२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

एभरेष्टका चुहावटयुक्त सिलिन्डर अझै बजारमा

मधुजंग पाण्डे/राजधानी
काठमाडौ, १५ भदौ
एभरेष्ट ग्यासका चुहावट युक्त सिलिण्डर फेरी बजारमा भेटिएको छ । गुणस्तरहीन र मापदण्ड विपरीतका उच्च जोखिमयुक्त पुराना सिलिण्डरमा ग्याँस भरेको भेट्टाए पछि  कारबाही थालेको दर्ुइ साता नपुग्दै वाणिज्य विभागको अनुगमन टोलीले मंगलबार चुहावट भएको एभरेष्ट्रको  सिलिण्डर फेला परेको हो ।  
विभागको बजार अनुगमन टोलिले काठमाडौको सितापाइलामा ग्याँस लिग भएको सिलिण्डर भेट्टाएको हो । विभागका बजार अनुगमन अधिकृत कमलबहादुर थापाले ग्याँस चुहिने सिलिण्डर पाइएको खवर आउनासाथ अनुगमन टोली त्यहाँ पुग्दा ग्याँस कम्पनीकै कमजोरीका कारण ग्याँस चुहिएको फेला परेको बताए ।
उनले उपभोक्ताले ग्याँस ल्याएको डिपोमा पुगेर ७ दिनको स्पस्ट्रीकर पत्र काटेको बताउदै त्यस्ता खाले सिलिण्डरको विक्री समेत रोक्न निर्देशन दिएको जानकारी दिए ।
गत २ भदौमा उद्योग निरीक्षण गर्ने क्रममा सो उद्योगलाई बिभागलेे  स्पष्ट्रिकरण सोधेको थियो । यस्को दर्ुइ साता वित्न नपाउँदै पुन चुहावटयुक्त सिलिण्डर भेटिएकोले कारबाही प्रक्रियामा समेत जटिलता थपिएको छ ।
पहिलेको स्पस्ट्रीकरणका बारेमा एभरेष्टले  जवाफ पर्ठाईसकेको जानकारी गराउँदै उनले अब उपभोक्ता संरक्षण ऐन अनुरुप कडा कारबाही हुने बताए । अब उसलाई त्यसै नछाडीने उनको तर्क छ ।  
विभागका निर्देशक खिलनाथ बास्ताकोटीले अहिले फेला परेको सिलिण्डर पहिले नै आएको हो या भर्खरै पठाएको हो त्यसको अनुसन्धान गरि कडा कारबाही गर्ने प्रस्ट पारे । उद्योगले भर्खरै पठाएको रहेछ भने कारोबार रोक्का हुनेसम्मको कारबाही हुने उनले बताए ।
सो उद्योगका प्रवन्ध निर्देशक सिताराम तिमिल्सेनाले आफ्नो उद्योगबाट भरिएको एउटा सिलिण्डर लिग भएको स्वीकार गरे ।
पहिलेको स्पष्टीकरणको जवाफ पर्ठाईसकेको जानकारी गराउँदै  तिमिल्सेनाले एकजना उपभोक्ताले विहानै फोन गरेकाले उद्योगका कर्मचारीले सेफ्टी क्याप लगाएर राखिछाड्नोस हामी आएर साँटिदिन्छौं भनेको राजधानीलाई बताए ।
नेपाल ग्याँस विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले कारबाही हुँदाहुँदै पनि फेरी गल्ती भटिएका उद्योगलाई कडा कारबाही हुनुपर्ने बताए । अहिलेसम्म वाणिज्य विभागले गर्दै आएको कारबाही खासै प्रभावकारी नभएको बताउदै उनले यदि विभागले कारबाही गर्न सक्दैन भने जनताले कारबाही गर्ने धारणा राखे ।
अहिले मुलुकभर ४० लाख ग्याँस सिलिण्डर प्रयोग भईरहेका मध्ये १२ लाख सिलिण्डरमा हाइड्रोलिक परिक्षण नभएको पाईएको स्वंम ग्याँस बिक्रेताहरुले बताउदै आएका छन ।
आगामी एक साता भित्र स्पष्टीकरण नदिए उद्योग नै बन्द गराउने सम्मको कारबाही हुने बताउँदै अनुगमन अधिकृत थापाले भने, ' उद्योग अनुगमनको क्रममा मापदण्ड नपुगेका सिलिण्डरमा ग्याँस भरेको पाईएमा त्यसता उद्योगलाई अब कडा कारबाही गर्ने छौं' । यता ग्याँस वितरण संघमा आवद्ध व्यवसायीले हाल बजारमा भएका ३० प्रतिशत सिलिण्डर उच्च जोखिमयुक्त भएको  बताएका छन ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी