© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १५
बीबीसी
बग्दाद, १५ भदौ
अमेरिकाले आधिकारिकरुपमा युद्ध कारबाही अन्त गरेपछि इराक 'स्वतन्त्र' हुने इराकी प्रधानमन्त्रीले बताएका छन् ।
नुरी अल-मालिकीले इराकी सुरक्षाबल आफैंले आन्तरिक र बाह्य खतराको सामना गर्ने बताए ।
इराक मिसनको अन्तको पर्ूवसन्ध्यामा अमेरिकी सहायक राष्ट्रपति जोइ बिडेन अघोषित भ्रमणका क्रममा इराकमा छन् । त्यसैगरी, अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि इराक विषयमा अमेरिकी जनतामाझ टेलिभिजनमार्फ सम्बोधन गर्ने कार्यक्रम छ ।
'इराक आज स्वाधिन र स्वतन्त्र बनेको छ,' मालिकीले टेलिभिजनमा प्रसारण गरिएको सम्बोधनमा भने । 'सुरक्षा प्रत्याभुत गर्न र मुलुकको रक्षा गर्न हाम्रा सुरक्षा फौजले नेतृत्व लिनेछन्, आन्तरिक र बाह्य खतरा सामना गर्नका लागि ।'
सन् २००६-००७ मा भएको सामुदायिक द्वन्द्वका समयमा चुलिएको इराकी हिंसा अहिले कम भएको छ तर गत जुलाईमा र्सवसाधारणको हताहती अचानक बढेको थियो ।
इराकी फौज र ट्राफिक प्रहरीमाथि दैनिकजसो बग्दाद र अन्वर प्रान्तमा हुने आक्रमणमा मर्नेको संख्या अगस्टको तीन सातामा ८५ पुगेको छ ।
'यी हमलाहरू अमेरिकी सेनाको घर फिर्तीको प्रतिक्रिया स्वरुप इस्लामिक स्टेट अफ इराक -अल-कायदाको एक शाखा) ले गरेको हुनसक्छ ।' बग्दादमा कार्यरत बीबीसी संवाददाताले भने ।
इराकमा युद्धरत अन्तिम अमेरिकी ब्रिगेड राष्ट्रपति ओबामाले तय गरेको ३१ अगस्टको मितिभन्दा करिब दर्ुइ साताअघि फिर्ता भएको थियो । हाल इराकमा ५० हजारभन्दा कम अमेरिकी सेना बाँकी छन् ।
इराकमा बाँकी भएका सेनाले इराकी सेनालाई सहयोग गर्ने बताइएको छ । उनीहरू इराकी अधिकारीहरूको अनुरोधविना युद्धमा भाग लिने छैनन् तर उनीहरू आत्मरक्षाका लागि भने तयार रहनेछन् ।
इराकको नयाँ वायुसेना अझै पनि शिशु अवस्थामा रहेको बीबीसी संवाददाता बताउँछन् । इराकमा रहेका सबै अमेरिकी अर्को वर्षभत्रमा फिर्ता हुनु पर्नेछ ।
Comments0
Leave Comments