© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १४
लक्ष्मी सापकोटा/राजधानी
काठमाडौं, १४ भदौ
हिन्दूहरूको महान् पर्व दसैं असोजको चौथो सातादेखि सुरु हुँदैछ । दसैंलाई हिन्दूहरू हाँसीखुसी रमाइलो गरी मनाउँछन् ।
तर, हाँसीखुसी मनाइने यो वर्षो दसैंमा भने वृद्धवृद्धा, अपांग, एकल महिला, लोपोन्मुख जातिको अनुहारमा निराशा देखिने भएको छ । कारण, सामाजिक सुरक्षाअर्न्तर्गत पाउँदै आएको भत्ता रकम उनीहरूले असोजदेखि पाउने छैनन् ।
आर्थिक वर्षसुरु भएको दर्ुइ महिना बित्नलाग्दा पनि नियमित बजेट आउने कुनै सम्भावना नदेखिँदा त्यसको प्रत्यक्ष असर सामाजिक सुरक्षाको भत्तामा पनि पर्न गएको हो ।
विशेष बजेटले दर्ुइ महिनाभन्दा बढी थेग्न नसक्ने भएकाले सामाजिक सुरक्षा शर्ीष्ाकअर्न्तर्गत वितरण गरिँदै आएको रकम असोजदेखि पूरै रोकिँदैछ ।
सामाजिक सुरक्षाअर्न्तर्गत सरकारले ज्येष्ठ नागरिक, एकल महिला, लोपोन्मुख जाति, राउटे र अपांगलाई भत्ता दिँदै आएको छ । यसैगरी, बालबालिकालाई पनि बालपोषण भत्ता दिने गरिएको छ ।
सामाजिक सुरक्षाअर्न्तर्गत ६० वर्षाथिका वृद्धवृद्धालाई मासिक पाँच सय रुपैयाँ दिँदै आएको छ । त्यस्तै, एकल महिला, अपांग र लोपोन्मुख जातिलाई मासिक पाँच सयका दरले भत्ता दिने गरिएको छ । राउटेलाई एक हजार र बालबालिकालाई बालपोषण भत्तास्वरूप दर्ुइ सयका दरले भत्ता वितरण गरिँदै आएको छ ।
भदौभित्र बजेट नल्याए असोजदेखि मुलुक आर्थिक संकटमा पर्ने अर्थ मन्त्रालयले यसअघि नै जानकारी गराइसकेको छ ।
'सरकारलाई अर्काे महिनादेखि चालू खर्च चलाउन पनि कठिन पर्ने अवस्था छ,' अर्थ मन्त्रालयका राजस्व-सचिव कृष्णहरि बाँस्कोटाले भने । उनले असोजदेखि मुलुक आर्थिक संकटमा पर्ने भएकाले सामाजिक सुरक्षा शर्ीष्ाकअर्न्तर्गतको रकम पनि रोकिने राजधानीलाई जानकारी दिए ।
राजस्व-सचिव बाँँस्कोटाले चालू खर्चअर्न्तर्गत सरकारले दिँदै आएका सबै सेवामा तलब रोकिने स्थिति आउने लक्षण देखिएको समेत जानकारी दिए ।
गत आर्थिक वर्षा सामाजिक सुरक्षा कार्यक्रमका लागि सरकारले सात अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरेको थियो । सो अवधिमा बालबालिकालाई बालपोषण भत्ताबाहेक नौ लाख ४४ हजार मानिसहरूलाई भत्ता वितरण गरिसकेको स्थानीय विकास मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले जानकारी दिए ।
आर्थिक वर्ष०६५/६६ मा वृद्धवृद्धाहरूका लागि सरकारले चार अर्ब ४० करोड रकम विनियोजन गरेको थियो । गत वर्षो भत्ता सबै वितरण भइसकेको प्रवक्ता थपलियाले बताए ।
Comments0
Leave Comments