२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

लोकतन्त्रलाई प्रेमपत्र

तिमी यसलाई जे पत्र पनि भन्न सक्छौ तर म आज तिमीलाई प्रेमपत्र भनेर लेखिरहेको छु । पहिलो प्रेमपत्र लेखिरहेछु । मलाई थाहा छ, यो प्रेमपत्र दोस्रो विश्वयुद्धताकाका बेलायती  प्रधानमन्त्री विन्स्टन चर्चिलले १९ जुलाई १९४२ मा आफ्नी प्रेमिकालाई लेखेको प्रेमपत्रजस्तो ६ लाख डलरमा बिक्री हुने मूल्यको हुने छैन । त्यस्तै, न त यो प्रेमपत्रका कारण मैले पेरुका तत्कालीन उपराष्ट्रपति राउल दिय बान्सोकोले प्रेमपत्रको प्रसंगमा पत्रकारसम्मेलन गरेर आफ्नो पदासन जोगाउनजस्तो कसैसँग माफी नै माग्नर्ुपर्छ ।
बरु, १४ वर्षम्म प्रेमपत्रको जवाफ पर्खेर बस्ने कार्लमार्क्सकी जेनीलाई मार्क्सले पहिलो वाक्यमा तिमीलाई नभनी त्रि्रो विचारलाई मैले माया गर्नैपर्छ र मैले मन पराउनै पर्छ, भनेजस्तै भनिदिन्छु र उनलेजस्तै माफी माग्छु । र, त्रि्रो विचारमा सम्मानपर्ूवक असहमति जनाउँछु । तर, के गर्ने मार्क्सको पत्र कुरेर १४ वर्षम्म बसेकी जेनीले पत्र पाएपछि त्यही शोकले थलिएका मार्क्सको र्सर्दी बढेर ब्रोंकाइटिससमेत भएपछि हिजोआजका फिल्ममा 'लवेरिया' नै भन्न सकिने रोगले कार्ल मार्क्सको मृत्यु भयो । सायद त्यसको विरासत अहिलेको नेपालमा मेरो हाल पनि त्यस्तै हुनेछ ।
तिमी अत्यन्त सुन्दरी थियौ र अहिले पनि उत्तिकै । तिमी नेपालतिर आउँदै गर्दाको समय म सम्भिmरहेको छु- -सन् १९९१ र विसंको २०४६/०४७) दक्षिण अप्रिmकामा नेलसन मण्डेला तिमीलाई कुरेर २७ वर्षेखि एउटा अँध्यारो अकल्पनीय कालो जीवन बिताइसकेपछि तिमीलाई भेट्न मात्र पाउँदै थिए । उनले २६ अक्टोबर १९७६ मा भोगिरहेको कालकोठरीबाटै आफ्नी प्रेमिका विन्नीलाई लेखेको पत्रमा भनेको सम्झन्छु- 'मसँग सुरक्षित त्रि्रो तस्बिरको नाक एकदम मनपर्छ र जब त्रि्रो त्यो तस्बिरको नाकसँगै मेरो पनि नाक छाम्छु, मलाई मेरो सम्पर्ूण्ा रक्तकोशिकाबाट एउटा विद्युतीय तरंग उत्पन्न हुन्छ र म उत्तेजित बन्छु हाम्रो दिन ल्याउन । सबैको साझा दिन ल्याउन ।'
१८९१ मा  नै स्थापना भएको र हाल विश्वविख्यात बनिसकेको फिलिप्स कम्पनीका संस्थापक लायन फिलिप्सकी भतिजी जेनीले कार्ल मार्क्सबाट एउटी छोरीबाहेक के नै पाइन् र जीवनमा । त्यसैलाई महान् ठानिन् तर महासामन्त परिवारबाट रहेकी मण्डेला प्रेमिका विन्नीले उनैलाई कुरेर कालकोठरीमा बसिरहेको प्रेमी मण्डेलाबाट आफूलाई त्यति समय एक्लो बनाएर निरास पारेको उल्टो हर्जाना सम्बन्धविच्छेदमार्फ पूरा गरिन् त्यहाँको सर्वोच्च अदालतबाट । त्यति मात्र होइन पाँच विलियन डलर मण्डेलाले तिर्नु नै पर्‍यो ।
मण्डेलाले के त्याग गरे र विन्नीका लागि - यो विन्नीको तर्क थियो । विन्नीले के छोडिनन् - सारा सारा सम्भावनाहरू छोडिन् रे । प्रेमका लागि के त्यागे र मण्डेलाले - केही पनि देखिएन त्यागेको । त्यसबेला आहत भएर बुढेकालमा साथी भेटाएर फेरि विच्छेद भोगेका नेलसन मण्डेलाले भनेका थिए आफ्नो वकिल डेली पोफसँग- 'यो अदालतलाई भनेर केही फाइदा छैन । तर, म पनि त एउटा पीडामा थिएँ नि । सबैबीच भएर एक्लो छँदा, कालकोठरीका दिन नदेखिने २७ वर्षम्मको लामो रात बिताउँदा । अहिले फेरि अलिकति जीवनको उज्यालो दिएर खोस्ने उसले मलाई चाहिँ के केही पनि क्षति पुर्‍याएकी छैन - त्यसको क्षतिपर्ूर्ति के हुन्छ त -' तर वकिलको भनाइ थियो, जोसँग केही छैन उसको पनि क्षति हुन्छ कहीँ - त्यस्ताको पनि त्याग हुन्छ कहीँ -
हो, के नै त्यागेका थिए र मण्डेलाले विन्नीका लागि - बरु, नेदरल्यान्डका युवराज जोन प्रिmस्कोले मानवअधिकारवादी मावेल पिस्से स्मिथसँग विवाह गरेकाले आफ्ना सम्पर्ूण्ा मानपद्वीहरू त्यागे । डेनिस राजकुमार प|mेडरिकले अस्टे्रलियन जग्गा दलाल महिला मेरी एलिजावेथ डोनाल्डसँग विवाह गरेकै कारण आफ्ना राजकीय उन्मुक्तिहरू गुमाए । सम्भिmरहेछु प्रेमका लागि केही समयअघिका यी त्यागहरूलाई - अनि नेलसन मण्डेला - के हुन् र के गुमाए, के त्यागे उनले - अदालतले ठीकै गर्‍यो । नभएकाले त्याग गर्छ कहीँ - राजकुमार नभएर जन्मिएका नेलसनले के गर्नु राजउन्मुक्ति र सुविधाहरूको त्याग -
निकट भविष्यमा पर्ूव बन्न लागेका, पर्ूव भइसकेका र सुदूरपर्ूव प्रधानमन्त्रीहरूले देशको मायामा राजीनामा गरेर प्रधानमन्त्री पद पनि त्याग गरेको कुरा बताइरहँदा त्रि्रो -लोकतन्त्रका) लागि त्याग्नलाई एउटै ज्यानबाहेक केही दिन नसक्ने म भन्न खोज्छु, 'भएको भए म पनि त्याग गर्ने थिएँ प्रधानमन्त्रीको पद र राजकुमारका सुविधाहरू ।' रुसमा जार शाही पतन भएपछि केरेन्स्कीको अध्यक्षतामा एउटा र्सवपक्षीय सरकार गठन हुने भयो । तर, उनले प्रिन्स क्रोपाटकिन कहाँ गएर अध्यक्षता गर्न आग्रह गरे र उनले सित्तैमा र चिट्ठामा जस्तो पद प्राप्ति आफ्नो सिद्धान्तको विपरीत भएकाले बरु म जुत्ता सिलाएर मेरी प्रेमिकासँग रुखोसुखो खाएर बस्छु तर प्रधानमन्त्री बन्दिनँ भनेर फर्काइदिए । उता, उनको पारिवारिक प्रेम जीवन त्यही कारणले ध्वस्त भयो । उनी नालायक ठहरिए । म भने यतिबेला तिमीजस्तो सुन्दरतम्, सुशील र आदर्श प्रेमिकाका लागि प्रधानमन्त्री पद पाउन लाग्दा होइन पाइसकेर र लुट्नु लुटेर त्याग्नेहरूका पछि लागेको देखेर छक्कै पर्छर्ुु
अति सामान्य घरकी सोन्जा महारानी बनेको देखेर होस् कि नर्वेली युवराज हाकोनले सामान्याति सामान्य परिवारबाट टपक्क टिपेर मेट्टे मारिट्लाई महारानी बनाएको देखेर होस् तिमी चमत्कारमा विश्वास गर्न थालेकी
छयौ । यी सबले किन संर्घष्ा र आफ्नै परिश्रममा बाँच्ने इमानदारी हराइरहेको छ र कुनै दिन म पनि कुनै युवराजको नजरमा परौंला र एकाएक महारानी युवराज्ञी बनौंला भन्ने चमत्कारको सपना देखिरहेकी तिमीले - हुँदाहुँदा सन अनलाइनमा महिला मामिलासम्बन्धी उपसम्पादक सिनेड डेस्पोन्डाले युवराज्ञी बन्न वा  राजकुमारहरूका लागि मनपर्दी बन्न सिकाउने खाना, श्रृंगार पहिरन आदिबारे सामग्री प्रकाशित गरिदिए र तिमी त्यसकै खोजी र अध्ययनमा लाग्न थाल्यौ । किन नबुझेकी होला, मण्डेलालाई लोकतन्त्र तिमी यति मन पर्‍यो कि तिमी गुम्ने खतरा त के शंका मात्र पनि झिनो भएको कारण तिमीलाई बचाउन दर्ुइतिहाइ मत पाएरसमेत आफ्नै विरोधी पनि सँगै लिएर अनुपम, उदार र सुन्दर राज्यघरको इतिहास सुरु गरे ।
फेरि पनि भएको भए पनि त्याग गर्ने थिएँ राजकुमार पद र गद्धी पनि त्रि्रा लागि । अब नभएको के त्याग गरेर देखाउँ - -ज्यान बाहेक केही नभएका सामान्य जनताको शक्तिहीन प्रश्न ) । त्यस्तो शक्तिहीन सामान्य त सुन्दरहरूका लागि आवश्यक नै रहेनछ । भावना मात्र भएर के गर्नु - फेरि जनताका सामु धुरुधुरु रुवाउने गरी भाषण गर्ने चीनका राष्टपिता डा. सन् यात्सेन् जस्तो हातबाट शक्ति फुत्किहाल्ने रै'छ । शासन सुरु गरेको केही समय पनि बित्न नपाउँदै कठोर बनेर आदेश दिन नसक्दा सबैको उत्तिकै विचार बुझ्न खोज्दाखोज्दै फुत्किए शक्तिबाट । सुन्दर सत्तामा अर्को आइपुग्यो । हुने त त्यही रहेछ । कमजोरलाई त सुन्दरताले पनि छोडिदिने रहेछ । सुन्दरताले शक्ति खोज्छ अर्थात् सुन्दरताले संरक्षण र सुरक्षा खोज्छ । त्यसले आफूलाई बचाएर राख्न सक्ने शक्तिवान् व्यक्ति खोज्छ । तर, त्यो व्यक्ति नै कोमल बनेर निर्ण्र्ाालिन अरूको चित्त दुख्ला भनेर विचार बुझ्न थाल्यो भने नजिकमा आउने अर्को शक्तिवान्सँग सुन्दरताले छायाँ खोज्छ । सत्ताको र लोकतन्त्रको सुन्दरता पनि तिमीजस्तै रहेछ ।
साँच्चै तिमी एकदम सुन्दर थियौ । र, जब म तिमीसामु परेको थिएँ म त्रि्रा अघि मिठाइ पसलमा स्वतन्त्र छोडिएको एउटा निर्दोष बालकजस्तो भएछु । मैले जहाँसुकैबाट जेसुकै पनि झिकेर खान खोजेछु । लड्डु, रसवरी, पेडा आदि आदि... । फेरि सम्झन्छु, होइन त्रि्रो प्रेमका लागि अरू दुश्मनहरूविरुद्ध एकदम साहस र क्रूरतासाथ लड्दालड्दै आफैँभित्र भएको तिमीप्रतिको प्रेम पनि मैले गुमाएछु । अस्ति मात्र हाम्रा सभामुख सुवास नेम्वाङलले एउटा कार्यक्रममा भनेजस्तै निरंकुशताविरुद्ध आफैँ लडेका दलहरू किन होला फेरि आफँैले यस्तो गति देखाएका, कत्ति पनि नसम्भिmएका... । हो, त्यस्तै ठयाक्कै । मैले पनि त्रि्रै लागि लड्दालड्दै अन्तिममा तिमीलाई गुमाउने भएँ । बसाइँ हिँडेर पनि कहाँ जाउँ । पहिला-पहिला गरिबहरू बसाइँ हिँड्थे । अहिले त धनीहरू बसाइँ हिँड्छन्, त्यही राजा भएका देश जापान, बेलायत, प|mान्स आदि आदितिर । मर्नका लागि विष किन्ने पैसा त हुन्न अनि मृत्युदण्डभन्दा कठोर जीवनदण्ड भोग्ने मान्छेलाई कतार, मलेसिया जान पनि ऋण कहाँ पाइन्छ र - स्थिति सुधारेर तिमीलाई भेट्न त फेरि उही होला... ।
त्यतिञ्जेलसम्म यता हाम्रा नेपाली मण्डेला, क्रोपाटकिन र सन् यात्सेन्हरू आफ्नी प्रेमिका
मरिसकेपछि पनि अत्यन्त मायाले लास बाँध्नका लागि पनि कडा होइन है भन्दै नरम काँचा धागाहरू खोजिरहेका हुनेछन् होला... । तर, विचार बुझ्ने होइन आदेश दिनेले आफ्नो प्रेम विज्ञप्ति, पत्रकार सम्मलेनहरूबाटै उजागर गरिरहेका हुनेछन् ।
त्यस्तो दुस्वप्न विपनै राम्रो नभएकाहरूले ननिदाइकन देखिरहेका हुन्छन् किनकि यहाँ सँगसँगै बाँच्नेभन्दा बढी सँगसँगै मर्ने कसम खाइन्छन् । फेरि आत्महत्याका पनि 'इस्यु'हरू अचम्म अचम्मका छन् यतिबेला । सबका साझा उहिल्यैको गीतमाजस्तो राजारानी भएकै देश जापानमा एउटी तिमीजस्तै 'टिनेजर' बुद्धि भएकी चेलीले घरको आफ्नो कोठामा आफूलाई मन नपर्ने रंग गरिदिएको भनेर आत्महत्या गरिछन् । डर लाग्छ मलाई, तिमीलाई त मर्न उक्साउने कति छन् कति, आमिर खान अभिनित 'पिपली लाइभ' चलचित्रमाजस्तो । तिमीलाई पनि बचाएर संसार चलाउने होइन बरु आफू मर्‍यो भने तिमी बाँच भन्ने होइन सँगसँगै मर्नुपर्छ भन्ने कसम खुवाइन्छ अनि तिमी उसैको जिन्दावाद भन्छौ । रगतको खोलोको सपना बुन्नेलाई 'आइ लभ यु' भन्छौ । त मेरो के लाग्छ । जब कि म मरे पनि तिमी बाँचिरहू । म मरे पनि मेरो देश बाँचिरहोस् भनेजस्तै म भन्छु । किन कुरा नबुझिरहेकी तिमीले -
ठीकै छ, अहिले सम्बन्ध केही चिसियो त के भयो - त्रि्रा बिटाका बिटा कुनै दिन चाहिन्छ भनेर जतन गरीगरी राखिएका पर्ूवराजाका तस्बिर भएका नोटहरू जो घाँटीमै दर्ुइ टुक्रा भएर टुक्रिएका पनि छन्, तिनलाई जोडेर चलाउन सकिन्छ नि - च्यातिएको नोट फेरि टाँसेर जीवन्त बनाएजस्तो फेरि किन सकिन्न मान्छेहरूका सम्बन्धलाई जोड्न फेरि उसैगरी - तिमी फेरि एक पटक सम्भिmदेऊ, बिदा ।
swagatpal@yahoo.com


 स्वागत नेपाल

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी