्ष त्यति लोकप्रिय बन्न नसकेको उप्रेतीले बताए । 'अन्य बीउको माग बढ्दै गए पनि लोकतन्त्र नामक जातको बीउको माग भने कम आउने गरेको छ,' उनले भने ।
तल्लो पहाडी क्षेत्रमा असार र तर्राईका जिल्लामा साउनको पहिलो सातासम्म पनि लोकतन्त्र धान रोप्न सकिने नार्कले जनाएको छ । प्रतिहेक्टर जमिनमा ८० किलो नाइट्रोजन र ३० किलो फसफोरस एवं पोटास मिलाएर रोप्नुभन्दा अघि र पछि मिलाएर राख्दा उत्पादनमा वृद्धि हुने वैज्ञानिक उप्रेतीले जानकारी दिए ।
यसको प्रतिहेक्टर जमिनमा पाँचदेखि साढे पाँच टन धान उत्पादन हुने गर्छ । नार्कले हालसम्म ६० ओटा नयाँ जातका धानको बीउ सिफारिस गरिसकेको छ । तर, अन्य बीउको तुलनामा लोकतन्त्रको उत्पादनमा वृद्धि हुन नसकेको नार्कले जनाएको छ । मिथिला, रामधाम, राधा-७, मकवानपुर-१, बर्खे-३००४, रामपुर मन् सुली, खुमल-८, खुमल-११ बढी मात्रामा तर्राईका जिल्लामा रोप्ने गरिन्छ, जुन प्रतिहेक्टर जमिनमा चारदेखि आठ टनसम्म उत्पादन हुने गरेको छ ।
मध्यपहाडी क्षेत्रका लागि सावित्री, राधा-४, चैते धान, खुमल-४ रोप्ने गरिन्छ । त्यस्तै, उच्च पहाडी क्षेत्रमा माछापुच्छ्रे-३, पालुङ-२, छोमरोङ, खुमल-८, तरहरा-१, हरबीनाथ बीउ सिफारिस गरिएको छ । नार्कले १२ ओटा जातको धान पुरानो भएको भन्दै हाल प्रयोगमा ल्याएको छैन । उच्च पहाडी क्षेत्रमा चन्द्रनाथ तीन प्रतिहेक्टर जमिनमा चारदेखि पाँच टनसम्म उत्पादन हुने गरेको छ । नार्कले चाँडै नै नयाँ जातका धान सिफारिस गर्ने तयारी पनि गरिरहेको छ ।
Comments0
Leave Comments