२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

साग अध्ययनका लागि मन्त्रालय रओलम्पिकको छुट्टाछुट्टै समिति

रामसूदन तिमल्सिना/राजधानी
काठमाडौं, १४ भदौ
नेपालले आयोजना गर्नर्ुपर्ने १३औं दक्षिण एसियाली खेलकुद -साग) को तयारीको अध्ययन गर्नका लागि दर्ुइ समानान्तर अध्ययन टोली गठन भएको छ । सन् २०१४ मा साग नेपालमा आयोजना गर्ने सम्बन्धमा अध्ययन गर्नका लागि नेपाल ओलम्पिक कमिटीले अध्ययन टोली र्सार्वजनिक गरेको भोलिपल्ट युवा तथा खेलकुद मन्त्रालयले अर्काे अध्ययन टोली र्सार्वजनिक गरेको हो ।
आइतबार नेपाल ओलम्पिक कमिटीले विष्णुगोपल श्रेष्ठको संयोजकत्वमा अध्ययन टोली र्सार्वजनिक गरेको थियो ।
सोमबार युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयका सह-सचिव भरत नेपाली प्याकुरेलको संयोजकत्वमा १० सदस्यीय सम्भाव्यता अध्ययन समिति गठन गरेको  छ । यस अगाडि नेपालले  सन् १९८३ र १९९९ मा साग आयोजना गरिसकेको छ ।
मन्त्रालयका सचिव सुशील राणाले मन्त्रालयले बनाएको अध्ययन समिति आधिकारिक भएको बताए । 'सुझाव त जुनसुकै नागरिकले दिनसक्छन्,' रााणाले भने, 'तर ओलम्पिक कमिटीको सदस्य समितिमा हुँदाहुँदै के रहरले अध्ययन समिति बनाएको हो हामीलाई थाहा भएन ।'
मन्त्रालयले गठन गरेको समितिमा भौतिक, योजना तथा निर्माण मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय खेलकुद परिषदअर्न्तर्गतका विभाग, निर्माण तथा मर्मत शाखा -राखेप), युवा तथा खेलकुद मन्त्रालयका उपसचिव र शाखा अधिकृत समितिको प्रतिनिधि सदस्यका रूपमा रहेका छन् ।
समितिको भदौ १० गते पहिलो बैठक बसेको जानकारी सोमबार पठाएर मन्त्रालयले ओलम्पिक कमिटीले गठन गरेको भन्दा पहिला आफ्नो समिति गठन भएको संकेत दिएको छ ।
मन्त्रालयले उप-सचिव अन्तरबहादुर सिल्वालको संयोजकत्वमा सात सदस्यीय प्राविधिक उपसमिति गठन गरेको बताएको छ ।
ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठले सुझाव दिनका लागि अध्ययन समिति गठन गरेको बताए । 'मूलतः सरकारले गठन गरेको समिति नै हो । तर, सरकारले समयमा नै व्यवस्थापन गरोस् भनेर हामीले पनि अध्ययन समिति बनाएका हौं,' श्रेष्ठले भने, 'सरकार अभिभावक हो । हामीले पहिलो समिति गठन गर्‍यौं भनेर उसले आफू सानो भएको महसुस गर्नर्ुपर्दैन ।'
ओलम्पिक कमिटीले गठन गरेको समितिमा प्रभु श्रेष्ठ, गजेन्द्र प्रधान, तेज गुरुङ, निलेन्द्र श्रेष्ठ, उषा बस्नेत, यशोदा पन्त, कृष्ण कनैया कायस्थ छन् । ओलम्पिक कमिटीका अध्यक्ष धुव्र प्रधानले अध्ययन समितिले ४५ दिनभित्र सरकारलाई मस्यौदा बुझाउने बताएका छन् ।
वषर्ांैदेखि नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद् तथा खेलकुद मन्त्रालयबीच विवाद हुँदै आएको छ । सो विवाद १३औं दक्षिण एसियाली खेलकुदको अध्ययनमा समेत देखियो । सिंगापुरमा भएको युथ ओलम्पिक खेलका सेभ द मिसन राखेपमा सदस्य-सचिव हरिबाबु चौधरीलाई बनाउन आग्रह गर्दै मन्त्रालयले पठाएको पत्रलाई लत्याएर ओलम्पिक कमिटीले कोषाध्यक्ष उपेन्द्र केशरी न्यौपानेलाई पठाएको थियो । त्यसपछि ओलम्पिकसँग राखेप र मन्त्रालयको सम्बन्ध झनै चिस्सिएको छ । यदि, विवाद थिएन भने ओलम्पिक र मन्त्रालयले छुट्टाछुट्टै समिति बनाउन किन आवश्यक पथ्र्यो -

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी