© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १४
५० करोड लाग्ने
राजधानी संवाददाता
दाङ, १४ भदौ
दाङको मुख्य सहरमा रहेका सबै बसपार्कलाई अत्याधुनिक तथा सुविधासम्पन्न बनाउन डिटेल प्रोजेक्ट बनाउने कार्य सुरु गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, दाङले जिल्लाका घोराही, तुलसीपुर, लमही, भालुवाङ, नारायणपुरलगायतका क्षेत्रहरूमा रहेका बसपार्कलाई अत्याधुनिक सुविधासम्पन्न बनाउन डिटेल प्रोजेक्ट निर्माणका लागि कार्य थालनी गरेको हो ।
भवन डिभिजन कार्यालयका अनुसार यही महिनाको अन्तिमसम्ममा विस्तृत रूपमा परियोजना निर्माण गरिनेछ । कार्यालयले यहाँका सबै बसपार्कको कुल लागत स्टिमेट ५० करोडको हाराहारीमा हुने जनाएको छ । हाल बसपार्क रहेकै स्थानमा सुविधासम्पन्न बसपार्क निर्माणका लागि प्रोजेक्ट तयार पार्न लागिएकाले लागत स्टिमेट योभन्दा नबढ्ने कार्यालयले दाबी गरेको छ ।
जिल्लाका सबै बसपार्कलाई अत्याधुनिक तथा सुविधासम्पन्न बनाउन बसपार्क रहेको स्थानअनुसार के-कस्ता संरचना आवश्यक पर्छन् भन्ने आधारमा लागत स्टिमेट रकम निकालिने पनि भवन डिभिजन कार्यालय, दाङका प्रमुख कोषनाथ अधिकारीले जानकारी दिए ।
उनका अनुसार स्थानीय बसपार्क सञ्चालन समिति तथा उपभोक्ताको माग र अपेक्षाअनुरूप अत्यावश्यक संरचना निर्माणका लागि डिटेल प्रोजेक्ट तयार पारिनेछ भने सोही प्रोजेक्टमा कुन संरचनाका लागि कति लागत लाग्नेछ, त्यसकोसमेत उल्लेख गरिनेछ ।
भवन डिभिजन कार्यालयका प्रमुख अधिकारीले यहाँका सबै बसपार्कलाई अत्याधुनिक बनाउन सबै ठाउँमा कालोपत्रे, पक्की ढलको व्यवस्था, फराकिलो सडक, पानी, बत्ती,
ट्वाइलेट, बाथरुमको व्यवस्था, चमेना गृह, पालेघर, चिल्ड्रेन पार्क, ग्रिन पार्क, गाडीको ग्यारेज, प्रतीक्षालय, पुस्तकालय, मनोरञ्जन गृह, सुरक्षा चेकपोस्ट, सडक बत्तीलगायत आवश्यक पर्ने सबै संरचनाहरू उपभोक्ताको मागअनुसार प्रोजेक्टमा राखिने गरी तयार पारिने भएको छ ।
यता, यस विषयमा घोराही नगर विकास समितिको अगुवाइमा निर्माण भइरहेको सेवार खोलाको बसपार्कलाई व्यवस्थित गर्ने सवालमा समितिका अध्यक्ष बसिर अहमद सिद्दिकीले हाल केही निर्माणका कार्यहरू भइरहे पनि थप कार्यका लागि बजेट आवश्यक पर्ने भएकाले डिटेल प्रोजेक्ट तयार पारेर आवश्यक थप संरचना निर्माण गरिने बताए ।
Comments0
Leave Comments