© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १२
काठमाडौं/रास- गायक तथा संगीतकार देवकुमार चौधरीका नयाँ संगीत सिर्जना नसुनेको धेरै भयो । कुनै समय नेपाल प्रज्ञा प्रतिष्ठानका जागिरे कलाकार
उनी इजरायलमा रहँदै आएका छन् ।
प्रवासमा रहेर पनि नेपाली संग्ाीतमा सक्रियता देखाउँदै आएका देवकुमारले नयाँ भिडियो संग्रह दर्शकमाझ ल्याउने भएका छन् । उनले इजरायलमै रेकर्डिङ गरेर केही समयअघि 'मेरो
माया' नामक एल्बम स्रोतामाझ ल्याएका थिए ।
एल्बम स्रोतामाझ ल्याएको केही महिना नबित्दै 'अनुराग' नामक गीतको भिडियो संग्रह तयार पारेका छन्, उनले । संग्रहको एउटा गीतबाहेक सबै इजरायलमै रर्ेकर्ड गरिएको गायक चौधरीले बताए । ७ गीत संग्रहित एल्बममा संगीत उनकै हुन् । एउटामा भने उनका भाइ तथा संगीतकार विकास चौधरीले गाएका छन् । एल्बमका 'सिउँदोको सिन्दूर', 'सिरानीवरिपरि फूलजस्तो माया', गरी तीन
गीतको म्युजिक भिडियो इजरायलमै छायांकन गरिएको हो ।
इजरायमै कार्यरत आसिका श्रेष्ठ, सोमना सुब्बा,देवकी ढकाल, शीला तामाङ, मनोज मानन्धर, श्रीकृष्ण अधिकारीले मोडलिङ गरेका छन् । एल्बममा इजरायलको तेलअभिव सहर, समुन्द्री तटका रमणीय दृश्य समेटिएका छन् । भिडियो विष्णु तिमिल्सिनाले छायांकन गरेका हुन् । भिडियो संग्रह दसैंअगावै र्सार्वजनिक हुने भएको छ ।
Comments0
Leave Comments