© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १४
एजेन्सी
काबुल, १४ भदौ
अफगानिस्तानमा तालिबान व्रि्रोहीसँग संर्घष्ारत अन्तर्रर्ााट्रय फौजले र्सवसाधारणको ज्यान लिनेभन्दा बढी केही गर्न नसकेको भन्दै राष्ट्रपति हमिद कारजाईले गठबन्धन रणनीत्रि्रतिको आलोचना दोहोर्याएका छन् ।
यसैबीच, पर्ूर्वी अफगानिस्तानका एकजना जिल्ला प्रमुख सोमबार उनको कारमा जडान गरिएको बम विस्फोटमा मारिएका छन् । उनी प्रान्तीय सुरक्षा र राजनीतिक नेताहरूको बैठकमा भाग लिन एउटा सरकारी परिसरमा प्रवेश गर्न लाग्दा बम विस्फोटको सिकार बनेका थिए ।
स्याद मोहमद पालावानको ज्यान लिएको सो बम व्रि्रोहीले नान्गार्हर प्रान्तको राजधानी जलालावादस्थित गभर्नरको परिसरभित्र विस्फोट गराउन खोजेजस्तो देखिएको प्रान्तीय प्रहरी प्रवक्ता गाफोर खानले बताए । अधिकारीहरू तनावग्रस्त सो प्रान्तको प्रशासनमा सुधार गर्ने र व्रि्रोहको मुकाविला गर्ने रणनीतिमाथि छलफल गर्न त्यहाँ भेला भएका थिए ।
आक्रमणमा पालावानका तीन अंगरक्षक घाइते भएका छन् । पालावानको लाल पुर जिल्ला पाकिस्तानसँग जोडीको हिमाली सीमा क्षेत्रमा पर्छ । अरब र अल-कायदा तथा पाकिस्तानी लडाकू समूहको र्समर्थन पाएका विदेशी लडाकूहरू सोही जिल्लाको बाटो हुँदै अफगानिस्तान र पाकिस्तान ओहोरदोहोर गर्छन् ।
राष्ट्रपति कारजाईले अफगान युद्धसम्बन्धी नेटो गठबन्धन अफगानिस्तान भ्रमणमा रहेका जर्मन संसदका सभामुख नोबर्ट ल्यामर्टसँगको भेटमा तालिबान र अलकायदा सम्बद्ध अन्य समूहविरुद्धको नीतिमा परिमार्जन गर्ने 'गम्भीर आवश्यकता' भएको बताएको राष्ट्रपतीय कार्यालयले जनाएको छ ।
'आतंकवादविरुद्धको सैन्य नीति पुनर्विचार गरिनर्ुपर्छ, किनभने विगत आठ वर्षो अनुभवले के देखाउँछ भने अफगान ग्रामिण क्षेत्रमा युद्ध प्रभावहीन छ । र्
र्सवसाधारण हताहतीको कुरा त छँदैछ,' कारजाईको भनाइ उद्धृत गर्दै कार्यालयले जनाएको छ ।
विगतमा पनि कारजाईले लडाकू निर्मूल गर्न र लामो समयदेखि विदेशीमाथि शंका पालिरहेका ग्रामिण रुढिवादी गाउँलेको मन जित्न अफगान फौजले कारबाहीको नेतृत्व गर्नुपर्ने बताए ।
'अधिकांश अफगान प्रहरी र सेना पस्तुनभन्दा फरक र तालिबानका र्समर्थक मानिने उत्तरी उज्वेक र ताजिक भए पनि गठबन्धन सेना र गाउँलेबीचको व्यक्तिगत सम्बन्धले द्वैषमात्र उत्पन्न गराउँछ,' उनको तर्क छ ।
कारजाईले गत साता पनि आउँदो जुलाईबाट आफ्नो सेना फर्काउन सुरु गर्ने अमेरिकी नीतिको आलोचना गरेका थिए । उनले तालिबान र उनीहरूका सहयोगीले पाकिस्तानमा सुरक्षित स्थान पाएसम्म आतंकवादविरुद्धको लर्डाईं सफल नहुने
बताएका थिए ।
कारजाईको प्रतिक्रिया गठबन्धन कमान्डरहरूको भन्दा फरक छ । उनीहरू अफगान भूमिमा भएका एक लाख ४० हजार विदेशी सेनाले तालिबानका ताजा हमला रोकेको बताउँछन् । यो महिनामात्र ४२ अमेरिकीसहित गठबन्धन सेनाका ६२ जना तालिबान हमलामा मारिएका छन् ।
Comments0
Leave Comments