© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १३
काठमाडौँ, १३ भदौ । व्यवस्थापिका संसद्ले पाँचौँपटकसम्म प्रधानमन्त्री चयन गर्न नसकेकामा राष्ट्रपति डा रामवरण यादवले गम्भीर चिन्ता व्यक्त गरेका छन ।
डा यादवले व्यवस्थापिका संसद्बाट नै शीघ्र नयाँ प्रधानमन्त्री चयन गर्न राजनीतिक दलहरुलाई आग्रहसमेत गरेका छन् ।
व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गरेका साना दलका शीर्ष नेताहरुलाई आज बिहान आफ्नै कार्यालय शितलनिवासमा भेट गरी राष्ट्रपति डा यादवले सो आग्रह गर्दै राजनीतिक दलहरुबीच सहकार्य र सहमतिमा नयाँ प्रधानमन्त्री चयन गर्न पनि सुझाव दिए ।
राष्ट्रपतिसँगको भेटपछि नेकपा (माले)मा महासचिव सिपी मैनालीले सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपतिले व्यवस्थापिका संसद्लाई नै राजनीतिक समस्याको समाधान गर्ने स्थल बनाउनुपर्छ भन्ने धारणा राख्नुभएको जानकारी दिए ।
नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले लामो समयसम्म प्रधानमन्त्री चयन हुन नसक्दा मुलुकमा सङ्कटसमेत आउन सक्नेतर्फ राष्ट्रपतिले चिन्ता व्यक्त गरकोे बताए ।
भेटमा सहभागी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री चयन हुन नसक्दा यसको असर शान्ति प्रक्रिया र नयाँ संविधानलेखन कार्यमा समेत असर पुगेको बताए ।
राष्ट्रपति डा यादवले प्रमुख तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी)का शीर्ष नेताहरुसँग हिजो भेट गरी सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयन गर्न आग्रह गरेका थिए । रासस
Comments0
Leave Comments