२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

तीज भड्किलो नबनाउन सांगीतिक आग्रह

 सविन प्रियासन

दाङ/एकाबिहानै लमहीको र्सार्वजनिक बगैंचा भरिभराउ देखिन्थ्यो । चारैतिर विशेष जमघट थियो । राता साडीमा सजिएका महिलाको विशेष उपस्थिति देखिन्थ्यो ।
यो दृश्य हरितालिका तीज आउनै लाग्दा लमहीमा गरिएको विशेष कार्यक्रमको हो । झन्डै दर्ुइ साता बाँकी रह“दा तीजको चहल-पहल सहर-बजारमा देख्न सकिन्छ । यहीबेला नाचगान गर्ने क्रम पनि बढेको छ । तीज भड्किलो नबनाउन आग्रह गर्दै बागिना संास्कृतिक कला केन्द्र लमही र राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान दाङलेे संयुक्त रूपमा विशेष सांगीतिक कार्यक्रम अयोजना गरेे । कार्यक्रममा सहभागी महिलाले 'तीजको महत्त्व, विकृति मात्र औंल्याएनन्, दलका नेतालाई खबरदारीसमेत गरे ।
गीति भाकामा मुलुकको अवस्थितिबारे तीव्र चिन्ता एवं व्यंग्य गरिए । नेतागण कर्ुर्सर्ीीे खेलमा लागेकाले संविधान बनाउने काम ओझेल परेको गुनासो गीतमा समेटिएको सुनियो । नेताहरू कर्ुर्सर्ीीे स्वार्थमा लागेकाले समस्या उत्पन्न भएको दुःखेसो गीतमार्फ यसरी पोखिएको सुनियो,
कर्ुर्सर्ीीोइन नेताज्यू,
शान्ति र संविधानमा ध्यान देऔं
एकल यात्रा गर्दा लडिन्छ
एकअर्कालाई साथ देऔं...
तीज कुरा काटाकाटको पर्व नभएर सामाजिक पर्वका रूपमा मनाउन आह्वान पनि गरिए । महिलाले अहिलेसम्म भोग्दै आएको पीडा तीजगीतमा समेटिए । 'अहिलेसम्म महिला घरभित्र सीमित छन्, राज्यका नागरिक भएर पनि दोस्रो दर्जामा सीमित छन्,' उनीहरूको गुनासो थियो ।
यो वर्षतीज झनै भड्किलो बन्दै गएको गुनासो पनि सुनियो । तीजलाई भड्किलो नभई सामाजिक चेतना, परिवर्तन र महिलाअधिकारबारे लिनर्ुपर्नेसमेत गीतमार्फ खुलेर वकालत गरिए ।
सांगीतिक कार्यक्रमपश्चात् आयोजित शुभकामना आदान-प्रदान सहभागीले तीजलाई भड्किलो नभई सामाजिक परिवर्तन र मेलमिलापका रूपमा लिनुपर्नेमा जोड दिए । 'तीज भड्किलो बनाउनु हँुदैन, यसलाई सामाजिक सद्भाव र मेलमिलापका रूपमा लिइनर्ुपर्छ,' राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान दाङ शाखा अध्यक्ष देवकला बस्नेतले भनिन्, 'स्तर हेरेर मनाउनर्ुपर्छ, रुपैयाँ खर्च गरेरभन्दा रमाइलोसाथ मनाइनर्ुपर्छ ।'
तीजलाई मर्यादित बनाउन सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बागिना सांस्कृतिक कला केन्द्रका अध्यक्ष सन्दीप न्यौपानेले बताए । कार्यक्रममा देउखुरीका १६ महिला समूहले सामूहिक गीत प्रस्तुत गरे ।
बयोवृद्धा गोमा कुँवरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष लीलाराम खनाल, देउखुरी बहुमुखी क्याम्पस प्रमुख शेषमणि गौतम, साफमा नेपालका केन्द्रीय सदस्य शरद अधिकारी, पत्रकार चुमा आचार्य, हाइवे एफएमका प्रबन्धक केपी घिमिरे, महिला बुद्धिजीवी द्रोपदी पौडेल, लमही जेसिसका विनोद पाण्डे, अञ्चल दोहोरी प्रतिष्ठानका प्रेमप्रसाद मल्ललगायतले तीजलाई रमाइलो पर्वका रूपमा मनाउनर्ुपर्नेमा जोड दिए । कार्यक्रम सञ्चालन लीला शाहले गरेकी थिइन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी