२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

खेताला शिक्षक राखेर व्यक्तिगत काममा

दिनेश थापा/राजधानी
सिन्धुपालल्चोक, १३ भदौ
सिन्धुपाल्चोक जिल्लाका विभिन्न विद्यालयहरुमा 'खेताला' शिक्षक नियुक्ति गरी आफूहरु अन्य पेशामा लागिरहदा जिल्ला शिक्षा कार्यालयले मौन रहेको छ ।र्
दर्जनबढी विद्यालयमा  खेताला शिक्षक राखेर शिक्षकहरु भने राजनीति तथा व्यापार व्यवसायमा संलग्न रहेका छन् ।
खेताला शिक्षक राख्नेमा पेशागत संगठनका जिल्ला अध्यक्षदेखि अन्य शिक्षकहरु समेत छन् । अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य कृष्ण घिमिरे धेरै वर्षेखि खेताला शिक्षक राखेर राजनीति गरिरहेका छन् । घिमिरे मात्र होइन संगठनकी जिल्ला अध्यक्ष अम्बिका नेपालले पनि खेताला शिक्षकमा नै आश्रीत छन् ।
त्यस्तै सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष रामचन्द्र बस्नेतले पनि 'खेताला' शिक्षक राखेका छन् । उनको दरबन्दी गोल्च भएपनी त्यहाँ नगएको वर्षौं भइसकेको छ ।
माओवादी निकट शिक्षक दर्ुगामान श्रेष्ठ चौतारामा भरिया आर्ट सञ्चालन गरेर बसेका छन् । त्यस्तै नरेन्द्र प्रधान, हेममान श्रेष्ठ, कुलबहादुर पुरीलगायतका शिक्षकहरुले 'खेताला' शिक्षकहरु राखेर आफू भने अन्य व्यवसायमा छन् ।
जिल्लाका यी शिक्षकहरु त प्रतिनिधि उदाहरण मात्र हुन् । जिल्लाका सय भन्दा बढी शिक्षकहरुले खेताला शिक्षक नियुक्ति गरेका छन् । खेताला शिक्षकका कारण विद्यालयमा शिक्षाको गुणस्तर समेत खस्केको विद्यालयहरुको गुनासो छ ।
स्थायी शिक्षकहरु विभिन्न व्यापार व्यवसाय अँगालेर आयमूलक काममा समेत लागेका छन् । केही शिक्षकहरु दलका पर्ूण्ाकालीन् सदस्य बनेर महत्वपर्ूण्ा जिम्मेवारी लिएर बसेका छन् । कतिपय शिक्षकका पेशागत संगठनका जिल्ला प्रमुख र केन्द्रीय पदाधिकारीहरु समेत रहेका छन् ।
पेशागत संगठनको प्रमुखको हैसियतले शिक्षा कार्यालयमा हुने विभिन्न छलफल बैठकमा उनीहरुले भाग समेत लिने गरेका छन् । राजनीतिक दलको संरक्षणका कारण समस्या भएको शिक्षक संगठनका एक सदस्यले भने ।
अरुलाई खेताला राखेर बसेका प्रायः शिक्षकहरु बिमा, जग्गादलाली, पसल, व्यापारलगायतका पेशामा छन् ।      खेताला शिक्षकका रुपमा पढाइरहेका ती शिक्षकको तलब समेत पूरै आउने गरेको छैन । खेताला शिक्षक नियुक्त गर्न विद्यालयका प्रधानाध्यापक, विव्यस अध्यक्ष, स्रोतव्यक्तिलगायतको मिलेमतो हुने गरेको छ ।
खेताला शिक्षकलाई तलब समेत पूरै नदिने गरेको उनीहरुले गुनासो गरेका छन् । ७० प्रतिशत मात्र तलब दिने र बाँकी ३० प्रतिशत भने मिलेमतोमा संलग्न हुनेहरुलाई दिने गरेको स्रोतको दाबी छ ।
'खेताला' हुने शिक्षकले न पूरै तलब पाउँछन्, न त उसको जागिर नै सुरक्षित हुन्छ । तर, खेताला राख्नेहरुको भने 'पेन्सन' मात्र होइन, प्रमोसन समेत भइरहेको छ । यता शिक्षा कार्यालयका उपसचिव विष्णुप्रसाद भट्टर्राई पनि जिल्लामा खेताला शिक्षक राखेर अध्यापन गराउने काम भइरहेको स्वीकार्छन् ।
शिक्षा कार्यालयले तत्काल अनुगमन तीब्र पार्ने र एकपटक त्यस्ता शिक्षकहरुलाई सचेत पार्दै नरोकिए शिक्षा नियमावली अनुसार कार्वाही गर्ने भट्टर्राईको भनाइ थियो । विद्यालय निरीक्षक, स्रोतव्यक्तिहरुलाई जिल्लाका कुन-कुन विद्यालयमा खेताला शिक्षक राखिएको छ । त्यसको विवरण शिक्षा कार्यालयले छिट्टै माग्ने भट्टर्राईले बताए ।
यता जालदेवी माध्यमिक विद्यालय हगाममा एक शिक्षकले बिना लाइसेन्स पढाइरहेका छन् । शिक्षक बुद्ध दोर्जे लामाले अरुको लाइसेन्स लगेर विद्यालयले उनलाई नियुक्ति दिएको छ । विद्यालयले अंग्रेजी शिक्षकका लागि विज्ञापन गरेको थियो ।
लामाको व्यवस्थापन विषय हो । मावि तहमा अंग्रेजी पढाउने शिक्षक नभएपछि निमावि तहकी लक्ष्मी थापाले अध्यापन गराइरहेको कक्षा १० का एक विद्यार्थीले बताए । शिक्षा कार्यालयको उजुरी पेटिकामा उजुरी हाले पनि सुनुवाई नभएको ती विद्यार्थीले बताए ।


Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी