© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १४
प्रमोदकुमार टण्डन/राजधानी
काठमाडौं, १४ भदौ
शिक्षा विभागले सन् २०१५ सम्ममा मुलुकभरका सबै सरकारी विद्यालयहरुमा शौचालय निर्माण गर्ने भएको छ । विद्यालय क्षेत्र सुधार कार्यक्रम-एसएसआरपी) अर्न्तर्गत शौचालय नै नभएका र शौचालय जिर्ण्र्ााएका दुबै थरी विद्यालयहरुमा शौचालय निर्माण गरिने भएको हो ।
यसको लागि विभागले ५० जना विद्यार्थी बराबर एउटा शौचालय निर्माण गरिदिने मापदण्ड तोकेको छ । यसअघि विद्यार्थी संख्याको आधार विना नै विद्यालयहरुमा शौचालय निर्माण गरिँदै आइएको थियो । विभागले गत वर्षेखि विद्यार्थी संख्यामा आधारित भएर ७५ जिल्लाकै सरकारी विद्यालयमा शौचालय निर्माण गर्न सुरु गरेको जनाएको छ ।
'हामीले एसएसआरपी कार्यक्रम अर्न्तर्गत सन् २०१५ सम्ममा सबै सरकारी विद्यालयमा शौचालय निर्माण गर्ने उद्देश्यले काम गरिरहेका छौं' विभागका सिनियर डिभिजन इन्जिनियर नारायण खनालले सोमबार राजधानीसँग भने 'यसअघि सम्म संख्यात्मक मापदण्ड नतोकिएकोले शौचालय भए नभएका सबै विद्यालयमा सुरुबाटै काम गर्नुपर्ने अवस्था छ ।' उनले यसै कार्यक्रम अर्न्तर्गत गत वर्षसन् २००९ मा ७५ जिल्लाका विभिन्न विद्यालयमा गरेर चार हजार पाँच सय ओटा शौचालय निर्माण गरिसकेको बताए ।
यसका लागि गत वर्षविभागले प्रति विद्यालय एक लाख ५० हजारका दरले रकम खर्च गरेको थियो । त्यस्तै यो वर्षथप पाँच हजार एक सय शौचालय निर्माण गर्ने बताइएको छ । जसको लागि विभागले प्रति विद्यालय दर्ुइ लाखका दरले रकम प्रस्ताव गरेको छ ।
विभागकाअनुसार हाल मुलुकभर ३२ हजार एक सय ३० विद्यालय छन् । त्यसमा झण्डै आधामा शौचालय नरहेको र शौचालय भएका मध्ये कुनैमा पनि विद्यार्थी संख्याको आधारमा शौचालय निर्माण नभएकोले सबै ३२ हजार एक सय १० विद्यालयमै शौचालय निर्माण गर्नपर्ने बाध्यता रहेको सिनियर डिभिजन इन्जिनियर खनालको भनाइ छ ।
उनकाअनुसार सन् २००९ मा चारहजार पाँच सय र २०१० मा पाँच हजार एक सय जस्तै बढाउँदै गएर सन् २०१५ सम्म हरेक विद्यालयमा विद्यार्थीको संख्यात्मक आधारमा शौचालय निर्माण पुरा गरिनेछ ।
एसएसआरपीको व्यवस्था अर्न्तर्गत हरेक विद्यालयमा छात्र र छात्राको लागि एक एक ओटा छुट्टाछुटै शौचालय हुनर्ुपर्छ । कक्षागत हिसावमा तीन कक्षा सम्मको विद्यालयमा छात्र र छात्राका लागि छुट्टाछुटै गरेर कम्तिमा २ ओटा, पाँच कक्षा सम्मको प्राथमिक विद्यालयका लागि कम्तिमा तीन ओटा शौचालय हुनर्ैपर्छ । जसमा एउटा छात्राको लागि अनिवार्य छुट्टयाइनर्ुपर्छ । त्यस्तै आठ कक्षा सम्मको विद्यालयको लागि छात्रालाई दर्ुइओटा सहित कम्तिमा पाँच ओटा शौचालय अनिवार्य गरिएको छ । यसका अलावा
विद्यालयका विद्यार्थी संख्याको आधारमा शौचालय बनाइनुपर्ने र सबै सरकारी विद्यालयमा पुुग्दो पानी र विद्यालयको आफ्नै पानीको स्रोत हुनुपर्ने व्यवस्था छ ।
Comments0
Leave Comments