२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

इन्डोनेसियामा ज्वालामुखी विस्फोट

एजेन्सी
जकार्ता, १३ भदौ
इन्डोनेसियाको सुमात्रा द्वीपको सिनाबुङ पर्वतस्थित ठूलो ज्वालामुखी विस्फोट भएको छ ।
विस्फोटपछि आइतबार बिहान सबेरैदेखि बाक्लो कालो धूँवा र खरानीको मुस्लोले एक हजार पाँच सय मिटर माथिसम्म आकाश ढाकी खतरा बढाएकाले वरपरका बस्तीबाट कम्तीमा १२ हजार बासिन्दालाई अन्यत्र र्सन बाध्य बनाएको छ ।
मुलुकको ज्वालामुखीय प्रकोप र्सतर्कता केन्द्रका प्रमुखले पहिला त वषर्ात्को कारण धूँवा र धूलो उडाएको भन्ने अनुमान गरी त्यति साह्रो वास्ता नगरेको तर पहाडबाट आगोको लप्कासमेत निक्लेकाले ज्वालामुखी विस्फोटको पुष्टि भएको बताए ।
ज्वालामुखी खतराको सतहभन्दा माथि अर्थात् रेड लेबलमा रहेको समेत जनाइएको छ । उत्तरी सुमात्रास्थित सिनाबुङ पर्वतमालामा विगत चार सय वर्षता ज्वालामुखी विस्फोट नभएकोमा गत शुक्रबारदेखि अचानक ज्वालामुखीका गतिविधि देखापर्न थालेको थियो ।
इन्डोनेसिया प्रशान्त महासागरीय 'अग्निचक्र' -रिङ अफ फायर) मा पर्छ र यसैका कारण ज्वालामुखी र भूकम्पीय गतिविधि निरन्तर देखापर्ने गरेको छ ।
फिलिपिन्समा गतिविधि बढ्दो यसैबीच, सिन्ह्वाका अनुसार फिलिपिन्सको इन्स्िटच्युट अफ भोल्क्यानोलोजी एन्ड सिस्मोलोजीले यहाँको लुजोनस्थित वान्तानगास प्रान्तको तालमा ज्वालामुखीको गतिविधि बढ्न थालेको बताएको छ ।
स्थानीय टेलिभिजन एवीएस-सीवीएनले आइतबार जनाएअनुसार गत २४ घन्टामा २० ओटा ज्वालामुखीजन्य भुइँचालो गएको र ताल ज्वालामुखीको पानीको तापक्रम ३४ ड्रि्री सेल्सियस रहेको पनि जनाएको छ ।
संस्थाले स्थानीय मानिस र पर्यटकहरूलाई ६ किलोमिटरको खतरापर्ूण्ा क्षेत्रमा प्रवेश नगर्न र्सतर्क गराएको छ । र्एलर्ट लेभल १ को संकेत पनि सो क्षेत्रमा दिइएको छ ।
फिलिपिन्स पनि प्यासिफिक अग्निचक्र अर्थात् रिङ अफ फायरमा पर्दछ, जहाँ महादेशीय भू-भागहरू एक आपसमा टकराएर भुइँचालो र ज्वालामुखी उत्पन्न गर्दछन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी