२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

तेस्रो पुस्तकालय दिवस सम्पन्न पुस्तकालय नीतिमा जोड

राजधानी समाचारदाता
काठमाडौं, १५ भदौ
उपराष्ट्रपति परमानन्द झाले सबै वर्ग तथा क्षेत्रमा औपचारिक एवं अनौपचारिक शिक्षाका लागि पुस्तकालय जननी भएको  बताएका छन् ।
तेस्रो पुस्तकालय दिवसको अवसरमा बहादुरभवनस्थित उनकै कार्यालयमा आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति झाले थपे, 'आजका नानीलाई भोलिका र्सजक बनाउन पुस्तकालयले अहं भूमिका खेलेको हुन्छ ।'
औपचारिक रूपमा पुस्तकालय दिवस मनाउन लागेकोमा खुसी व्यक्त गर्दै उपराष्ट्रपति झालेे दिवसले पुस्तकालयको विकास र विस्तार गराउनमा महत्वपर्ूण्ा भूमिका खेल्नुका साथै यससम्बन्धी ऐन-नियम बनाउने सम्बन्धमा सरकारी निकायमा ध्यानाकर्षा गराउने बताए ।
पुस्तकालय विकास र विस्तारमा सम्बन्धित निकायबाट आवश्यक पहल नभएको कार्यक्रमका विशिष्ट अतिथि एवं सभासद् गणेश शाहले बताए । पुस्तकालय सूचना एवं ज्ञानको भण्डार भएको हुँदा यसको विकास एवं विस्तारका लागि संविधानमा छुट्टै व्यवस्था गरिनुपर्ने शाहको भनाइ थियो ।
त्रिविका पर्ूवउपकुलपति केदारभक्त माथेमाले  विदेशी मुलुकमा पाठकलाई आकषिर्त गर्नका लागि पुस्तकालयलाई आकषिर्त नाम दिने गरेको आफूले पाएको हुँदा नेपालमा पनि पाठकलाई आकषिर्त गर्न नयाँ-नयाँ उपाय अवलम्बन गर्नु उपयुक्त हुने बताए ।
यस्तै, पुस्तकालय विकास र विस्तारका लागि पुस्तकालय दिवसको अवसरमा मात्र अग्रसर हुनुभन्दा पनि पुस्तकालयकर्मीले सबै समयमा यसको प्रचार-प्रचारका साथै सुविधासम्पन्न पुस्तकालयको व्यवस्था गरी पाठकलाई सेवा दिनुपर्ने केन्द्रीय पुस्तकालयका प्रमुख कृष्णमणि भण्डारीले बताए । सबै शैक्षिक संस्थामार् इ-लाइब्रेरीको विकास गरिनुपर्ने भण्डारीको जोड थियो ।
पुस्तकालयको विकास र विस्तारमा सरकारी स्तरबाट चासो नदेखाइएको गुनासो गर्दै पुस्तकालय प्रमुख भण्डारी भने, 'पुस्तकालयको नीति मात्र बनेको अहिलेको अवस्थामा यसको ऐन-नियम बनाउन एक उच्चस्तरीय कार्यदल गठन गर्नुपर्ने सम्बन्धमा तयार पारिएको मस्यौदामा छलफल गरिएको छ । सम्बन्धित निकाय -शिक्षा मन्त्रालय)का प्रतिनिधिसँग बसेको बैठकमा स्वयं ती प्रतिनिधिलाई नै पुस्तकालयसम्बन्धी पर्याप्त ज्ञान नभएकाले सो कार्य अगाडि बढ्न सकेन,' भण्डारी थपे, 'यसका लागि सम्बन्धित निकायबाट पुस्तकालयप्रति ज्ञान भएको र यसप्रति चासो राख्ने व्यक्तिको छनोट गरी कार्य अगाडि बढाउनर्ुपर्छ ।'
'पाठक पुस्तकालयका भगवान् हुन्, उनीहरूको सेवा गर्नु हाम्रो धर्म हो,' कार्यक्रमका सभापति एवं नेपाल पुस्तकालय संघका अध्यक्ष प्रकाश थापाले भने । पुस्तकालय दिवसको अवसरमा 'सूचना, ज्ञान र सीपका लागि पुस्तकालय' भन्ने नाराका साथ देशव्यापी निबन्ध प्रतियोगिता, रक्तदान कार्यक्रमलगायत अन्य विविध कार्यक्रम एवं प्रभातफेरी गरिएको थापाले जानकारी दिए ।
चार दशकदेखि पुस्तकालय क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुख भण्डारीलाई सम्मान गरिएको थियो भने देशव्यापी निबन्ध प्रतियोगितामा प्रथम हुने बूढानीलकण्ठ स्कुलकी छात्रा निशा कार्कीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा डा. मधुसूदन कार्की, दशरथ थापा, सुरेशकुमार यादव, पशुपति अधिकारी, मुरारीविनोद पाखरेल, भोला श्रेष्ठ, नारायण/शान्ति मिश्रलगायत पुस्तकालयविज्ञको सहभागिता रहेको थियो ।
यसैविच तेश्रो राष्ट्रिय पुस्तकालय स्थापनाको दिवसको अवसर पारेर लमजुङका चारवटा विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ ।  यशोब्रम्हा माध्यमिक विद्यालय गाउँशहर, बालरत्न प्रावि बेसीसहर, महादेव प्रावि भारते र भगवती प्रावि कुन्छामा पुस्तकालय स्थापना गरिएको हो । ती पुस्तकालयको आज मंगलवार विद्यालयहरूमा छुटाछटै कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । रुम टु रिड र चेस नेपालको साझेदारीमा यसवर्ष३२ वटा विद्यालयमा पुस्तकालय स्थापना गरिने कार्यक्रम रहेको रिडिङ रुमका कार्यक्रम संयोजक कृष्ण अधिकारीले वताएकाछन् ।
यसअघि ती दर्ुइ संस्थाको साझेदारीमा जिल्लाका ५९ गाविसका ७५ विद्यालयमा पुस्तकालय स्थापना गरिसकेको छ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी