© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १३
रमेश बस्ताकोटी/राजधानी
चितवन, १३ भदौ
माछापालन व्यवसायका लागि नमुना क्षेत्र मानिएको चितवन माडीको गोपालनगर क्षेत्रमा बाढीका कारण करोडौंको माछामा क्षति पुगेको छ । कृषि तथा सहकारी मन्त्रालयको नीति अनुरूप व्यवस्थित ढंगले माछापालन गरिएको गोपालनगरमा ८० भन्दा बढी पोखरीमा बाढी पसेपछि करोडौंको क्षति भएको हो ।
बाढीले पोखरीको डिल भत्काइदिएपछि बिक्री गर्ने बेला भएका माछा बाढीसँगै बग्दा किसानहरू मर्कामा परेका छन् । उनीहरूले माछापालन व्यवसाय धराशयी बनेपछि आफूहरूको गुजारा गर्ने बाटो समाप्त भएको भन्दै प्रशासनसँग क्षतिपर्ूर्तिको मागसमेत गरेका छन् ।
'ऋण गरेर माछापालन व्यवसायमा लगानी गरियो, अब सबै व्यवसाय ध्वस्त भएपछि ऋण कसरी तिर्ने भन्ने समस्याले सताएको छ,' कृषक दिनेश अधिकारीले भने, 'राज्यले केही गरिदिए राम्रो हुने थियो ।' गोपालनगरको २० हेक्टरभन्दा बढी जमिनमा माछापालन व्यवसाय गरिएको छ । माछापालन व्यवसायका लागि पोखरी बनाउन आफूसँग पर्याप्त जग्गा नभएपछि जग्गा भाडामा लिएर माछापालन व्यवसाय सुरु गरेका कल्याणपुरका नागेन्द्र शाहले बाढीका कारण आफू बर्बाद भएको बताए । उनले भने, 'राम्रो आम्दानी होला भन्ने सोचेर यो व्यवसायमा हात हालियो तर बाढीले बर्बाद बनाइदियो ।' उनले गाउँघरमा ऋण गरेर व्यवसाय गर्न थालेको बताए । ऋण कसरी तिर्ने भन्ने चिन्तालेे सताएको भन्दै शाहले राज्यलाई किसानका समस्याको विषयमा सोचिदिन आग्रह गरे ।
सो क्षेत्रमा माछापालन व्यवसाय गर्नका लागि जिल्ला कृषि विकास कार्यालयले प्रतिहेक्टर एक लाख रुपैयाँ नगद तथा प्राविधिक सहयोग उपलब्ध गराएको थियो । जिल्ला कृषी विकास कार्यालय चितवनका प्रमुख लक्ष्मण पौडेलले माडीमा माछा पोखरीमा भएको क्षत्रि्रति दुःख व्यक्त गर्दै उनीहरूलाई राहत दिलाउने विषयमा आफूहरूले सक्दो सहयोग गर्ने बताए ।
'अहिले पूरै माडी बाढीबाट प्रभावित बनेको
छ । सबैभन्दा पहिले यहा“ गा“स र बास नभएकाहरूलाई व्यवस्थापन गर्नु राज्यको दायित्व हो,' पौडेलले भने, 'माछा कृषकलाई परेको
समस्या म सम्बन्धित ठाउ“मा राख्नेछु ।' के कति राहत दिन सकिन्छ भन्ने विषयमा आफूले अहिल्यै केही भन्न नसक्ने उनको भनाइ छ । वर्षरि लगाएर पालेको माछा बिक्री गर्ने बेलामा बाढीले बगाइदिएपछि किसानहरू निकै दुःखित बनेका
छन् । सो क्षेत्रमा भएका करिब डेढ सय पोखरीमध्ये ८० भन्दा बढी पोखरीमा क्षति पुगेको छ । केही पोखरीमा पर्ूण्ारूपमा क्षति पुगेको छ भने केहीमा आंशिक क्षति पुगेको छ ।
वर्षरिको मेहनत एक दिन आएको बाढीले बगाइदिए पनि कृषकहरूमा उत्साह भने मरेको छैन । 'हामी हतोत्साहित भएका छैनौ, दुःख गर्ने मान्छेलाई के भयो र अझै मेहनताका साथ काम गर्र्छौं,' सगरमाथा मत्स्यपालन समूहका अध्यक्ष दिलीप थापाले भने, 'सम्बन्धित निकायबाट केही राहत दिने हो भने अझ उत्साहका साथ काम गर्ने थियौं ।'
माडीमा १२ वर्षता सबैभन्दा ठूलो बाढी आएको स्थानीय बासिन्दाले बताए । बाढीकै कारण माडीमा तीनजनाको मृत्यु भयो भने सयौं घरपरिवार विस्थापित बनेका छन् । माडीको रिउ, बगई, बाँदरमुढेलगायतका खोलामा आएको बाढीले धनजनको क्षति गरेको हो । बाढीले गर्दा किसानको सयौं बिघा खेतमा लगाएको धानखेती समेत नष्ट भएको छ ।
Comments0
Leave Comments