© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १४
सगरमाथाको विवाद मिलाउन बीपी कोइराला चीन गएका बेलाको कुरा हो । त्यतिबेला बीपी कोइरालालाई अचानक माओत्सेतुङसित भेट गराइएको थियो । त्यस भेटमा र्सवप्रथम बीपीले भनेका थिए कि, उनी सानो देशबाट आएका हुन् । त्यसको जवाफमा ठट्टाको भाषामा माओत्सेतुङले भनेका थिए, 'यसले त नेपाललाई निकै फाइदा छ । नेपालले चीनमाथि हमला गर्यो भने पनि त्यो कसैले पत्याउ“दैन । तर, चीनले नेपालीमाथि कुनै हमला नगरे पनि यसले हमला गर्यो भन्ने हो भने जसले पनि पत्याउ“छ ।' यही कुरालाई गम्भीरतापर्ूवक अगाडि बढाउ“दै माओले भनेका थिए, 'देश ठूला पनि हुन सक्छन् । साना पनि हुन सक्छन् । तर, पनि एउटा स्वतन्त्र देशको सदस्यको हैसियतले उनीहरूको हैसियत समान हुन्छ ।'
आज संसद्वादी दलहरूले माओवादी सेना र नेपाली सेनाको हैसियत एउटै नहुने ढंगले जुन कुरा गरिरहेका छन्, त्यसले मलाई हिजो माओत्सेतुङले बीपीलाई भनेका कुराको सम्झना भइरहेको छ । निश्चय पनि नेपाली सेना र माओवादी एउटै सेना होइनन् । यिनीहरूको जन्म फरक-फरक समय र फरक-फरक परिस्थितिमा भएको हो । यिनीहरूको पृष्ठभूमि फरक-फरक प्रकारको छ । भनौं, माओवादी जनमुक्ति सेना र नेपाली सेनाको इतिहास अलग-अलग छ । यो कुरा पनि सही हो कि, माओवादी सेनाको संख्या थोरै छ । नेपाली सेनाको संख्या निकै ठूलो छ । २०औं ३०औं गुणा ठूलो छ । यो कुरा पनि सा“चो हो, नेपाली सेनाले भारत, बेलायत, अमेरिका र चीनमा पनि तालिम पाएको होला । नेपाली सेना अत्याधुनिक हातहतियार र अन्य आवश्यक सामग्रीबाट सुसज्जित होला । नेपाली सेनाका उच्च पदाधिकारीहरू उच्च शिक्षा प्राप्त गरेका व्यक्तित्व होलान् । उनीहरूले विदेशबाट समेत उच्च शिक्षा पनि लिएका हुन सक्छन् । नेपाली सेना 'प्रोफेसनल सेना' पनि हो ।
यसको ठीक उल्टो माओवादीको जनमुक्ति सेना नेपालको सबैभन्दा बढी पिछडिएको क्षेत्र तथा सबैभन्दा बढी उपेक्षित वर्गबाट जन्मेको र हर्ुर्केको सेना हो । यसले कुनै ठूल्ठूला सैनिक तालिम केन्द्रबाट तालिम प्राप्त गरको छैन । यो सेनाको ब्यारेक भनेको ओडार वा गाई भैंसी गोठ हो । यसले तालिम एक/दर्ुइ भरुवा बन्दुकबाट सुरु गरेको हो । यसले तालिम प्राप्त गरेर लड्न सिकेको होइन, लड्दै जा“दा तालिम प्राप्त गरेको हो । यसमा भर्ती भएका सिपाहीहरू कर्नेल जर्नेल हुन्छु भनेर भर्ती भएका होइनन् । उनीहरू महिना सकिनासाथ तलब बुझेर जहान केटाकेटी पाल्छु भनेर पनि भर्ती भएका होइनन् । उनीहरू देश र जनताको मुक्तिका निम्ति जीवनको भेटी चढाउन नै माओावादी सेनामा भर्ती भएका हुन् । उनीहरू कति बेला भुटेका मकै र चिउरा खाएर त, कति बेला खाली पेट पनि 'जनयुद्ध'मा सामेल हुने लक्ष्य राखी त्यसमा समावेश भएका हुन् । उनीहरू हलो जोत्दाजोत्दै, आरान लगाउ“दा लगाउ“दै, कुटो कोदालो गर्दागर्दै, कोदो, मकै पिस्दापिस्दै, दाउरा-घाँस गर्दागर्दै र मेलापात हिँड्दाहिँड्दै जनमुक्ति सेनामा भर्ती भएका हुन् । उनीहरू स्कुल पढ्दापढ्दै र कति त स्कुलमा पढाउ“दा पढाउ“दै पनि जनमुक्ति सेनामा भर्ती भएका हुन् । यसैले पनि उनीहरू 'प्रोफेसनल' सेना होइनन् । लडाका हुन् । त्यस्ता सेना, जो यतिबेला आफ्नो पेट पाल्नसम्म सक्ने सरकारी दानापानी खाएर क्यान्टेनमेन्टमा नया“ नेपालको सपना देख्दै बसेका छन् । उनीहरूको यतिबेला सबैभन्दा ठूलो आशा सेनामा समायोजन भएर बेग्लै ढंगले देश र जनताको सेवा गर्न पाइन्छ कि भन्ने छ । यही भएर नै कुनै जिम्मेवारी नपाएर पनि अनिश्चित भविष्यका लागि क्यान्टोनमेन्ट कुरेर बसेका छन् ।
यसरी हर्ेदा कुनै पनि अर्थमा हिजोका माओवादी जनमुक्ति सेना र अहिलेका संसद्वादी दलहरूका लडाकू र हिजोका शाही सेना र अहिलेका नेपाली सेनाका बीचमा तुलना हुन सक्दैन । यिनीहरूबीच आकाश पातालको फरक छ । तर, पनि ऐतिहासिक १२ बु“दे सम्झौता र बृहत् शान्ति सम्झौतालगायतका सरकार र माओवादीबीच भएका सम्झौताका दस्तावेजका पाना पल्टाउने हो भने यिनीहरूको हैसियत समान नभए पनि समान ठानिएको छ । कुनै पनि ऐतिहासिक दस्तावेजले कसैलाई ठूलो र कसैलाई सानो मानेको छैन । कसैलाई अकबरी सुन र कसैलाई पित्तल ठानेको छैन । कसैलाई 'ओरिजिनल' र कसैलाई 'डुप्लिकेट' भनेको छैन । यो नै द्वन्द्वकालमा एक अर्काको ज्यान लिन पनि तयार भएर लडिरहेका शक्तिबीच सामञ्जस्य ल्याउन सकिने तरिका हो । उनीहरूबीच मेलमिलाप गराउन सकिने तरिका हो । मनोविज्ञान हो । यो कुरा देश र दुनिया“ले बुझेको छ । यो कुरा अनमिनले बुझेको छ ।
माओवादी सेनाले गल्ती गर्दा अनमिनले औंलो उठाएको छ । उठाउनु पनि पर्छ । किनभने हामीले नै अनमिनलाई त्यसको निम्ति सात समुद्रपारिबाट बोलाएका हौं । नेपाली सेनाले गल्ती गरेको बेला अनमिनले औंलो उठाएको छ । उठाउनु पनि पर्छ । किनकि, हामीले त्यसका निम्ति नै सात समुद्रपारिबाट अनमिनलाई बोलाएका हौं । तर, पनि संसद्वादी दल र नेपाली सेना चाहन्छन्, अनमिन नेपाली सेनाले जति गल्ती गरे पनि चुप लागेर बसोस् । माओवादी सेनाले कुनै गल्ती नगरे पनि गल्ती गरेको छ भन्दै औंलो उठाइरहोस् । निश्चित रूपमा अनमिन कसैको दाना खाएर गाना गाउने संस्था होइन । संसद्वादी दलहरू भन्छन्, अनमिनले माओवादीको पक्ष लियो । अनमिन माओवादीको प्रवक्ताजस्तो भयो । न्याय र सत्यको पक्ष लिँदैमा कोही माओवादी हु“दैन । तर, पनि संसद्वादी दलका आ“खामा सत्य र न्यायको पक्षपोषण गर्ने जति माओवादी नै माओवादी देखिन्छन् । तर, यो कुनै नौलो कुरो भने होइन । हिजो सत्य बोल्दा दमननाथ ढुंगानालाई पनि उनीहरूले माओवादी भनेका हुन् । आज यिनैको नजरमा अनमिन पनि माओवादी देखिन थाल्यो । अनमिन माओवादीको कुनै धर्मपिता होइन । अनमिन माओवादीको कुनै अभिभावक पनि होइन । यहा“सम्म कि वैचारिक रूपले अनमिन माओवादीभन्दा संसद्वादी दलहरूकै नजिक छ । तथापि, अनमिन आफ्नो हैसियत र भूमिकादेखि राम्ररी नै परिचित छ । उसलाई थाहा छ, ऊ यहा“ शान्ति स्थापना गर्ने सवालमा साक्षी बस्न आएको छ । अनुगमन गर्न आएको हो । सीमित भूमिका पूरा गर्न आएको हो । यसैले उसले जे देख्छ त्यही भन्छ ।
नेपाली सेनाले मुलुक बृहत् शान्ति समझौताको विपरीत भर्ती खोल्यो । नेपाली सेनाले भर्ती खोलेको देखेर त्यसको विरोधमा जनमुक्ति सेनाले पनि भर्ती खोल्छु भन्यो । अनमिनले दुवै पक्षलाई भन्यो, भर्ती नखोल । भर्ती बृहत् शान्ति समझौताको विपरीत छ । यसले मुलुकलाई शान्तिको बाटोतिर होइन, अशान्तिको बाटोतिर लैजान्छ । अनमिनको यस्तो भनाइप्रति माओावादी सेनाले कुनै आपत्ति जनाएन । उसले यो भनेन कि, अनमिनले पक्षपात गर्यो । यो कुरा संसद्वादी दलहरूलाई सुपाच्य भएन । यिनीहरूले अनमिनलाई धपाउन नसके पनि माओवादीको क्यान्टोनमेन्टमा सीमित पारेर राख्न सकिने खालका कुरा पनि उठाएका छन् । के तमासा हो,
यो - नेपाली सेना ब्यारेकमा सीमित भएर बसेको छैन । उसलाई ठाउ“-ठाउ“मा खास-खास जिम्मा दिइएकै छ । त्यसप्रति माओवादीको कुनै आपत्ति छैन । त्यसप्रति अनमिनको कुनै आपत्ति छैन । वास्तवमा हिजो पञ्चायतकालमा वा बहुदलकालमा शाही सेनाले जुन-जुन कुराको जिम्मेवारी लिएको थियो, आज पनि दुवै सेनाको अनुगमनमा रहेको नेपाली सेनाले त्यो भूमिका निर्वाह गरिरहेकै छ । यत्ति हो, अनमिनले सेना समायोजनको प्रक्रिया अघि बढेको बेलामा सेनाले भर्ती खोल्दा एक अर्काप्रति आशंका बढ्न सक्छ भनेर नै आपत्ति जनाएको हो । अनमिन बोलेको मात्र हो । रोक्न गएको छैन । हामीले उसलाई रोक्ने अधिकार दिएका पनि छैनौ । बोल्ने अधिकार दिएका छौं । त्यही अनुसार बोलेको मात्र छ । यदि हामी अनमिन बोलेको पनि पचाउन सक्दैनौं भने हामीले कसरी यो मुलुकलाई लोकतान्त्रिक गणतन्त्रतिर लैजाउ“ला -
मुलुक सरकार बनाउन नसक्ने अवस्थामा पुगेको छ । मुलुकभरि अशान्तिको कालो बादल मडारिरहेको अवस्था छ । नेपाल र नेपाली जनताको भविष्य अन्धकारमा डुबेको अवस्था छ । सरकारको उपस्थिति नै नभएको वर्तमान परिस्थितिमा अनमिनलाई पनि बिदा गर्ने हो भने हाम्रो हालत के होला - के हामी फेरि रक्तपात चाहन्छौं - के हामी काटमारमा उत्रिन चाहन्छौ - के हामी अर्को संकटकाल चाहन्छौं - त्यसो हो भने अनमिनलाई धपाए हुन्छ । होइन भने हाम्रो शान्ति प्रक्रिया तार्किक निष्कर्षा नपुगुन्जेल अनमिनलाई बिदा गरिनु हु“दैन । अनमिन हाम्रै मुद्दाको फटके किनारामा साक्षी बस्न आएको हो । साक्षीका तर्फाट दुवै बुढी औंलाको ल्याप्चे लगाएर मात्र जाओस् । यसैमा हामी सबैको कल्याण छ । हुन सक्छ, कतिको कल्याण भने अनमिनको बिदाइमा नै होला ।
दिल साहनी
Comments0
Leave Comments