२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

सभासद् कार्की अख्तियारको थुनामा अनुसन्धानका लागि विशेष अदालतद्वारा २० दिन प्रदान

डिल्ली आचार्य/राजधानी
काठमाडौं, १५ भदौ
घुस प्रकरणमा पक्राउ परेका एमाले सभासद् डीबी -डोलबहादुर) कार्की र उनका गुरु स्वामी १००८ ब्रह्मानन्द उदासीलाई २० दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति
दिएको छ ।
विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू केदारप्रसाद चालिसेे र ओमप्रकाश मिश्रको संयुक्त इजलासले मंगलबार यस्तो आदेश दिएको हो ।
प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै राजकुमार र्राईबाट एक लाख रुपैयाँ घुस लिँदालिँदै सोमबार बेलुकी शान्तिनगरस्थित स्वामी उदासीको डेराबाट रंगेहात पक्राउ परेका कार्कीलाई अनुसन्धानका लागि तीस दिनको म्याद मागिएकोमा अदालतले २० दिनको समयावधि दिएको हो ।
अदालतको आदेशपछि सभासद् कार्कीलाई टंगालस्थित अख्तियारको थुनामा राखिएको छ । अदालतबाट म्याद लिए पनि औपचारिक अनुसन्धान भने बिहीबारबाट मात्र हुने अख्तियारका प्रवक्तार् इश्वरीप्रसाद पौडेलले राजधानीलाई बताए । 'बुधबार कृष्ण अष्टमी परेकाले अनुसन्धान बिहीबारबाट मात्र सुरु हुन्छ,' पौडेलले भने ।
सभासद् कार्की र उनका गुरु भनिएका स्वामी १००८ ब्रह्मानन्द उदासीलाई अनुसन्धानका लागि म्याद थप्न दिउँसो ३ बजे बा१झ ६७६१ नम्बरको गाडीमा राखेर विशेष अदालत पुर्‍याइएको थियो । घुस प्रकरणमा पक्राउ पर्ने कार्की संविधानसभाका पहिलो सदस्य हुन् ।
कार्कीले एक लाख नगद लिएको अदालतसामु स्विकारेका छन् । तर, त्यसरी लिएको रकम स्वामी उदासीको उपचार खर्चका लागि लिएको उनको दाबी छ । 'एक लाख रुपैयाँ स्वामीजीको उपचारका लागि लिएको हुँ,' विशेष अदालतको  बयानलगत्तै कार्कीले राजधानीसँग भने ।
बयानका लागि इजलाससामु उपस्थित भएका कार्कीले आफू पार्टर्ीीपाध्यक्ष वामदेव गौतम निकट र पार्टर्ीीत्रै संघीयताविरोधी भएकाले फसाइएको आरोपसमेत लगाए ।
कार्कीसँगै अदालत ल्याइएका स्वामी उदासीले भने इजलाससमक्ष र्राईबाट एक लाख रुपैयाँ लिएको स्वीकार गर्दै एक पटकलाई क्षमा दिन आग्रह गरेका थिए । आफू सुगर र मोतीबिन्दुको रोगी भएकाले सभासद्ले सहयोग गरेको ठानेर पैसा स्वीकार गरेको बताउँदै उदासीले इजलासमा बयानका क्रममा भने, 'लटरपटर भयो, गल्ती गरिहालें, एक पटकलाई क्षमा होस् ।'
इजलासमा आफूलाई कालीबाबाको भक्त, मसानघाटमा बस्ने र पर्ूवराजा स्वर्गीय वीरेन्द्रसँग जुवा खेल्ने व्यक्तिका रूपमा चित्रित गरेका उनले हाल भने आफू शक्तिमा नरहेको दाबीसमेत गरे ।
विशेष अदालतका अध्यक्ष कार्कीले स्वामी भएर पनि घुस लिने कार्यमा संलग्न हुने भनेर इजलासबाटै प्रश्न गरेपछि उनले र्राई थरका एक व्यक्तिले एक लाख दिएको, तर कुन कारणले दियो आफूलाई थाहा नभएको बताएका थिए ।
'तपाईंहरू कर्मचारी भाइ, हामी ब्र्हमचारी भाइ, के ढाँट्नु केटाले एक लाख रुपैयाँ दिएकै हो,' उदासीले बयानका क्रममा भने ।
बयानका क्रममा अर्काको भाग्य हर्ेर्ने मान्छेले किन यस्तो गरेको भन्ने अध्यक्ष कार्कीको प्रश्नमा उनले छोटो उत्तर दिए, 'घटना हुन दिनर्ुपर्छ, तर मैले पहिलो पटक अदालत देख्ने मौका पाएँ ।'
२०५८ सालदेखि स्वामी उदासीको सर्म्पर्कमा रहेका सभासद् कार्कीले इजलासबाट बाहिर निस्किएपछि राजधानीसँग र्राईलाई प्रहरी निरीक्षकको मौखिक परीक्षा पास गराउन कसैलाई भनिदिने बताए पनि एक लाख रुपैयाँ आफूले नलिएको, बरु गुरुलाई सहयोग गर मात्र भनेको बताए ।   
सभामुखको आग्रह र पार्टर्ीीे इज्जतमाथिको धक्कालाई मध्यनजर गर्दै कार्कीको घुस प्रकरणका बारेमा अनुसन्धान गर्न एमालेले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
अनुसन्धान   हुनुपर्ने र कतैबाट पनि दबाब नआओस् भनेर छानबिन समितिका सदस्यको नाम गोप्य राखिएको एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले राजधानीलाई बताए । छानबिनमा दोषी देखिए कारबाही गरिने बताउँदै बोहोराले अनुसन्धानपश्चात् मात्र कस्तो कारबाही हुने बताए । सभासद्, संगठित सदस्य तथा नेपाल किसान संगठनका केन्द्रीय सदस्य घुस लिँदालिँदै पक्राउ परेपछि अनुशासन आयोगका तर्फाट एक विज्ञप्ति जारी गर्दै बोहोराले घुस लिएको प्रति खेद व्यक्त गरेका छन् । 'सभासद्जस्तो उच्च मर्यादित एवं गरिमामय पदमा आसिन व्यक्तिले यदि यस प्रकारको कार्य भएको भए निश्चय पनि खेदजनक घटना हो,' बोहोराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस कार्य जुनसुकै पदमा आसिन व्यक्तिद्वारा गैरकानुनी र आर्थिक आचरणविपरीत हुने भन्दै भर्त्सना गरिएको छ । 'सही छानबिन गरी कडा कारबाही हुनर्ुपर्छ भन्ने मान्यतामा एमाले दृढ विश्वास गर्छ,' विज्ञप्तिमा उल्लेख छ । यता एमाले संसदीय दलका प्रमुख सचेतक भीम आचार्यले पनि दोषी ठहर भएमा कारबाही हुने बताएका छन् । 'आरोपित हँुदैमा अभियुक्त हुन सक्दैन, त्यसैले कुरा बुझेर मात्र कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ,' आचार्यले भने । वामदेवनिकट मानिने स्याङ्जाका कार्की समानुपातिक सभासद् हुन् । निजामती सेवाको कर्मचारीले यसरी घुस लिएको प्रमाणित भएमा तुरुन्तै निलम्बन गर्नुपर्ने व्यवस्था छ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी