२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

अनमिनको म्याद तीन महिना थप्न सकिन्छ ः रक्षामन्त्री

राजधानी समाचारदाता
काठमाडौं, १४ भदौ
नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन -अनमिन) को म्याद थप्ने/नथप्ने र थपे पनि कसरी थप्ने विषयमा दलहरूबीच एकमत हुन नसकिरहेकै बेला कामचलाउ सरकारकी रक्षामन्त्री विद्यादेवी भण्डारीले कार्यादेश कटौती गर्दै तीन महिना म्याद थप्न सकिने बताएकी छन् ।
उनले नेपाली सेनालाई अनमिनको निगरानीबाट बाहिर निकालेर सीमित कार्यादेशसहित बढीमा तीन महिना म्याद थप्न सकिने बताएकी हुन् ।
राजधानीमा सोमबार आयोजित साक्षात्कारमा बोल्दै रक्षामन्त्री भण्डारीले नेपाली सेनामाथि भइरहेको अनमिनको अनुगमनको दायरा सीमित पार्ने तथा तीन महिनाभित्रै माओवादी लडाकू र हतियारको टुंगो लगाउने प्रतिबद्धता दलहरूबाट आएको अवस्थामा म्याद थप्न सकिने स्पष्ट पारिन् ।  
अनुगमनले राष्ट्रिय सेनाले तालिम गर्न नपाएको, तालिमका लागि हात-हतियार तथा विस्फोटक पदार्थ खरिद हुन नसकेको, रिक्त स्थानमा पदपर्ूर्ति गर्ने प्रक्रियामा अवरोध भएको, बढुवामा झन्झट गराउने जस्ता कार्य भइरहेकाले अनमिनको अधिकार कटौती गर्नुपर्ने बाध्यता सिर्जना भएको पनि भण्डारीले बताइन् । सो काम नहुँदा राष्ट्रिय सुरक्षामाथि नै खतरा उत्पन्न भएको मन्त्री भण्डारीको भनाइ थियो । अनमिनकै कारण नेपाली सेना 'प्यारालाइज' हुँदै गएको पनि उनले बताइन् ।
अन्तरिम सरकार गठनपछि दर्ुइ पक्ष -नेपाली सेना र माओवादी लडाकू) नरहने बताउँदै भण्डारीले विस्तृत शान्ति-सम्झौता अध्ययन गर्न माओवादीलाई सुझावसमेत दिइन् । माओवादी लडाकूलाई राष्ट्रिय सेनासरह समानान्तर हैसियत दिने कार्यले नेपाली सेनाको अपमान भएको उनको जिकिर छ ।
माओवादी लडाकूलाई नेपाली सेनामा समायोजन गर्नुपर्ने सम्झौता कहीँकतै नभएको दाबी गर्दै रक्षामन्त्रीले लडाकूलाई समूहगत प्रवेश गराउन नसकिने पनि दोहोर्‍याइन् । उनले 'एक हतियार एक लडाकू'को मान्यतामा प्रवेश गराउन सकिने भए पनि त्यसका लागि राष्ट्रिय सहमति अनिवार्य हुने र सुरक्षा निकायको सबै प्रक्रिया पूरा गर्नुपर्ने पनि औंल्याइन् । अस्थायी क्यान्टोन्मेन्टमा रहेका सबै माओवादी लडाकूलाई हतियार चलाउन नआउने पनि उनको दाबी छ ।
अस्थायी शिविरमा आफ्ना लडाकू भएकै कारण माओवादीले राष्ट्रिय राजनीतिमा 'बार्गेनिङ' गरिरहेको उनको आरोप छ । माओवादीले गर्दा नै शान्ति प्रक्रिया टुंगोमा नपुगेको बताउँदै भण्डारीले लडाकू माओवादीको मात्र पुँजी भएको जनाइन् । 'त्यही पुँजी देखाएर माओवादीले लडाकूको दुरुपयोग गरिरहेको छ,' भण्डारीले दाबीका साथ भनिन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी