२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

सात चेपाङ युवा भारतमा बन्धक

राजधानी संवाददाता
हेटौंडा, १४ भदौ
रोजगारीका लागि भारत पुगेका मकवानपुरको विकट गाविस कालीकाटारका सात युवालाई बन्धक बनाइएको उनीहरूका परिवारले जनाएका छन् ।
चेपाङहरूको ठूलो चाड न्वागी सुरु हुँदा गाउँका युवा विदेशमा बन्धक बनाइएको खबरले चेपाङ गाउँ चिन्तित भएको छ । उनीहरूले १५ देखि २४ भदौसम्म न्वागी मनाउने गरेका छन् ।
मकवानपुरको कालिकाटार-९, धुसराङका सातजना युवा चेपाङ भारतको हिमाञ्चलमा बन्धक बनाइएको परिवारले बताएका छन् । रोजगारीका लागि  नेपालगन्ज लैजाने भनेर स्थानीय लोकेन्द्र लामाले सातजना चेपाङलाई ११ असारमा भारतको हिमाञ्चल पुर्‍याएको वीरसिंह चेपाङले बताए ।  
उनीहरूलाई मुक्त गराउन ४० हजार रुपैयाँ माग गर्दै भारतबाट पत्र आएको वीरसिंहले बताए । बन्धक बनाइएकामा सुमन चेपाङ, वीरचन्द्र चेपाङ, विक्रम चेपाङ, सर्ुदर्शन चेपाङ, कामीसिंह चेपाङ, पालपाले चेपाङ र गुराउ चेपाङ छन् । उनीहरूलाई बन्धक बनाइनुको कारण नखुलेको र ४० हजार रुपैयाँ माग गर्दै हुलाकबाट पत्र आएको सुमनका बाबु वीरसिंह चेपाङले बताए । चेपाङहरूको ठूलो पर्व न्वागीमा छोराहरू बन्धक भएको खबरले चिन्तामा डुबेका छन् । नेपाल चेपाङ संघ मकवानपुरका सचिव विनोद चेपाङले उनीहरूलाई मुक्त बनाउन सहयोगको अपिल गरेका छन् ।




Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी