२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

एसियाडका लागि तेक्वान्दो खेलाडी छनोट

राजधानी समाचारदाता
काठमाडौं, १४ भदौ
आसन्न एसियाडका लागि अन्तर्रर्ााट्रय प्रतियोगितामा नेपाललाई र्सवाधिक सफलता दिलाउने तेक्वान्दोको छनोट सोमबार सम्पन्न भयो । १२ स्पर्धामा सहभागिता जनाउने तेक्वान्दो टोलीमा प्रायः परिचित अनुहार छनोट भएका छन् । सबैभन्दा बढी अन्तर्रर्ााट्रय अनुभव प्राप्त खेलाडीका रूपमा पुरुषतर्फ५४ केजीमा सागका रजतपदक विजेता कुमार मानन्धर रहेका छन् । पुरुषको ५८ केजीमा सुजन पुजारी, ६३ केजीमा सुजन जोशी, ६८ केजीमा आशिष महर्जन र ७४ केजीमा दानबहादुर ऐरी रहेका छन् । ऐरी ११औं सागका कांस्यपदक विजेता हुन् । ८० केजी तौलमुनिको समूहमा यादव पौडेल छनोट भए ।
महिलातर्फ४९ केजीमा लक्ष्मी राना, ५७ केजीमा सविना महर्जन, ६२ केजीमा मनिता शाही, ४६ केजी मायानकुमारी चौलागाईं, ६७ केजीमा रसना केसी र ५३ केजीमा आयशा शाक्य छनोट भए । आयशा पछिल्लो साग खेलको स्वर्ण्र्ााक विजेता हुन् भने मनिता रजत र यान कुमारी कांस्यपदक विजेता हुन् ।
सोमबार सम्पन्न अन्तिम छनोटमा नेपाल पुलिसका कुमारले चितवनका अर्जुन अधिकारीलाई ४-१ ले पराजित गरे । त्यस्तै, नेपाल आर्मीका यादवले पर्वतका भरतकुमार श्रेष्ठलाई ५-१ ले हराउँदै छनोट हुन सफल भए । यादव छनोट भएको उमेर समूहमा यसअघि सागका कर्ीर्तिमानधारी दीपक विष्टले खेलेका थिए । चोटका कारण उनी यस पटक छनोट खेलमा सहभागी भएनन् । त्यस्तै, ७४ केजी तौलमुनिको समूहमा छनोट हुने क्रममा नेपाल आर्मीकै दानबहादुरले अर्को विभागीय टोली एपीएफका भरत बोहरालाई ७-२ ले पराजित गरे । त्यस्तै, ६८ केजीमुनिको तौल समूहमा छनोट हुने क्रममा आषिश महर्जनले रामदत्त भट्टविरुद्धका दुवै खेल जिते ।
महिलातर्फमनिताले विजेश्वरी स्कुलका प्रतिज्ञा भण्डारीलाई ५-० ले हराउँदै छनोट भइन् । यान कुमारीले भने देविका तामाङको चुनौती समाप्त पारेकी थिइन् । रोल्पाकी गायत्री श्रेष्ठलाई ३-१ ले  हराउँदै काठमाडौंकी रसना छनोट भएकी हुन् । आयशाले प्रतिद्वन्द्वी निमा गुरुङविरुद्धका दुवै खेल जित्दै एसियाड यात्रा तय गरिन् । अन्तर्रर्ााट्रय प्रतियोगितामा तेक्वान्दोमा राम्रो छाप छाडेको नेपालले आसन्न एसियाडमा पनि यसबाट पदकको आशा गरेको छ । नेपाली टोलीको प्रशिक्षण सन्तोषजनक रहेको र पुरानो साख कायम राख्ने सम्भावना यथावत् रहेको प्रशिक्षक मिन थापाले बताए ।
यसैबीच, आयशा, मनिता र यान कुमारी मंगलबार कोरिया प्रस्थान गर्दै छन् । यसै साता हुने कोरिया ओपनमा यी तीन खेलाडीले सभागिता जनाउनेछन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी