२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

कमैयाका घरमा कमैया झ्

मुक्तिको एक दशकपछि 'कमैयाले कमैया राखेको' समाचारले यस वर्षमुक्ति दिवसका अवसरमा प्राथमिकता पायो । समाचारको पेटबोलीअनुसार बर्दिया कालिका-४, टेसनपुरका मुक्त कमैया कान्छू थारूले सोही शिविरका मुक्त कमैया वीरबहादुर थारूलाई विगत दर्ुइ वर्षेखि कमैया राखेका हुन् । दुवैले सरकारबाट पाँच कठ्ठा जग्गा पाएका छन् । कान्छूले थप दर्ुइ बिघा खेत ठेक्का लिएपछि वीरबहादुरलाई कमैया राखेका हुन् । वीरबहादुरले पाँच कठ्ठा जग्गाबाट खान नपुगेपछि कान्छूकहाँ कमैया बसेको बताउँछन् । उनले सोबापत दर्ुइ छाक खाना र मासिक तीन हजार रुपैयाँ पाउँछन् ।
कमैया सम्बन्धमा रिपोर्टिङ गर्ने कतिपयलाई या त कमैयाको परिभाषा थाहा छैन, अथवा यस शब्दको अर्थ अझ साँगुर्‍याउन चाहन्छन् । थारू भाषामा कडा परिश्रमी जानिने कमैया कुनै बेला सम्मानित थियो । तर, यिनीहरू काम गर्ने मात्र नभई दासमा रूपान्तरण हुन थालेपछि यसको अर्थ संकुचित भएर घृणित बुझिन थालियो । नेपाली बृहत् शब्दकोशमा 'काम' शब्दमा 'ऐया' प्रत्यय लागि 'कमैया' भएको तथा 'जग्गा धनीकै नगदी र जिन्सी कर्जा लिएर सपरिवार अर्काको जग्गा कमाउने किसान, हरूवा' लाई कमैया भनिने उल्लेख छ । सोही परिभाषाको अर्काे अर्थमा 'काममा साह्रै जोतिन सक्ने कमाइवाल, आर्जनी, पौरखी, हिक्मती' भनिएको छ ।
आफ्नो शिविरमा पौरखी र हिक्मती देखेकाले कान्छूले वीरबहादुरलाई कामदार -कमैया होइन) राखे । खेतीपातीको काममा बाह्रैमास कामदार चाहिँदैन, जबकि वीरबहादुरको रोजगारीको ग्यारेन्टीका लागि उनले बकायदा मासिक तीन हजार रूपैयाँ र थप दर्ुइ छाक खाना सुविधा दिएका छन् । वीरबहादुर बँधुवाका रूपमा नभई बेलुकी कामपछि आफ्नै घरमा सुत्न जान्छन् । मुक्तिको जिन्दगीपछि कान्छू जस्तो कमैयाले ठेक्का लिने आँट गरी कामदार लगाई खेतीपाती गर्ने हिम्मत जुटाउनु नै ठूलो कुरा हो । उनको हिम्मतलाई सलाम गर्नु साटो कमैयाले कमैया राखे भन्ने बेहोराको मनोबल गिराउने समाचारले उनीहरूका बारेमा नकारात्मक समाचारले नै बढी स्थान पाएको देखाउँछ । यदि, जमिन्दार मालिकहरूले पहिले आफ्ना कमैयाहरूलाई वर्षरि खाना तथा कान्छूले जस्तै नगदमा पारिश्रमिक तोकिदिएको भए उनीहरूको यो दर्ुदशा हुने थिएन । जबकि, मालिकहरूले कमैयाकी श्रीमतीलाई बुकरही, छोराछोरीलाई बर्दिवा -ग्वाला), कमलरीका  रूपमा सित्तैमा काममा लगाए । यसले ऋणको दलदलमा भासिई कमैया कहिल्यै उठ्न नसकिने गरी जाकिएको थियो ।
चन्द्र शमशेरले कमाराकमारी राख्न नपाउने भनेर विसं. १९८२ मा करिब ६० हजारलाई करियामोचनबाट मुक्त गराए । त्यसबीचमा कमैया प्रथाका रूपमा कमाराकमारी जस्तो चलन पुनः झाँगियो र कमैया मुक्त हुन पूरै ७५ वर्षकर्ुर्नुपर्‍यो । २०५७ साल साउन २ गते सरकारबाट कमैया मुक्तिको घोषणा गरियो । नेपालमा छापाको उदय भएको एक सय १० वर्षभइसक्यो । विसं. १९५८ बाट गोरखापत्र निरन्तर प्रकाशन भइरहेको छ । तर, छापाहरूले कमैया प्रथाबारे खास चासो नै राखेनन् ।
नेपालमा कमैया बालश्रमिकहरूको अवस्था २००२ देखि २०१० फेबु्रअरीसम्मको 'न्युज क्लिप्स' अर्न्तर्गत पछिल्लो समयको समाचार अध्ययन गर्दा कमैया मुक्तिको एक दशकमा उनीहरूबारे 'कभरेज' गरिएको समाचारले प्रशस्त ठाउँ पाएका छन् । कमैयाहरूको मुक्तिको समय साउन महिना तथा उनीहरूको कमैया करार हुने समय माघको अवसरमा उनीहरू बारे बढी रिपोर्टिङ भएको पाइन्छ । अझै पनि साउने झरी र पुस/माघको कठयांग्रिँदो जाडोमा खुला आकाशमुनि गुजार्न बाध्य भएका बेहोराको समाचारले ठाउँ पाउँदै आएका छन् । यसले 'कमैया मुक्त घोषणा गफमै सीमित' जस्ता समाचार शर्ीष्ाकले स्थान पाउने अवस्था आएको छ । जस्तो आफ्नै मुक्ति दिवस मनाउँदासमेत उत्साहित नभएको, माघीजस्तो नयाँ वर्षो चाडमा पनि कमैया बस्ती सुनसान भएको समाचारले इंगित गर्छ । मुक्तिअघि मालिकका डरले सभा/सम्मेलनमा जान डराउने मुक्त कमैयाहरू अब कार्यक्रमको प्रमुख अतिथि हुन थालेका समाचार छन् । मुक्त कमैया लखपति भएको समाचार छ, तर त्यो उदाहरण अपवाद स्वरूप कैलालीका दसिराम र कालुराम दर्ुइ भाइबाहेक अरूको उत्प्रेरक कथा छैन भन्दा हुन्छ । यस वर्षबाँके, कोहलपुर क्षेत्रका मुक्त कमैया सडक छेउमा घडेरी पाएर लखपति भएको समाचार छ । तर, तिनको रोजगारको पीडाबारे समाचार छैन । मुक्त कमैयाका थुप्रै उत्प्रेरक कथा हुन सक्छन्, तर त्यस पक्षमा खोजबिन गरिएको सकारात्मक समाचारको खडेरी नै छ ।
मुक्त कमैयाको पुनःस्थापनाको सवालमा सरकार उदासीन भएको, त्यस्तै गैससबाट कमैयाको नाममा आएको रकममा अनियमितता भएको, मुक्तिको अर्थ कागजमै सीमित भएको समाचारले पनि बढी ठाउँ पाएको छ । पुनःस्थापनाका लागि सरकारी तथा ऐलानी जग्गा कब्जा गरेकोमा प्रशासनबाट पटक-पटक घर भत्काइँदा त्यसैमा बढी दौडधूप गर्नुपरेको समाचारले इंगित गर्छ । दसौं हजार मुक्त कमैया अलपत्र भएको समाचार २०६६ सालसम्म आइरहेको छ  ।  त्यस्तै रोजगार नहुँदा भोकमरीको अवस्था आइपरेकोले पुनः कमैया बस्ने बाध्यता आइपरेको जस्ता समाचारले प्राथमिकता पाएका छन् । अधियाले श्रम शोषण भएको, बेगारी प्रथा हटाउन आन्दोलन गरेको जस्तो समाचार अपवादको रूपमा मात्र छ । बालबालिकाको क्षेत्रमा काम गर्ने अगुवाहरूको घरमै पनि कमलरी रहेको समाचारले इंगित गर्छ ।
कमैया शिविरका बालबालिका पढ्न पाएको, मुक्त कमैया बस्तीमा विद्यालयबारे अत्यन्त न्युन समाचारले ठाउँ पाएका छन् । केही गैससहरूले कमलरीलाई उद्धार गरी शिक्षा दिलाएको समाचारबाहेक कमैया बालबालिकाको समग्र शिक्षाबारे रिपोर्टिङ छैन । जस्तो, कमैया बालबालिकाहरू परीक्षामा पहिला हुने समाचारले ठाउँ त पाएको छ, उनीहरूले इतिहास फेरिरहेको प्रसंग छ, तर शिक्षाबाट वञ्चित हुने, शिक्षा पाए पनि असफल हुने सहकर्मीहरूको समग्र शिक्षाबारे समाचार बोल्दैन । शिक्षा दिलाउन अभिभावकलाई गाह्रो/साँगुरो परेको बारे बेलीबिस्तार पाइँदैन । कमलरीलाई छात्रवृत्तिअर्न्तर्गत सरकारी तहबाट वाषिर्क रूपमा १-५ कक्षालाई एक हजार,  ६-८ लाई एक हजार पाँच सय,  ९-१० लाई एक हजार सात सय तथा ११-१२ कक्षासम्मकालाई पाँच हजार रुपैयाँ दिइने बेहोराको समाचार छ, तर त्यति रकमले उनीहरूको पढाइ धान्ने अवस्था छ/छैन, यसबारे गहन रिपोर्टिङ छैन । त्यसैले मुक्त गरिए पनि कमलरीहरूको भविष्य अन्योलमै जस्ता समाचारले धेरै शर्ीष्ाक ओगटेका छन् ।
दाङदेउखुरी नर्तीस्थित कमलरीको लावा जुनी -नयाँ जीवन) छात्रावासबारे पटक-पटक समाचार आएका छन् । तर, भेंरहवा, छेगरहवा, गयरवा -भेडा-बाख्रा, गाइगोठाला) का रूपमा अझै पनि काम गर्न बाध्य कमैया बालकहरूका बारेमा रिपोर्टिङ भेटिँदैन । विभिन्न समाचारअनुसार बर्दियाका केही कमैया बालबालिका वातानुकूलित भवनमा पढ्न त पाएका छन्, तर उनीहरूको विद्यालय बाहिरको पढाइको वातावरण कस्तो छ - त्यसबारे गहन रिपोर्टिङ छैन । उता कमलरी खोज्न आउने मालिकलाई बरु आफ्नै छोरी हामीकहाँ कमलरी पठाऊ भन्ने सचेत अभिभावकबारे पनि समाचार पढ्न पाइन्छ ।
यसरी छापामा समाचार रिपोर्टिङबारे केलाउँदा मुक्त कमैयाहरू पुनःस्थापनाको अभावमा गाँस, बास, कपासकै जोहोमा रुम्मलिएर बसेको समाचारले प्राथमिकता पाएको देखिन्छ । कमलरी बालिकाहरूको पढाइबारे थोरबहुत चर्चा त छ तर कमैया बालकहरूको बारेमा केही खोजखबर छैन । उनीहरू कस्तो समस्या भोगिरहेका छन् - समाचारको विषयबस्तु बन्न सकेको छैन । यी समाचारको पेटबोलीले यी यावत् पक्षमा अध्ययन अनुसन्धान हुनुपर्ने बारे घच्घच्याउँछन् ।

 कृष्णराज चौधरी

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी