२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

ग्रामीण सडक तीन महिनादेखि अवरुद्ध

अगन्धर तिवारी/राजधानी
म्याग्दी, १३ भदौ  
म्याग्दीका ग्रामीण भेगका बासिन्दाका लागि सहज बनाउन खनिएका सडकहरू विगत तीन महिनादेखि अवरुद्ध छन् ।
निरन्तर वषर्ाका कारण सडकका ठाउँ-ठाउँमा गएको पहिरो समयमै हटाउन नसक्दा म्याग्दी जिप तथा बस व्यवसायी समितिमा आबद्ध एक सय ५० जिप तथा बसमध्ये आधाभन्दा बढी यातायातका साधनहरू ग्यारेजमै थन्किँदा व्यवसायीलाई दैनिक लाखौं नोक्सान भइरहेको छ ।
ग्रामीण क्षेत्रका बासिन्दालाई घरदैलोमै यातायात सेवा पुर्‍याउनका लागि खनिएका बेनी-घार, बेनी-कुहुँ, बेनी-झिं, बेनी-पुलाचौर, बेनी-पाखापानीलगायतका सडक पहिराले पुरेपछि गत असारको पहिलो सातादेखि नै यातायातका साधन बन्द भएको म्याग्दी जिप तथा यातायात व्यवसायी समितिले जनाएको छ । त्यस्तै, म्याग्दीमा अत्याधिक सञ्चालनमा आउने गरेका बेनी-जोमसोम र बेनी-दरबाङ सडकखण्डको पनि दर्जनौ ठाउँमा पहिरो गएका कारण यातायातका साधनहरू सञ्चालन हुन सकेका छैनन् ।
बेनीदेखि दरबाङसम्मको २८ किलोमिटर सडकखण्डको डम्मरा, फापरखेत, रणबाङ, भाइबाङ, दुखुखोला, बांगेपहिरोलगायतका ठाउँमा पहिरो गएको छ । त्यस्तै, बेनीदेखि जोमसोमसम्म ७१ किलोमिटर सडकखण्डको चमेरे, घुमाउनेताल, बैसरी, बेगखोला, तातोपानी, पोखरेबगर, दाना, काभ्रेको भीर लगायतका दर्जनौं ठाउँमा पहिराले सडक अवरुद्ध पारेका कारण यातायातका साधन सञ्चालनमा समस्या आएको म्याग्दी यातायात व्यवसायी समितिका सचिव सुमन श्रेष्ठले बताए ।
वितका वर्षरूमा बाटो बन्द हुनासाथ समितिले मर्मत गरी खुलाउने गरेकोमा यो वर्षसमितिको खातामा पैसा नभएका कारण सडकमा यस्तो समस्या आएको समितिका अध्यक्ष गोपाल भट्टचनले बताए । समितिले सडक मर्मतकै लागि बितेको दर्ुइ वर्षा १२ लाख भन्दा बढी रुपैयाँ लगानी गरिसकेको छ ।
बस तथा जिप चल्न नसकेपछि घरबारी नै बन्धक राखेर गाडी किन्नेलाई थप समस्या सिर्जना भएको छ । दर्ुइ वर्षघि १० लाख रुपैयाँ लगानी गरेर मिनीबस किनेका पुरन शाहीले असारको पहिलो सातादेखि नै बाटो अवरुद्ध भई गाडी चल्न नसकेपछि  सबै लगानी डुब्न सक्ने बताए । 'गाडी थन्किएपछि आम्दानीमात्रै गुमेको छैन, त्यसका पाटपर्ुजासमेत खिया लागेर कामै नलाग्ने भएकाले सबै लगानी जोखिममा परेको उनको भनाइ छ । यस्तै, भइरहेमा गाडीका सबै सामान फुकालेर कवाडीको मूल्यमा बेच्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ ।  शाहीजस्तै लालबहादुर थापा, भरत मल्ल, दानबहादुर केसीलगायतका ५० भन्दा बढी यातायात व्यवसायीले तीन महिनादेखि कमाइखाने गाडी ग्यारेजमा थन्क्याउँदाको पीडामात्र थपिएको बताए ।
हिलाम्मे सडकमा गाडीमा यात्रा गर्दा पैदलभन्दा बढी दुःख पाएको स्मरण गर्दै यात्रु तर्ीथमान श्रेष्ठले जोमसोमदेखि बेनीसम्म आउँदा पाँच ठाउँमा गाडी बदल्नुपरेको र त्यो पनि निकै कठिनका साथ यात्रा गर्नुपरेको बताए । बेनी-जोमसोम सडकले विगतमा सञ्चालनमा आएको पैदलमार्गसमेत पुरेका कारण पैदल यात्रुहरूलाई पनि हिलो सडकले अवरोध पुर्‍याउने गरेको छ ।
सडक खुलाउनका लागि पहल भइरहेको भए पनि धेरै ठाउँमा पहिरो गएको र अव्यवस्थित सडक भएकाले सबै ठाउँमा यातायातका साधन सहज रूपबाट सञ्चालन गर्न अझै केही समय लाग्ने जिल्ला विकास समिति तथा विभिन्न सरोकारवाला निकायले बताएका छन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी